आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

फरक स्वादमा ‘आमा अर्गानिक म:म:’,छोटो समयमै बजारमा लोकप्रिय

फरक स्वादमा ‘आमा अर्गानिक म:म:’,छोटो समयमै बजारमा लोकप्रिय

आर्थिक, समाचार
म:म: भन्नासाथ मुखमा पानी नरसाउने  मानिस कमै होलान । रेस्टुरेन्ट,क्याफे तथा होटलमा हामी जति नै पटक मेनु पल्टाए पनि अन्य थुप्रै खानाका परिकार छोडेर अन्तमा अर्डर गर्छौ त म:म: नै । नेपालमा प्राय ट्रेन्डनै बसेको विषय हो यो । पछिल्लो पटक नेपाली ममको माग देशमात्र नभएर विदेशमा समेत बढ्दै गएको छ । माग बढेसंगै म:म: उत्पादनका लागी नयां नयां प्रविधि मार्फत म:म:को उत्पादन हुन थालेको छ । प्रविधि मार्फत उत्पादन हुने म:म:को प्रतिस्पर्धी बजारमा म:म: पारखीहरुका लागी एक बिल्कुलै फरक स्वादमा अन्तराष्ट्रिय मापदण्ड अनुरुप उत्कृष्ट उत्पादनको साथमा स्वादिष्ट तथा गुणस्तरीय आमा अर्गानिक फ्रोजन म:म: बजारमा आएको छ । आमा अर्गानिक फुड्सले बजारमा ल्याएको आमा अर्गानिक म:म:को मुख्य विशेषता भनेको शुन्य फ्याट र अजिनो मोटो रहित लिन मिट किमाले बनेको फ्रोजन म:म: भएकोले जुनसुकै उमेरकाले खाजा तथा खानाको रुपमा खान सकिने ...
नेप्सेमा आज ८० अंकको वृद्धि

नेप्सेमा आज ८० अंकको वृद्धि

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ८० अंकको वृद्धि देखिएको छ। पछिल्ला केहि दिन यता घटिरहेको सेयर बजार आज ह्वात्तै बढेको हो। योसँगै बढ्दो बजारले आफ्नो लय समातेको छ। अघिल्लो दिनभन्दा ७९.४३ अङ्क अर्थात् २.८० प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २९१३.८४ अङ्कमा आज बजार बन्द भएको छ। आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २९१४.४२९९ र कममा २८२४.०३६४ पुगेको थियो। यसरी आजको न्यूनतम विन्दु २८२४.०३६४ बाट हेर्ने हो भने नेप्से आज एकैदिन ८७.७४ अंकले बढेको छ। आज ११२०५० कारोबारमा १९७७०६३८ कित्ता सेयरको किनबेच भई १०२८६२६९९५७ रुपैयाँ बराबरको कारोबार भएर बजार बन्द भएको छ। नेप्सेमा सूचिकृत कूल २२५ कम्पनीको सेयर किनबेच भएको हो। आज कारोबार भएका मध्ये १७५ कम्पनीको मूल्य बढेको छ। ...
साना तथा घरेलु व्यवसाय राष्ट्र बैंककोे मौद्रिक नीतिको प्राथमिकतामा

साना तथा घरेलु व्यवसाय राष्ट्र बैंककोे मौद्रिक नीतिको प्राथमिकतामा

आर्थिक, समाचार
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साना तथा घरेलु व्यवसायको योगदान समग्र अर्थतन्त्रमा धेरै महत्वपूर्ण रहेको बताएका छन। नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीसँग आज श्रव्यदृश्यमार्फत आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनले भने, “संसारभरी नै साना तथा मझौला उद्योगको भूमिका हेर्ने हो भने संख्यात्मक हिसाबले पनि महत्वपूर्ण रहेको र अर्थतन्त्रमा योगदान पनि धेरै अर्थपूर्ण रहेको छ।” नेपाल राष्ट्र बैंकले पनि आफ्नो आफ्ना नीतिमा यस क्षेत्रलाई प्राथमिकता राख्दै आएको र चालु आवकोे मौद्रिक नीतिमार्फत ऐतिहासिक परिवर्तन नै ल्याउन खोजेको स्पष्ट पारे। सहुलियतपूर्ण कर्जा पनि प्रत्येक शाखामा १० वटा आवेदन आउनुपर्ने र सँगसँगै कूल कर्जाको १५ प्रतिशत रु एक करोड भन्दा साना कर्जामा जानुपर्ने व्यवस्था यस क्षेत्रलाई गरिएको उनको भनाइ थियो। महासंघका अध्यक्ष श्याम गिरीले उद्योगीले लिएको...
एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घट्यो

एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घट्यो

आर्थिक, समाचार
पछिल्लो एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएका कारण मूल्य घटेको दाबी गरेको छ । महानिर्देशक पौडेलले तेल उद्योगी उत्पादक उद्योगमै पुगेर कच्चा तेलदेखि उत्पादन लागतसम्मको अनुगमन गरेर तेलको भाउ घटाउन सफल भएको दाबी गर्नुभयो । विभागले विभागका महानिर्देशक प्रकाश पौडेलकै नेतृत्वमा विभागका अनुगमन संयोजक संलग्न टोलीले देशका विभिन्न ठाउँमा सञ्चालित तेल उद्योगमा अनुगमन गरेको थियो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार बजारमा भटमासको तेल प्रतिलिटर २७० रुपियाँ र सूर्यमुखीको तेल ९सनफ्लो० प्रतिलिटर २७५ रुपियाँमा कारोबार हुँदै आएको छ । सनफ्लावर धारा हेल्थ प्रतिलिटर २७० रुपियाँ पुगेको छ । यस्तै तोरीको तेल प्रतिलिटर ३२० रुपियाँमा कारोबार हुँदै आएको छ । यो मूल्यमा अहिले भने प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ । ...
महिला उद्यमशिलता विकासका लागि थप सक्रियता:उर्मिला श्रेष्ठ

महिला उद्यमशिलता विकासका लागि थप सक्रियता:उर्मिला श्रेष्ठ

आर्थिक, समाचार
काठमाडौं-नेपाल महिला चेम्बरको आयोजनामा ‘सेलिङ एण्ड ब्रान्डिङ प्रडक्ट अनलाईन’ बिषयक कार्यशाला सम्पन्न भएको छ । शनिवार वेमिनार मार्फत आयोजित उक्त कार्यशाला जि वि जिको सहयोगमा आयोजनामा आएको हो । कार्यक्रम माझ डिजिटल मार्केटर उल्लेख निरौलाले डिजिटल प्लेटफर्म साना उद्यमीहरुलाई अझ लाभदायिक हुने राय पेश गर्दै बेब साइटबाट मात्र नभई फेसबुक, टिकटक, टुइटर, युटुयुब लगायतका सामाजिक संजालबाट पनि प्रडक्ट मार्केटिङ गर्न सकिने बताए । निरौलाले ब्रान्डिङले उत्पादनको प्रबर्धनमा महत्वपुर्ण भुमिका खेल्ने बताउदै के देखाएर के बेच्ने भन्नेमा प्रस्ट हुनुपर्ने र त्यसका लागि सोसल इण्टरप्रेनरशिप बढाउन फोटोग्राफी, शब्द, ग्राफिक्स्, इमोसनल भ्यालु, अर्जेन्सी, ट्रस्ट आदी बिषय माथि ख्याल राख्नुपर्ने उल्लेख गरे । डिजिटल मार्केटिङका क्रममा विज्ञापन र डेलिभरी दिने बाहय कम्पनीहरुको उपयोगसँगसँगै मुल्य भार बढेता पनि सम...
पेट्रोल पम्पमा काम गर्नेले लगाउन पाएनन् खोप, आन्दोलन गर्ने चेतावनी

पेट्रोल पम्पमा काम गर्नेले लगाउन पाएनन् खोप, आन्दोलन गर्ने चेतावनी

आर्थिक, समाचार
पेट्रोल पम्प व्यवसायीहरूले कोरोनाविरूद्ध खोप लगाउन नपाएको गुनासो गरेका छन्। पेट्रोल पम्पमा काम गर्ने मजदुरहरू खोप लगाउन केन्द्रहरूमा गए पनि लगाउन नपाएको उनीहरूको भनाइ छ। खोपको व्यवस्था नभए आइतबारदेखि आन्दोलनमा उत्रने बागमती पेट्रोलियम डिलर्स एशोसिएसनले विज्ञप्ति नै निकालेर चेतावनी दिएको छ। खोप लगाउन नपाएको सन्दर्भमा शनिबार बैठक बसेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी विज्ञप्तिमा छ। खोपको व्यवस्था हुन नसके पम्प व्यवसायीहरूले कारोबार चलाउन नसक्ने बताइरहेका छन्। कोरोना महामारीमा जोखिम मोलेर काम गरेका मजदुरलाई खोप लगाउने व्यवस्था सरकारले मिलाउनुपर्ने उनीहरूको भनाइ छ। गत बुधबारदेखि उनीहरूले पेट्रोलियम पदार्थ खरिद नगर्ने चेतावनी दिएपछि खोप व्यवस्थापन गर्ने कुराकानी भएको थियो। नेपाल आयल निगमले प्रत्येक पेट्रोल पम्पमा तीन जनालाई खोप लगाउने गरी व्यवस्थापन मिलाउन...
काठमाडौं महानगरपालिकाले कोभिड – १९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने

काठमाडौं महानगरपालिकाले कोभिड – १९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने

आर्थिक, समाचार
काठमाडौं महानगरपालिकाले कोभिड – १९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ। बिहीबार काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७८/०८९ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। महानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोभिड – १९ बाट प्रभावित करदातालाई विशेष छुट दिने व्यवस्था गरेको हो। महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रममा कोभिड – १९ प्रभावितलाई करमा छुट दिइने बताएका हुन। सहरी सेवा वितरणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूसँगको सहकार्यमा महानगरपालिका क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने व्यक्तिको लगत राखिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। बहालमा बस्ने व्यक्तिहरूको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीहरूलाई घर बहाल रकममा १० प्रतिशत वा पच्चीस हजारमध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट दिइने भएको छ। महानगरप...
आज नेप्सेमा भारि अंकको गिरावट

आज नेप्सेमा भारि अंकको गिरावट

आर्थिक, समाचार
नेपाली सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले विज्ञप्ति जारी गर्दै ५१ कम्पनीमा चलखेल गर्दै मूल्य बढाइएको जनाएपछि आज नेप्सेमा भारि अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ५२ अंकले घटेर परिसूचक २९६९.७२ को बिन्दुमा बजार बन्द भएको छ। आजको कारोबार समयमा नेप्से परिसूचक ७८ विन्दुसम्म घटेको थियो भने न्यूनतम विन्दुबाट २६ अंक रिकभर भएर अन्तत २९६९.७२ कायम भयो। आज लघुवित्त बाहेक सबै क्षेत्र राताम्य छ। यसदिन सबैभन्दा धेरै सिडिइबि हाइड्रो र एफआईएमडिबिएल लघुवित्तका लगानीकर्ताले धेरै कमाएका छन्। ...
कोभिड उपचारको सहयोगका लागी कलाकर्मी आशिष पुरुषको अभियान, ८ लाख ३४ हजार, १ सय ४० रुपैया संकलन

कोभिड उपचारको सहयोगका लागी कलाकर्मी आशिष पुरुषको अभियान, ८ लाख ३४ हजार, १ सय ४० रुपैया संकलन

आर्थिक, समाचार
कोरोना भाईरसको संक्रमणका कारण विश्व नै आक्रान्त छ । त्यसबाट नेपाल पनि अछुतो रहन सकेन । कोरोनाको नयां भेरियन्टले पछिल्लो पटक नेपालमा समेत ठूलो असर गरिरहेको छ । दैनिक संक्रमण वृद्धि हुनुको साथै मृत्यृदरको अवस्था पनि भयावह वन्दै गईरहेको अवस्थमा देशभरका अस्पतालमा भरिभराउ हुदै गयो र अस्पताल कोभिड बिरामीको चाप बढेसंगै अक्सिजनको अभाव बढेर गयो भने अक्सिजनको अभावमा थुप्रै बिरामीको मृत्यु समेत हुन थाल्यो । नेपाल सरकारले समेत अक्सिजनको सहयोगका लागी विश्वभर आव्हान गर्यो । तर पनि अवस्था सामान्य हुन सकेन ।देशमा अक्सिजन अभावलाई नजिकबाट हेरिरहेका प्रवासीहरुको लागि यो पिडाकै विषय अवश्य बन्ने नै भयो । अझ, लामो समयदेखि युएईमा बसेर कलाकारिता र समाजसेवामा सक्रिय आशिष पुरुषका लागी त असह्य हुने नै भयो । प्रवासमा वसेर नेपालीहरुका लागी समाजसेवामा निरन्तर लागि पर्दै आएका मनका धनी आशिष आफु एक्लैले मात्र चाहेर पनि न...
थपिएको निषेधाज्ञाका बेला स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर आवश्यकताअनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन

थपिएको निषेधाज्ञाका बेला स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर आवश्यकताअनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन

आर्थिक, समाचार
बैंक तथा वित्तय संस्थाहरुका लागि नेपाल राष्ट्र बैंकले सोमबार नयाँ निर्देशन जारी गरेको छ । थपिएको निषेधाज्ञाका बेला स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर आवश्यकताअनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको हो ।  राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार नजिक नजिकै रहेका दुई वा दुईभन्दा धेरै शाखा खोल्नुको साटो एउटै शाखाबाट सेवा दिन भनिएको छ । बन्द भएका शाखाको सटरमा वा वेबसाइट र सामाजिक सञ्जालमा खुला भएको शाखाको स्पष्ट जानकारी दिने गरी सूचना दिन पनि निर्देशन दिइएको छ ।  बैंक तथा वित्तीय संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई उच्च प्राथमिकतामा राखेर सकभर घरबाटै काम गर्न र कार्यालयमा पनि न्यूनतम कर्मचारी राखेर सेवा दिन राष्ट्र बैंकले निर्देशन दिएको छ । केन्द्रीय कार्यालयको हकमा एक तिहाइ र शाखा कार्यालयमा न्यूनतम कर्मचारी राख्न राष्ट्र बैंकले भनेको छ । सेवाग्राहीलाई पनि सकभ...