आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

अर्थ मन्त्रालयले प्रतिनिधि सभा  निर्वाचनका लागि निर्वाचन आयोगलाई  ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्न सहमति प्रदान

अर्थ मन्त्रालयले प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्न सहमति प्रदान

आर्थिक, समाचार
 अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई  ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ। २०७८ साल कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मङ्सिर ३ गते शुक्रवार दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले उक्त सहमति दिएको हो। ...
आज सुनचाँदीको मूल्यमा वृद्धि

आज सुनचाँदीको मूल्यमा वृद्धि

आर्थिक, समाचार
नेपाली बजारमा बिहीवार (आज) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बुधवार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार रहेको थियो । आज तोलामा ८ सयले वृद्धि भइ प्रतितोला सुन ९० हजार ८ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवयासी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार ३ सय रहेको छ । बुधवारको तुलनामा आज चाँदीको मूल्य २० रुपैयाँले बृद्धि भएको छ । बुधवार प्रतितोला चाँदी १ हजार २ सय ९० रहेकोमा आज प्रतितोला १ हजार ३ सय १० कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ...
मनकामना स्मार्ट लघुवित्तले असार १७ गतेदेखि आईपीओ निष्कासन गर्ने

मनकामना स्मार्ट लघुवित्तले असार १७ गतेदेखि आईपीओ निष्कासन गर्ने

आर्थिक, समाचार
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले रू. ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म विक्री खुलाको मिति तय गरिएको हो ।  कुल कित्तामध्य शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित गरी बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सार्वजनिक निष्कासनमा आउन लागेको हो ।  यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि माइनस् रेटिङ्ग प्रदान गरेको छ । यो आईपीओ विक्रीका लागि कम्पनीले असार ६ गते ने...
आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

आर्थिक, समाचार
नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ६ सय रहेको थियो । भने आज सुनको मूल्य तोलामा ६ सयले गिरावट आई प्रतितोला छापावाला सुन ९० हजार कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज तेजावी सुनको मूल्य ८९ हजार ५ सय रहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य तोलामा १० रुपैयाँले गिरावट आएको छ । मंगलवार प्रतितोला चाँदीको मूल्य १३ सय रहेको थियो भने आज १२ सय ९० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ । ...
जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

आर्थिक, समाचार
सोमबारसम्म १५ गुणा बढी आवेदन परेको जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओको आवेदन दिने आज अन्तिम दिन हो। असार ११ गते निष्काशन तथा विक्री खुल्ला गरिएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो। प्रतिकित्ता १ सय मूल्य अंकित १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर लघुवित्तले निष्काशन गरेको थियो। १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको शेयर बजारमा ल्याएको हो। लघुवित्तले ३० हजार ४२० कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि आवेदन दिने गरी कम्पनीले आईपीओ बजारमा ल्याएको हो। एनएमबि क्यापिटल लिमिटेड धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक रहेको उक्त कम्पनीमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवे...
नेप्से परिसूचक २७.३८ अंकले बढेर २८७०.३८ को बिन्दुमा

नेप्से परिसूचक २७.३८ अंकले बढेर २८७०.३८ को बिन्दुमा

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज २७ अंकले बढेको छ। साताको पहिलो दिन नेप्से परिसूचक २७.३८ अंकले बढेर २८७०.३८ को बिन्दुमा बजार बन्द भएको छ। आज २०९२५१२६ कित्ता सेयर ७ अर्ब १४ करोड १७०६५७६ रुपैयाँमा किनबेच भएर बजार बन्द भएको छ। नेप्सेमा सूचिकृत कूल २२७ कम्पनीको सेयर किनबेच भएको हो। नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको नामावली सार्वजनिक गर्दै जोखिमपूर्ण बताएपछि नेप्से पछिल्लो सातादेखि निरन्तर घट्दै आइरहेको थियो। नेप्सेमा आजको कारोबार हेर्दा लडकाउन पूर्व झै भोल्युम आएको र यहि रफ्तारमा रहे नेप्से आगामी हप्ताबाट बढ्न सक्ने आर्थिक विश्लेषक मुक्ति अर्यालले उल्लेख गरेका छन्। ...
सरकारलाई चालू आर्थिक वर्षको बाँकी २० दिनमा तीन खर्ब ८५ अर्ब रुपियाँ खर्च गर्न चाप

सरकारलाई चालू आर्थिक वर्षको बाँकी २० दिनमा तीन खर्ब ८५ अर्ब रुपियाँ खर्च गर्न चाप

आर्थिक, समाचार
चालू आर्थिक वर्ष २०७७/७८ पूरा हुने समय अब तीन हप्ता पनि बाँकी छैन । आर्थिक वर्ष पूरा हुँदै गर्दा सरकारलाई भने खर्चको दबाब छ । शनिबारदेखि गणना गर्दा २० दिनभित्र सरकारलाई पुग नपुग चार खर्ब खर्च गर्नुपर्ने चाप छ ।सरकारको खर्च तथा आम्दानीको हरहिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार शुक्रबारसम्म सरकारले करिब नौ खर्ब ६० अर्ब खर्च गरेको छ । लक्ष्यअनुसार बाँकी २० दिनमा करिब तीन खर्ब ८५ अर्ब रुपियाँ सरकारले खर्च गर्नुपर्छ । मध्यावधि समीक्षाबाट सरकारले बजेटको आकार घटाएर १३ खर्ब ४४ अर्ब ६८ करोड रुपियाँ खर्च हुने संशोधित अनुमान गरेको थियो । त्यसअघि अघिल्लो जेठ १५ मा बजेट सार्वजनिक गर्दै चालू आवमा १४ खर्ब ७४ अर्ब ६४ करोड रुपियाँ खर्च गर्ने सरकारको घोषणा थियो । कार्यालयका अनुसार शुक्रवारसम्म चालूतर्फ सात खर्ब २९ अर्ब २२ करोड रुपियाँ खर्च भएको छ । त्यस्तै पुँजीगततर्फ एक खर्ब ५६ अर्ब ६५ कर...
ईश्वरलाल प्रतिष्ठानद्वारा बालबालिकालाई खाद्यान्न सहयोग

ईश्वरलाल प्रतिष्ठानद्वारा बालबालिकालाई खाद्यान्न सहयोग

आर्थिक, समाचार
ईश्वरलाल प्रतिष्ठानले काठमाडौं शान्ति शिक्षा मन्दिर विद्यालयमा अध्ययनरत बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । प्रतिष्ठानले राहत स्वरुप बिहिबार उक्त सहयोग उपलब्ध गराएको हो ।प्रतिष्ठानका अध्यक्ष प्रदिपलाल श्रेष्ठले उक्त सहयोग हस्तान्तरण गरेका थिए । सहयोग सामाग्रीमा चामल, तेल, दाल लगायतका सामाग्रीहरु छन् । प्रतिष्ठानले शान्ति शिक्षा मन्दिर विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोषण युक्त दिवा खाजामा निरन्तर सहयोग गर्दै आईरहेको छ । ...
साल्ट ट्रेडिङ कर्पोरेशनबाट शान्ति शिक्षा मन्दिरका बालबालिकालाई खाद्यान्न सहयोग

साल्ट ट्रेडिङ कर्पोरेशनबाट शान्ति शिक्षा मन्दिरका बालबालिकालाई खाद्यान्न सहयोग

आर्थिक, समाचार
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं १७ स्थित शान्ति शिक्षा मन्दिर विद्यालयमा अध्ययनरत २० जना बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । कर्पोरेशनले राहत स्वरुप बिहिबार उक्त सहयोग उपलब्ध गराएको हो । कर्पोरेशनका तर्फबाट प्रज्वल प्रधानले उक्त सहयोग हस्तान्तरण गरेका थिए । सहयोग सामाग्रीमा चामल, तेल, दाल,नून लगायतका खाद्यान्न सामाग्रीहरु छन् । कर्पोरेशनले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई दिवा खाजामा निरन्तर सहयोग गर्दै आईरहेको छ । ...
ताप्लेजुङको सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि, मासिक रु १५ हजार

ताप्लेजुङको सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि, मासिक रु १५ हजार

आर्थिक, समाचार
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरेको छ । बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजानिक गर्दै गाउँपालिकाले बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरी मासिक रु १५ हजार पु¥याउने जनाएको हो । यस्तै गाउँपालिकाले शिक्षकहरुको क्षमता विकासका लागि आवश्यक तालिम तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । पठनपाठनलाई प्रभावकारी बनाउनका लागि शिक्षकहरुको क्षमता वृद्धि गर्ने योजना बनाइएको गाउँपालिका अध्यक्ष केशर मेन्याङ्बोले बताउनुभयो । गाउँपालिकाभित्रका विद्यालयलाई प्रविधिमैत्री बनाउदै लगिने र त्यसका लागि विद्यालयहरुमा इन्टरनेटलगायतका विद्युतीय सामग्री जडान गरिने भएको छ । विद्यार्थीको शारीरिक र बौद्धिक क्षमता विकासका लागि विभिन्न खेलकुद कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गर्ने गाउँपालिकाले जनाएक...