आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

निषेधाज्ञामा बैंकले जरिवाना लिन र धितो लिलामी गर्न नपाउने

निषेधाज्ञामा बैंकले जरिवाना लिन र धितो लिलामी गर्न नपाउने

आर्थिक
कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर कर्जा तिर्न नसके जरिवाना नलाग्ने भएको छ ।राष्ट्र बैंकले आज मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुलीमा कुनै पनि जरिवाना वा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गर्ने जनाएको छ । यस्तै, कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुलीसम्बन्धी वा लिलामी सम्बन्धि सूचना जारी गर्न नपाउने राष्ट्र बैंकले जनाएको छ । ...
सेयर बजारमा दिन प्रतिदिन नयाँ किर्तीमान, परिसूचक र कारोबार रकम हालसम्मकै उच्च

सेयर बजारमा दिन प्रतिदिन नयाँ किर्तीमान, परिसूचक र कारोबार रकम हालसम्मकै उच्च

आर्थिक
साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेले नयाँ किर्तीमान कायम गरेको छ। मंगलबार नेप्से ३४ दशमलव ६८ अंक बढेर २७ सय ९३ दशमलव ९० अंकमा बन्द भएको छ। यो सँगै नेप्से २८ सय अंक नजिक पुगेको छ। यो हालसम्मकै नेप्से इतिहासको सबैभन्दा उच्चतम विन्दु हो। यसअघि आइतबार र सोमबार पनि लगातार बढेको नेप्सेले एक पछि अर्को किर्तीमान कायम गरेको थियो। यस्तै मंगलबार कारोबार रकमले पनि नयाँ किर्तीमान कायम गरेको छ। यस दिन एकै दिनमा ११ अर्ब ३२ करोड रुपैयाँको सेयर किनबेच भएको छ। एकै दिन कारोबार भएको यो रकम अहिलेसम्मकै उच्च हो। यस दिन २ सय १५ कम्पनीका २ करोड ३१ लख ३१ ह्जार ६ सय १५ कित्ता सेयर खरिद बिक्री हुँदा उक्त रकमको कारोबारो भएको हो। यस दिन उत्पादनबाहेकका सबै समूहमा हरियाली छाएको छ। सो समूह ५ अंकले घटेको छ। आज बैंकिङ ४, ब्यापार ७६, होटल तथा पर्यटन २००, विकास बैंक १००, जलविद्युत ९६, फाइनान्स ८०, न...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

आर्थिक, समाचार
नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्य बढाएको छ । निगमले आइतबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ कायम भएको छ । आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।मूल्यवृद्धि गरेको अवस्थामा समेत निगमलाई प्रतिलिटर पेट्रोल ८ रुपैयाँ ५६ पैसा, डिजेलमा ४ रुपैयाँ ४६ पैसा, ग्यासमा प्रतिसिलिन्डर ३ सय ७५ रुपैयाँ १३ पैसा घाटा रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायद्वारा जारी विज्ञप्तिमा दाबी गरिएको छ । ...
नेप्से आज दोहोरो अंकले बृद्धि

नेप्से आज दोहोरो अंकले बृद्धि

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो दिन आज (आइतबार) दोहोरो अंकले बढेको छ । आज नेप्से ५४.२६ अंकले बढेर दुई हजार सात सय ३८ दशमलब ३५ विन्दुमा थामिएकोे छ । त्यस्तै, आज १० अर्ब ४० करोड ३८ लाख  ७९ हजार बराबरको कारोबार भएको छ भने आज नौ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।   शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा रु रु जलविद्युत परियोजना, शिखर इनस्योरेन्स कम्पनी, समता घरेलु लघुवित्त वित्तिय संस्था, प्रोग्रेशिभ फाइनान्स कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर कम्पनी, आईएमई जनरल इन्स्योरेन्स, बिशाल बजार कम्पनी र सिन्धु विकास बैंक रहेका छन् ।  यो दिन रूरू जलविद्युत परियोजनाको शेयरमूल्य १० प्रतिशतले र अन्य सात कम्पनीको ९ प्रतिशत भन्दा बढीले बृद्धि भएको हो । रूरू जलविद्युत परियोजनाको प्रतिकित्ता रू. ८० ले बढेर यो दिन अन्तिम मूल्य रू. ८८० कायम भएको छ । त्यस...
निषेधाज्ञाका कारण बेरोजगार भएकाहरुलाई ब्यवसायी श्रेष्ठको सहयोग

निषेधाज्ञाका कारण बेरोजगार भएकाहरुलाई ब्यवसायी श्रेष्ठको सहयोग

आर्थिक, समाचार
सरकारले बैशाख दोश्रोे हप्तादेखि लागु गरेको निषेधाज्ञाले पनि कोरोना भाइरसको नियन्त्रण र रोकथाम गर्न प्रभावकारी भूमिका खेल्न सकिरहेको छैन । निषेधाज्ञाले नागरिकहरूको दैनिक जीवनलाई कष्टकर बनाएको छ । संक्रमितको संख्यामा बृध्दि भएसंगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संकट घोषणा गर्ने तयारी गरिरहेको अवस्था छ । यस्तो अवस्थामा दैनिक ज्याला मजदुरी, सानोतिनो ब्यवसाय गरेर आफ्नो परिवार चलाउनु पर्नेहरुको दिनचर्या मुश्किल बन्दै गैरहेको छ । सरकारले लगाएको निषेधाज्ञालाई अझ कडाई गरेपछि निम्नबर्गका परिवारहरुलाई थप समस्या परिरहेको छ । कोरोना महामारीको मारमा परेका पिडित परिवारलाई सरकारी वा गैरसरकारी पक्षबाट राहतको कुनै प्याकेज उपलब्ध हुन सकिरहेको छैन । यस्तैमा युवा ब्यवसायि तथा समाजसेवि नवराज श्रेष्ठले आफ्नो ब्यक्तिगत प्रयासमा पीडित परिवारलाई आवश्यक खाद्यान्न र अन्य ...
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विनिमयदर

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विनिमयदर

आर्थिक, समाचार
आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७८ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यरोपियन युरोको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रि दर १४२ रुपैयाँ ४७ पैसा कायम भएको छ । त्यसैगरी, युके पाउन्ड स्टर्लिङको खरिददर १६४ रुपैयाँ ७३ पैसा छ भने बिक्रिदर १६५ रुपैयाँ ५८ पैसा रहेको छ । अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ४७ पैसा र बिक्रिदर ९० रुपैयाँ ९४ पैसा कामय भएको छ । साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा कायम भइ कारोबार भइरहेको छ ।त्यस्तै कतारी रियलको खरिददर ३१ रुपैयाँ ६१ पैसा, बिक्रीदर ३१ रुपैयाँ ७८ पैसा, यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ९० पैसा र बिक्रीदर ३२ रुपैयाँ ०७ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । ...
समस्यै समस्याका बीच नागरिक बाँच्नु परेको छ

समस्यै समस्याका बीच नागरिक बाँच्नु परेको छ

आर्थिक, समाचार
-डा.डिआर उपाध्याय, आज देश बिषम परिस्थितीवाट गुर्जदै छ । कोरोनाको डरले मान्छे घरवाट बाहिर निस्केका छैनन् । देश भरीका अस्पतालमा अक्सिजनको अभाव भइरहेको समाचार दिनौं जसो आईरहेका छन । अक्सिजन दिइरहेको बिरामी अक्सिजन सकिएर मरेको समाचार आउँछन । यो भन्दा दुखद कुरा अरु के हुन सक्छ ? सरकारले पूर्व तयारी नगरेको कारण यो भयावह परिस्थिती निम्तिएको हो । यदि समयमा सरकारले पूर्वतयारी गरेको भए यो स्थिती आउँदै आउने थिएन । भारतमा कोरोनाको दोस्रो लहर प्रवेश गरेको थाहा हुँदा हँदै पनि सकारले किन पूर्व तयारी गर्न सकेन ? सरकारलाई केले रोक्यो ? प्रश्न यो पनि हो । आज देश बडो दुख्खमा छ । सिंगो देश रोएर बसेको छ । आज राजनीतिक दल र तिनका नेताहरु सत्ता स्वार्थको हडडी लुछाचुडी गर्न ब्यस्त छन । यो बेलामा सत्तालाई भन्दा कोरोना नियन्त्रण र यसको ब्यवस्थापन गर्ने तर्फ दल र तिनका नेताहरुको ध्यान गए हुन्थ्यो भन्ने आमनागरि...
अत्यावश्यक सामान खरिदका  १ घण्टा बढाएर १० बजे सम्म

अत्यावश्यक सामान खरिदका १ घण्टा बढाएर १० बजे सम्म

आर्थिक, समाचार
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरुको मंगलबार बसेको बैठकले बिहान अत्यावश्यक सामान खरिदका लागि ९ बजे सम्मको समय तोकिएकोमा १ घण्टा बढाएर १० बजे सम्म पुर्याईएको छ । तर यो समयमा किनमेल गर्ने र सम्बन्धीत व्यवसायीले स्वास्थ्य सर्तकताका कामदण्ड अनिवार्य पालना गर्नुपर्ने छ । स्वास्थ्य मापदण्ड प्रयोग भए-नभएको अनुगमन गरिने छ । अब विवाह, ब्रतबन्ध, धार्मिक अनुष्ठानहरु पार्टी प्यालेसमा गर्न पाईने छैन । पार्टी प्यालेसमा गरिने सबै धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरुमा रोक लगाईएको छ । घरमा नै अत्यन्तै न्यून सदस्य उपस्थित भएर स्वास्थ्य मापदण्ड पालना गरि गर्ने काममा भने रोक लगाईने छैन । यसअघि पहिलो चरणमा बैशाख १६ देखि २२ गते सम्म र दोश्रो चरणमा बैशाख २९ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । संक्रमणको दर बढ्दै गएपछि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको काठमाण्...
निषेधाज्ञाको मौका छोपेर व्यापारीले चिनीको मूल्य  ५ देखि १० रुपैयाँसम्म  बढाए

निषेधाज्ञाको मौका छोपेर व्यापारीले चिनीको मूल्य ५ देखि १० रुपैयाँसम्म बढाए

आर्थिक, समाचार
निषेधाज्ञाको मौका छोपेर व्यापारीले चिनीको मूल्य बढाएका छन् । चिनीको मूल्य बजारमा किलोमा ५ देखि १० रुपैयाँसम्म बढेको छ । ८५ रुपैयाँ किलोमा बिक्री हुँदै आएको चिनी अहिले ९० देखि ९५ रुपैयाँ किलोसम्ममा बिक्री भएको छ । साल्ट टे«डिङ कर्पोरेसनले भने कर छुटमा ल्याएको चिनी आफ्नो आउटलेटमा किलोको ७७ रुपैयाँ ७५ किलोमा बिक्री गरिरहेको खबर नागरिक दैनिकमा छ । चिनी उद्योगी र ठूला व्यापारीको मिलेमतोमा चिनीको मूल्य बढाएको खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्यले बताए । ...
कृत्रिम अभाव देखाएर महामारीको मौका छोप्दै  उपभोग्य सामग्रीमा फेरि कालोबजारी

कृत्रिम अभाव देखाएर महामारीको मौका छोप्दै उपभोग्य सामग्रीमा फेरि कालोबजारी

आर्थिक, समाचार
महामारीको मौका छोप्दै कृत्रिम अभाव देखाएर दैनिक उपभोग्य सामग्रीमा फेरि कालोबजारी मौलाउन थालेको छ । गत १६ वैशाखबाट लकडाउन सुरु भएयता चिनी, खानेतेल, दाल, गेडागुडीलगायत खाद्यवस्तुमा ‘अस्वाभाविक’ मूल्यवृद्धि पाइएको छ । यही सोमबारसम्म २ सय ५० पर्ने सनफ्लावर तेलको २ सय ८० र ८१ को ८६ रुपैयाँ पु¥याएको छ । दाल, गेडागुडी, चना, केराउ, मास, मुसुरोलगायत वस्तुमा प्रतिकेजी १० देखि १५ रुपैयाँ बढाइएको छ । कोरोना संक्रमित तीव्र बढेसँगै सर्जिकल मास्कमा समेत अत्यधिक मूल्य बढेको उपभोक्ताको गुनासो छ । राष्ट्रिय उपभोक्ता मञ्च केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन ठूला व्यापारीको पहुँच माथिसम्म हुने भएकाले संकटका समय ‘अत्यावश्यक वस्तु’मा कालोबजारी मौलाउने गरेको दाबी गर्छन् । ‘दैनिक उपभोग्य देखि अत्यावश्यक स्वास्थ्य सामग्रीमा कृत्रिम अभाव देखाएर कालोबजारी भइरहेको छ,’ महर्जनले भने, ‘लकडाउनपछि मात्रै चिन...