आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

नेप्से परिसूचक २७.३८ अंकले बढेर २८७०.३८ को बिन्दुमा

नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज २७ अंकले बढेको छ।

साताको पहिलो दिन नेप्से परिसूचक २७.३८ अंकले बढेर २८७०.३८ को बिन्दुमा बजार बन्द भएको छ।

आज २०९२५१२६ कित्ता सेयर ७ अर्ब १४ करोड १७०६५७६ रुपैयाँमा किनबेच भएर बजार बन्द भएको छ।

नेप्सेमा सूचिकृत कूल २२७ कम्पनीको सेयर किनबेच भएको हो।

नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको नामावली सार्वजनिक गर्दै जोखिमपूर्ण बताएपछि नेप्से पछिल्लो सातादेखि निरन्तर घट्दै आइरहेको थियो।

नेप्सेमा आजको कारोबार हेर्दा लडकाउन पूर्व झै भोल्युम आएको र यहि रफ्तारमा रहे नेप्से आगामी हप्ताबाट बढ्न सक्ने आर्थिक विश्लेषक मुक्ति अर्यालले उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *