आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

निषेधाज्ञामा बैंकले जरिवाना लिन र धितो लिलामी गर्न नपाउने

कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर कर्जा तिर्न नसके जरिवाना नलाग्ने भएको छ ।
राष्ट्र बैंकले आज मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुलीमा कुनै पनि जरिवाना वा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गर्ने जनाएको छ ।

यस्तै, कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुलीसम्बन्धी वा लिलामी सम्बन्धि सूचना जारी गर्न नपाउने राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *