आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आज सुनचाँदीको मूल्यमा वृद्धि

नेपाली बजारमा बिहीवार (आज) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

बुधवार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार रहेको थियो । आज तोलामा ८ सयले वृद्धि भइ प्रतितोला सुन ९० हजार ८ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवयासी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार ३ सय रहेको छ ।

बुधवारको तुलनामा आज चाँदीको मूल्य २० रुपैयाँले बृद्धि भएको छ । बुधवार प्रतितोला चाँदी १ हजार २ सय ९० रहेकोमा आज प्रतितोला १ हजार ३ सय १० कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *