आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

नेपाली सेयर बजारमा आज फेरि अर्को रेकर्ड कायम

नेपाली सेयर बजारमा आज फेरि अर्को रेकर्ड कायम

आर्थिक, समाचार
नेपाली सेयर बजारले आज फेरि अर्को रेकर्ड कायम गरेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज झण्डै ४३ अंकले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेप्से इन्डेक्स ४२.७२ अङ्क अर्थात् १.४३ प्रतिशत बढेर ३०२५.८३ बिन्दुमा आज बजार बन्द भएको छ। आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा ३०५१.०२३६ र कममा ३००९.१४५७ पुगेको थियो। आज ३५०२७३६३ कित्ता सेयर १८ अर्ब ८८ करोड बढी रुपैयाँमा कारोबार भयो। नेप्सेमा सूचिकृत कूल २२१ कम्पनीको सेयर किनबेच भएको हो। यसदिन सबैभन्दा धेरै होटल तथा पर्यटन समूहका कम्पनीको मू्ल्य बढेको छ। सरकारले निषेधाज्ञा खुकुलो बनाउँदै खोल्ने तयारी गरेपछि होटल समूहतर्फ लगानीकर्ता झुम्मिएका हुन। आज १२ कम्पनीको सेयर मूल्य सर्वाधिक वृद्धि भएको हो । ...
रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात

रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात

आर्थिक, समाचार
कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन् । चीन सरकारको सहयोगमा केही दिन अगाडि भित्रिएको एक हजार ५०० सिलिण्डरका साथै निजी व्यवसायीबाट पनि अक्सिजन सिलिण्डर आयात गर्ने काम भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार दोस्रो लहरको कोरोना सङ्क्रमण बढेपश्चात वैशाखदेखि हालसम्म निजी क्षेत्रका व्यापारी व्यवसायीले करिब १० हजार थान अक्सिजन सिलिण्डर नेपाल भित्र्याइसकेका छन् । मानव उपचारका लागि आयात गरिएका कुनै पनि माल सामग्री चीनको उत्पादक कम्पनीबाट रसुवागढीको मितेरी पुल पुग्नासाथ तुरून्तै भन्सार प्रक्रिया पूरा गरी काठमाडौँ पठाउने कामलाई पहिलो प्राथमिकता दिइएको भन्सार कार्यालयका कर्मचारीले बताएका छन् । कोरोना सङ्क्रमणको असरले बिह...
आज नेप्से १.८० अंकले घटेर दुई हजार नौ सय ४४ दशमलब ७८ विन्दुमा

आज नेप्से १.८० अंकले घटेर दुई हजार नौ सय ४४ दशमलब ७८ विन्दुमा

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बिहिबार सामान्य अंकको गिरावट आएको छ । हिजो बुधबार १३.५६ अंकले घटेर दुई हजार नौ सय ४६ दशमलब ५८ विन्दुमा थामिएको थियो ।  आज नेप्से १.८० अंकले घटेर दुई हजार नौ सय ४४ दशमलब ७८ विन्दुमा थामिएको छ । त्यस्तै, आज १६ अर्ब १० करोड ४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये सात वटा समूह बाहेक अन्य समूह बढेका छन् भने १२ वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।      सामान्य अंकले घटेको बजारमा शेयरमूल्य बृद्धि हुने कम्पनीहरुमा पाँचथर पावर कम्पनी, शिवश्री हाइड्रोपावर, ङादी ग्रुप पावर, माउन्टेन इनर्जी, रिडी हाइड्रोपावर, बरुण हाइड्रोपावर, सिइडिबी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, जाशी हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, पोखरा फाइनान्स र अपी पावर कम्पनी रहेका छन् ।  त्यस्तै, आज बोटलर्स नेपाल र रु रु जलविद्युत परियोजनाका लगानीकर्ता...
एक उद्योगपतिको स्वार्थको कारण साल्ट ट्रेडिङ डुबने खतरामा

एक उद्योगपतिको स्वार्थको कारण साल्ट ट्रेडिङ डुबने खतरामा

आर्थिक, समाचार
: डा.डिआर उपाध्याय, सरकारले आयोडिनयुक्त नुनको कारोबारमा निजी क्षेत्रलाई सहभागी गराउने घोषणा गरेको छ । यो घोषणा संगै सबैको ध्यान यति बेला यतातिर केन्द्रित बनेको अवस्था पनि छ । सरकारले आफ्नै लगानी रहेको कम्पनी साल्ट ट्रेडिङको एकाधिकार खोस्ने काम गरेको छ । यसमा निजी क्षेत्रलाई सहभागी गराउन खोज्नु त्यस भित्र सीमित ब्यक्तिको स्वार्थ लुकेको प्रस्ट देखिन्छ । यो नुनको राजनीति भयो । यसले मुलुकको हित गर्दैन । सीमित ब्यक्तिको घेरा तोडेर प्रधानमन्त्री केपी शर्मा ओली बाहिर आउन सकेको भए यति सारै बिवादमा पर्नु पर्ने अवस्था आउने थिएन की ? प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडको स्वार्थमा यो घोषणा गरिएको देखिन्छ । दुगड बाहेकका व्यापारीले नुनको कारोबारका लागि अहिलेसम्म कुनै चासो दिएको देखिएको छैन । किनभने विभागमा अनुमतिका लागि निवेदन पर्नु पर्छ त्यस्तो निवेदन दिएको अहिले सम्म जानकारी पाइएको छैन ...
नेप्से आज उच्च विन्दुमा,१६ अर्ब ९५ करोड १३ लाख बराबरको कारोबार

नेप्से आज उच्च विन्दुमा,१६ अर्ब ९५ करोड १३ लाख बराबरको कारोबार

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार उच्च विन्दुमा पुगेको छ । आज नेप्से दुई हजार नौ सय ६० दशमलब १४ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।  यसअघि यो साताको पहिलो दिन आइतबार नेप्से दुई हजार नौ सय १९ दशमलब २३ विन्दुमा पुगेको थियो ।  नेप्सेका अनुसार आज शेयर बजार ५३.४४ अंकले बढेको छ भने १६ अर्ब ९५ करोड १३ लाख बराबरको कारोबार भएको छ ।  आज कारोबार भएका समूहमध्ये तीन वटा समूह बाहेक अन्य समूह बढेका छन् भने अधिकांश फाइनान्स र विकास बैंकको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज ३६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा हिमालयन जनरल इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी, जानकी फाइनान्स, साग्रीला डेभलपमेन्ट बैंक, मुक्निाथ विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्णाली डेभलपमेन्ट...
चुरे दोहनको दादागिरी रोक्नुको सट्टा राज्यले रमिता हेरिरहेको छ

चुरे दोहनको दादागिरी रोक्नुको सट्टा राज्यले रमिता हेरिरहेको छ

आर्थिक, समाचार
-डा.डिआर उपाध्याय, हालै सरकारले खानीजन्य वालुवा, ढुंगा, गिटी भारत निकासी गर्ने नीति सार्वजनिक गरेको छ। यो नीति देशको हितमा छैन । चुरेको लोभ लाग्दा हरियो पहाड र जंगल फाँडेर सीमित ब्यक्तिको त फाईदा होला तर देशको बिकास हुदैन । केही सीमित व्यक्तिको स्वार्थ पूरा गर्न यो नीति ल्याइएको छ। चुरेको दोहोनले संरक्षित चुरे बिनास भएर मधेस मरुभूमी बन्ने खतरा उत्पन्न भएको छ । चुरेको दोहोनले बाढी, डुवानको समस्या अझैं पनि छ। त्यसैले व्यापार घाटा कम गर्ने नाममा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गर्ने बजेट घोषणा राम्रो छैन ।चुरे श्रृंखला भित्र नदीले बनाएका केही खोंचहरु जस्तै सिन्धुलीको मरिण र कमला खोच, डडेलधुराको रङगुन उपत्यकाका साथै भित्री मधेसको दाङ, देउखुरी, सुर्खेत, चितवनको उपत्यकासमेत पर्दछन्। चुरे श्रृंखला नेपालका ७७ जिल्लामध्ये ३७ जिल्लाका केही भाग ओगटने गरी फैलिएको पाइन्छ । सरकारले आफैले ल...
नुन कारोबार निजी क्षेत्रलाई दिइनु आपत्तिजनक : उपभोक्ता मञ्च

नुन कारोबार निजी क्षेत्रलाई दिइनु आपत्तिजनक : उपभोक्ता मञ्च

आर्थिक, समाचार
सरकारले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगडको स्वार्थमा निजी बजारलाई नुन कारोबार खुला गरेपछि सरोकारवालाले आपत्ति जनाएका छन्। राष्ट्रिय उपभोक्ता मञ्चले विज्ञप्ति जारी गर्दै सरकारी संस्थानबाटै सर्वसाधारणले सुलभ मूल्यमा नुन उपभोग गर्न पाइरहेका बेला निजी क्षेत्रलाई दिइनु आपत्तिजनक रहेको बताएको छ। संकटको बेला समेत उपभोक्ताले २० रूपैयाँमै नुन उपभोग गरिरहेको अवस्थामा निजी क्षेत्रलाई नुनको व्यापार सुम्पन नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ। निजी क्षेत्रलाई बलजफ्ती गरेर नुनको कारोबार सुम्पेपछि संकटको मौका छोपेर व्यवसायीले नुनको मूल्यसमेत बढाउने र गुणस्तरमा समेत विश्वास नरहने मञ्चले उल्लेख गरेको छ। ‘यस्तो विकराल अवस्थामा पनि विगत ५७ वर्षदेखि नेपाली जनताले सहज, सरल र गुणस्तरीय आयोडिनयुक्त नुन नेपाल सरकार निगरानी तथा नियन्त्रण तमाम नेपाली जनताले सुलभ र सस्तो मूल्यमा उपभोग गर्न पाइ...
नुनमा कमिशन र नाफाखोरलाई प्रश्रय,जनताको थाप्लोमा बोझ हाल्ने षडयन्त्र :विपक्षी गठबन्धन

नुनमा कमिशन र नाफाखोरलाई प्रश्रय,जनताको थाप्लोमा बोझ हाल्ने षडयन्त्र :विपक्षी गठबन्धन

आर्थिक, समाचार
आयोडिनयुक्त नुनमा समेत सरकारले कमिशन र नाफाखोरलाई घुसाएको भन्दै विपक्षी गठबन्धनले सरकारको चर्को आलोचना गरेका छन् । पाँच राजनीतिक दल कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेको तर्फबाट वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेलले शनिबार संयुक्त रुपमा विज्ञप्ति जारी गरी बजेटमार्फत् गरिएको  उक्त घोषणा कमिशन र नाफाखोरीलाई प्रश्रय दिने मनशायबाट भएको जिकिर गरेको हुन ।  विपक्षी गठबन्धनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘सरकारले हालै सार्वजनिक गरेको बजेट भाषण मार्फत सबै तह र क्षेत्रका जनताले उपभोग गर्ने आयोडिनयुक्त नुनमा अनुदान दिई आपुर्ती गरिरहेकोमा हालै सरकारले बजेट मार्फत कसैलाई फाईदा पुर्याउने तथा कमिशन र नाफाखोरीलाई प्रश्रय दिने मनशायबाट निर्णय गरेको छ ।’ साथै, गठबन्धनले सो निर्णय जनत...
पेट्रोलियम पदार्थको मूल्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

आर्थिक, समाचार
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धन (आन्तरिक उडान) को मूल्यवृद्धि गरेको हो । प्रतिलिटर २ रुपैयाँको दरले मुल्यवृद्धि गरिएको छ । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ र आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगेको छ । ...
सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले घट्दै

सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले घट्दै

आर्थिक, समाचार
 साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्य ह्वातै घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले घट्दै ९३ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज चाँदीको मूल्यमा समेत अधिकतम ३५ रुपैयाँले गिरावट आएको छ। बिहीबार प्रतितोला एक हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार एक हजार ३ सय ४० रुपैयाँमा झरेको हो। ...