आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

आर्थिक, समाचार
साउन २७ गतेदेखि सार्वजनिक निष्कासनमा आएको मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आइतवार (आज) अन्तिम दिन रहेको छ । मागभन्दा ६५ दशमलव २० गुणा बढी आवेदन परिसकेको यस कम्पनीको आईपीओ छिटो अवधि साउन ३१ गतेसम्म मात्र विक्रीमा रहने भएको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार शुक्रवार साँझ ५ः ३० बजेसम्म १८ लाख ५६ हजार ५५० जना आवेदकहरुले २ करोड ४० लाख ३४ हजार १५० कित्ता शेयर खरीदको आवेदन परेको हो । कम्पनीले ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । सर्वसाधारणमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ विक्री गर्न लागेको कम्पनीले कुल कित्तामध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्ने व्यवस्था छ...
साहस उर्जा लिमिटेडको साउन २९ गतेदेखि आईपीओ विक्री खुला

साहस उर्जा लिमिटेडको साउन २९ गतेदेखि आईपीओ विक्री खुला

आर्थिक, समाचार
साहस उर्जा लिमिटेडले साउन २९ गतेदेखि शुक्रवारदेखि आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यमा ३५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि विक्री गर्न लागेको हो ।  यो आईपीओ छिटोमा भदौ ११ गतेसम्म विक्रीमा रहनेछ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म विक्रीमा रहनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  विक्री प्रबन्धकसँगै आईपीओ खरिदका लागि लोबलआईएमई बैंक, सल्लेरी सोलुखुम्बु, नेपाल इन्भेष्टमेन्ट बैंक, लुक्ला, लक्ष्मी बैंक, मुग्ली र नेले शाखा सोलुखुम्बु, माछापुच्छ्रे बैंक, सल्लेरी, सोलुखुम्बु र प्राइम कमर्शियल बैंक, रमिते शाखा, सोलुखुम्बुबाट समेत आवेदन दिन सकिने व्यवस्था छ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स...
आज बुधवारको  विदेशी मुद्राको विनिमयदर

आज बुधवारको विदेशी मुद्राको विनिमयदर

आर्थिक, समाचार
नेपाल राष्ट्र बैंकले बुधवार (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३८ पैसा रहेको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ २८ पैसा बिक्रीदर १३९ रुपैयाँ ९८ पैसा, क्यानडियन डलरको खरिददर ९४ रुपैयाँ ४८ पैसा, बिक्रीदर ९४ रुपैयाँ ९६ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । हेर्नुहोस् अन्य विभिन्न मुलुकको विनिमयदर कति छ ? ...
सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

आर्थिक, समाचार
साउन २० गतेदेखि विक्रीमा आएको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको कम्पनीको  आईपीओ छिटो अवधिभित्र मात्र विक्रीमा रहने भएको हो ।   कम्पनीले सर्वसाधारणमा वितरण गर्न लागेको कुल रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । सार्वजनिक निष्कासनमा आएको ५४ लाख कित्ता शेयर खरिदको लागि मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।  आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।...
‘फुलको अवैध तथा अनियन्त्रित आयात बन्द गर’:पुष्प उत्पादक किसान

‘फुलको अवैध तथा अनियन्त्रित आयात बन्द गर’:पुष्प उत्पादक किसान

आर्थिक, समाचार
भारतबाट पुष्प तथा पुष्पजन्य वस्तु अवैध आयात भइरहेको भन्दै त्यसलाई रोक्न माग गरिएको छ । अखिल नेपाल किसान महासंघ, ङ्खलोरिकल्चर एसोसियसन नेपाल तथा नर्सरी तथा पुष्प उत्पादक किसान संघले संयुक्त रूपमा पुष्प एवं पुष्पजन्य सामग्री अवैध कारोबार रोक्न माग गर्दै बुधबार राजधानीमा प्रदर्शनसमेत गरेका छन् । उनीहरूले ‘प्रयोग गरौं बारीको बहिष्कार गरौं पारीको’, ‘पुष्प व्यवसायलाई अति आवश्यकीय कृषिजन्य बस्तुको सूचीमा समावेश गर’, ‘फुलको अवैध तथा अनियन्त्रित आयात बन्द गर’लगायत नाराबाजी गर्दै प्रदर्शन गरेका गरेका हुन् । भारतलगायत अन्य देशबाट गैरकानुनी रूपमा फुल ल्याउने काम जारी भएको र त्यसको विरोध गर्दा नेपालका किसानलाई तर्साउने, धम्क्याउने गरिएको आरोपसमेत उनीहरूले लगाएका छन् । लकडाउनका कारण पुष्प व्यवसायी किसान धराशयी भइरहेको बेला नेपालभित्रैको उत्पादन खपत गर्नुको साटो कर छलेर भारतबाट फुल ल्याउने ‘दलाल’ ...
नेप्से आज बुधबार दोहोरो अंकको बृद्धि

नेप्से आज बुधबार दोहोरो अंकको बृद्धि

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से १२.५ अंकले बढेर तीन हजार एक सय २३ दशमलब १५ विन्दुमा पुगेको छ । त्यस्तै, आज नेप्सेका कारोबार रकममा पनि बृद्धि भएको छ । आज १५ अर्ब ५९ करोड ५७ लाख बराबरको कारोबार भएको छ ।  त्यस्तै, आज कारोबार भएका कम्पनीमध्ये ११ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । जसमध्ये सात कम्पनीको शेयरमूलयमा १० प्रतिशतले बृद्धि भएको छ भने अन्य कम्पनीको ९ प्रतिशत भन्दा बढीले बृद्धि भएको छ ।      शेयरमूल्य बढ्ने कम्पनीहरुमा अपि पावर कम्पनी, खानि खोला हाइड्रोपावर कम्पनी, दिव्याश्री हाइड्रोपावर कम्पनी, कालिका पावर कम्पनी, अप्पर तामाकोशी, घलेम्दी हाइड्रो र युनियन लाइल इन्स्योरेन्स कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।  त्यस्तै, आज जीवन विकास लघुवित्त वित्तिय संस...
गत असार १७ देखि साउन १६ सम्मको अवधिमा दुई हजार ९९१ जना पर्यटक नेपाल भित्रिए

गत असार १७ देखि साउन १६ सम्मको अवधिमा दुई हजार ९९१ जना पर्यटक नेपाल भित्रिए

आर्थिक, समाचार
गत असार १७ देखि साउन १६ सम्मको अवधि (जुलाई)मा दुई हजार ९९१ जना पर्यटक नेपाल भित्रिएका छन्। सन् २०१९मा कोभिड सुरु हुनुअघि सोही अवधिमा ४४ हजार ३६९ पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका थिए।त्यस्तै सन् २०२० को सोही अवधिमा १९५ जना पर्यटक हवाई मागबाट भित्रिएको पर्यटन बोर्डले जनाएको छ। जनवरीदेखि जुलाईसम्मको अवधिमा भने कुल ६१ हजार ४९ जना पर्यटक नेपाल भित्रिएका छन्। बोर्डका अनुसार जनवरीमा आठ हजार ८७४, फेब्रुअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७ पर्यटक नेपाल भित्रिएका छन्। अप्रिलमा २२ हजार ४५०, मेमा एक हजार ४६८, जुनमा एक हजार १४३ पर्यटक नेपाल भित्रिएका हुन्। समीक्षा अवधिमा नेपाल आउने पर्यटकमा सबैभन्दा बढी भारतीय छन्।हवाई मार्गबाट नेपाल भित्रिने भारतीयको सङ्ख्या हिस्सा ३६.९ प्रतिशत रहेको छ। त्यस्तै एसियाली मुलुकहरूबाट १३३ पर्यटक नेपाल आएका थिए। त्यसमध्ये दक्षिण कोरियाबाट सबैभन्दा धेरै ५८ जना भित्रि...
मध्य भोटेकोशीको आईपीओ भर्ने समय साउन ३२ गतेसम्म थप

मध्य भोटेकोशीको आईपीओ भर्ने समय साउन ३२ गतेसम्म थप

आर्थिक, समाचार
मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि आईपीओ भर्ने समय थप गरेको छ। भोटेकोशी गाउँपालिकाको आग्रहमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि शेयर निष्कासन तथा बिक्री खुला अवधिको म्याद थप गरिएको गाउँपालिकाले जनाएको छ। अब सिन्धुपाल्चोकबासीले साउन मसान्तसम्म भोटेकोशीको आईपीओ भर्न पाउने भएका छन्। मध्य भोटेकोशीको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शेयर निष्कासन तथा बिक्री खुला अवधि साउन ३२ गतेसम्म कायम भएको जनाएको छ। तोकिएको समयावधिभित्र माग भए बमोजिमको शेयर बिक्री हुने सम्भावना कम देखिएकाले १५ दिन समावधि थप गर्ने भोटेकोशी जलविद्युत कम्पनीको सञ्चालक समितिको साउन १४ गतेको बैठकले निर्णय गरेको क्यापिटलले जनाएको छ। यसअघि निषेधाज्ञाका कारण गत वैशाख १४ गते विक्री बन्द गरिएकोमा पुनः विक्री खुला गरिएको थियो। कम्पन...
सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ साउन २० गतेदेखि

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ साउन २० गतेदेखि

आर्थिक, समाचार
सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले साउन २० गतेदेखि सर्वसाधारणमा आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ विक्री गर्ने भएको हो ।   कम्पनीले सर्वसाधारणमा विक्री गर्ने कुल ६० लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गर्न लागेको हो ।  सार्वजनिक निष्कासनमा आउने ५४ लाख कित्ता शेयर खरिदको लागि मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । यो आइपीआ साउन २४ गतेसम्म विक्रीमा रहनेछ । कम्पनीले आईपीओ विक्रीको छिटो अवधि साउन २४ र ढिलो अवधि भदौ २ गतेसम्मको मिति तय गरेको छ । आईपीओ खरिदका लागि छिटो अवधिभित्रै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा...
नेपाल राष्ट्र बैंकको नयाँ निर्देशनले बैंक तथा वित्तीय सस्थाहरुको बोनस शेयर बढ्ने

नेपाल राष्ट्र बैंकको नयाँ निर्देशनले बैंक तथा वित्तीय सस्थाहरुको बोनस शेयर बढ्ने

आर्थिक, समाचार
नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनले बैंक तथा वित्तीय सस्थाहरुको बोनस शेयर बढ्ने भएको छ । राष्ट्र बैंकले सोमबार जारी गरेको नयाँ निर्देशनमा २०७८ असार मसान्तभित्रमा असुल हुने पर्ने ब्याज उठान भदौ १५ गतेसम्म पुर्याएकाले बैंकको वितरण योग्य नाफामा वृद्धि हुने देखिएको हो ।  भदौ १५ गतेसम्म म्याद थप भएकाले बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण प्रकाशित गर्ने समय थप हुने र खराब कर्जा व्यवस्थापन सहज हुदा वितरण योग्य नाफा बढ्ने नलिब बैंकका डेपुटी जनरल म्यानेजर मनोज ज्ञावलीले बताएका छन् ।  राष्ट्र बैंकले ऋणमा पनि प्रोभिजनिङ बढाएको छ । राष्ट्र बैंकले असल ऋणमा प्रोभिजनिङ १.३ प्रतिशत पुर्याएको छ । यसअघि असल ऋणमा १ प्रतिशत मात्र प्रोभिजनिङ गरे पुग्ने थियो । यसले गर्दा हाल ४१.५ खर्ब कर्जामध्ये खराब कर्जा र पुनरतालिकीकरण गर्दा ३९ खर्बमा थप ०.३० प्रतिशत खराब कर्जा थप हुने ज्ञावा...