आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

(नेप्से) कारोबारको दोस्रो दिन आज सोमबार तिव्र उत्तारचढाव

(नेप्से) कारोबारको दोस्रो दिन आज सोमबार तिव्र उत्तारचढाव

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारको दोस्रो दिन आज सोमबार तिव्र उत्तारचढाव देखिएको छ । आज कारोबार शुरु हुँदा नेप्से ऐतिहासिक विन्दु ३ हजार ७५ दशमलब ५९ मा पुगेको थियो । कारोबार शुरु भएको दुई घण्टा पछि नेपसे करिब २९ अंकले घटेर तीन हजजार ४३ दशमलब १७ विन्दुमा आइपुगेको थियो ।  कारोबार समय एक घण्टा बाँकी हुँदा बजार पुनः सम्हालिदै तीन हजार ५६ दशमलब ७ अंकमा पुगेको थियो । आज नेप्से ८.२४ अंकले घटेर तीन हजार ५० दशमलब ४३ विन्दुमा बन्द भएको छ ।  त्यस्तै, आज १४ अर्ब १३ करोड ९७ लाख बराबरको कारोबार भएको छ । त्यस्तै, नेप्सेका अनुसार आज सात कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।  शेयर बजार बढ्ने कम्पनीहरुमा बिशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडी हाइड्रोपावर कम्पनी, माउन्टेन हाइड्रोपावर कम्पनी, ग्रिनलाइफ हाइड्रोपावर कम्पनी, हिमालयन उर्जा विकास कम्पनी र ङादी ग्रुप पावर रहेका छन...
६० हजार लिटर डिडिसीको घ्यू निर्यात

६० हजार लिटर डिडिसीको घ्यू निर्यात

आर्थिक, समाचार
नेपाल सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानको हेटौँडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित ६० हजार लिटर घ्यू यस वर्ष निर्यात भएको छ। आर्थिक वर्ष २०७७/ ७८ मा दक्षिण कोरिया, जापान र अष्ट्रेलियामा सो घ्यू निर्यात भएको आयोजना प्रमुख नरेश जोशीले जानकारी दिए । हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित उक्त आयोजनाबाट आधा लिटरको बट्टामा वि.सं २०७७ वैशाखदेखि घ्यू निर्यात शुरु भएको उल्लेख छ । एक पटकमा सातदेखि आठ हजार लिटर घ्यू निर्यात हुने गरेको छ । घ्यूको माग अत्याधिकरूपमा बढ्दै गएको आयोजना प्रमुख जोशीको भनाइ छ। वि सं २०३० वैशाखमा डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा स्थापना भएको उक्त आयोजनाबाट दैनिक २५ हजार लिटर दूध मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीबाट सङ्कलन भइरहेको छ । त्यस्तै आयोजनाले छ हजार दुग्ध कृषक घरपरिवारको १६४ दुग्ध उत्पादक सहकारी संस्था र सात चिस्यान केन्द्रमार्फत् आ...
ट्राफिक प्रहरी कार्यालयले  २०७७/७८ मा १९ करोड रुपैयाँभन्दा बढी राजस्व उठाए

ट्राफिक प्रहरी कार्यालयले २०७७/७८ मा १९ करोड रुपैयाँभन्दा बढी राजस्व उठाए

आर्थिक, समाचार
प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्ष आव २०७७र७८ मा १९ करोड रुपैयाँभन्दा बढी राजस्व उठाएको छ । गत आवमा सवारी नियम उल्लंघन गर्नेलाई कारबाही गरेर १९ करोड १६ लाख ३७ हजार रुपैयाँ राजस्व उठाइएको प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले जानकारी दिए । भारवहन क्षमताभन्दा बढी तौल बोक्ने ढुवानीका साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको र त्यसबाट ६९ लाख ८८ हजार रुपैयाँ संकलन भएको पनि ट्राफिक प्रहरीले बताएको छ । चालक तथा सर्वसाधारणलाई सवारीसम्बधी नियमबारे जानकारी दिन चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको कार्यालयका सूचना अधिकृत ट्राफिक प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए । बितेको १ वर्षमा आयोजित २ हजार ८०० यस्ता कार्यक्रममा १ लाख २६ हजारभन्दा बढीको सहभागिता रहेको पनि जैसवारले बताए । ट्राफिक प्रहरीले गत आवमा १०६ ...
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ साउन ५ गतेदेखि पुनः विक्रीमा

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ साउन ५ गतेदेखि पुनः विक्रीमा

आर्थिक, समाचार
आयोजना प्रभावित स्थानियका लागि मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ साउन ५ गतेदेखि पुनः विक्रीमा आउने भएको छ । यस अघि कम्पनीले बैशाख २१ गते गतेदेखि आईपीओ विक्री खुला गरेको भएपनि त्यस स्थानमा निशेधाज्ञा भएपछि बैशाख २४ गतेदेखि विक्री कार्य स्थगित गरेको थियो ।  कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती र मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग र मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दा तथा आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरु समेतको लागि कुल ६० लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो ।  कम्पनीले कुल कित्तामध्य आयोजना क्षेत्रका सिन्धुपाल्चोक जिल्लाको स्थाय...
समाज डेण्टलको नयाँ शाखा अब भक्तपुरको राधेराधेमा

समाज डेण्टलको नयाँ शाखा अब भक्तपुरको राधेराधेमा

आर्थिक, समाचार
समाज डेण्टल हस्पिटलको चौथो शाखा भक्तपुरको राधेराधेमा खुलेको छ । समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २१ औं वार्षिक उत्सवको अवसरमा भक्तपुरमा पनि सेवा बिस्तार गरेको हो । समाज डेण्टल हस्पिटलका प्रमुख शंकु घिमिरिले सांस्कृतिक शहर भक्तपुर क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गर्न पाउदाँ खुसी लागेको बताए । भक्तपुरको राधेराधेमा सेवा सुरु भएको पहिलो महिना साउनभर सवै दन्त सेवामा २० प्रतिशत छुट दिने जानकारी पनि घिमिलेले दिएका छन । समाज डेण्टल हस्पिटलले २० वर्ष देखि दात तथा मुख सम्वन्धी रोगको उपचार गर्दै आएको छ । काठमाडौँको नयाँ बानेश्वरबाट सुरु भएको समाज डेण्टलको यसअघि नै बानेश्वर, जाउलाखेल, गोंगबुमा शाखा थिए । ...
समाजवादी ट्रेड युनियन महासंघद्वारा श्रमिकलाई स्वास्थ्य सामाग्री वितरण

समाजवादी ट्रेड युनियन महासंघद्वारा श्रमिकलाई स्वास्थ्य सामाग्री वितरण

आर्थिक, समाचार
समाजवादी ट्रेड युनियन महासंघद्वारा श्रमिकलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)बाट सहयोगार्थ संयुक्त ट्रेड युनियन समन्यव केन्द्र (जेटीयुसीसी)बाट उपलब्ध स्वास्थ्य सामग्री शनिबार भक्तपुरको ठिमीमा एक कार्यक्रमबीच ७० श्रमिकलाई वितरण गरिएको हो । प्रजातान्त्रिक उद्यौगीक कारखाना श्रीमक संगठनको केन्द्रीय अध्यक्ष रामबहादुर गोलेलगायत प्रजातान्त्रिक औद्योगीक श्रमिक संगठनको केन्द्रीय कमिटिको संयोजकत्वमा स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । समाजवादी ट्रेडयुनियन महासंघ नेपाल स्वतन्त्रको केन्द्रीय अध्यक्ष नवराज दाहालसहित अन्य पदधिकारीहरूको उपस्थिति स्वास्थ्य सामग्री वितरण गरिएको थियो । सो अवसरमा श्रमिकहरूको पनि हक र हित र श्रमिकको निमित सदैव खटेर डटेर सेवा गरिरहने अध्यक्ष गोलेले बताउनुभयो ।उहाँले देशैभरिका श्रमिकहरूको निमित राम्रो भूमिका खेल्ने...
कोभिड–१९ का कारण आर्थिक क्षेत्रमा परेको असरलाई सुधार गर्न आगामी आर्थिका वर्षमा २० देखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था

कोभिड–१९ का कारण आर्थिक क्षेत्रमा परेको असरलाई सुधार गर्न आगामी आर्थिका वर्षमा २० देखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था

आर्थिक, समाचार
काठमाडौँ महानगरपालिकाले कोभिड–१९ का कारण आर्थिक क्षेत्रमा परेको असरलाई सुधार गर्न आगामी आर्थिका वर्षका लागि कम्तीमा २० देखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था छ । कामपाको नवौँ अधिवेशनबाट पारित आर्थिक विधेयक, २०७८ मा कोभिड–१९ को प्रभावलाई मध्यनजर गरेर आव ०७६र०७७ देखिका सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा छुटको व्यवस्था गरिएको छ । कामपा राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले कोभिड–१९ को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा पर्न गएको असरलाई मध्यनजर गरेर आर्थिक वर्ष ०७८र०७९ को सम्पत्ति करमा थप ८० प्रतिशत छुट दिने र, सबै करदाताका लागि २०७८ पुस मसान्तसम्म सम्पत्ति कर चुक्ता गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको बताउनुभयो । यसैगरी घरधनीले बुझाउनुपर्ने बहाल कर रकमको १० प्रतिशत वा रु २५ हजारमध्ये जुन रकम कम हुन्छ सो रकम छुट हुनेछ । कामपा क्षेत्रभित्र व्यवसाय सञ्चालन गर्ने व्यवसायील...
नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमीटेडले आईपीओ ल्याउने तयारी

नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमीटेडले आईपीओ ल्याउने तयारी

आर्थिक, समाचार
नर्भिक इन्टरनेशनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । नर्भिक अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको हो । नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक अस्पतालले भविष्यमा आफ्नो सेवालाई बिस्तार गर्ने र यो कार्यमा जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणाअन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गरेको हो ।  योसँगै नर्भिक अस्पतालको नाम यसअघिको ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज प्रालि’बाट रुपान्तरित भई ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमीटेड’ भएको छ । पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै नर्भिकले भविष्यमा सर्वसाधारणका लागि साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) समेत गर्ने जनाएको छ । नर्भिक अस्पताल नेपालको सेयर बजारमा सूचीकृत हुने पहिलो अस्पताल तथा मेडिकल कलेज बन्ने गरी काम ...
दक्षिण कोरियामा नेपाली  मजदुरको न्यूनतम तलब बढेर दुई लाख

दक्षिण कोरियामा नेपाली मजदुरको न्यूनतम तलब बढेर दुई लाख

अन्तराष्ट्रिय, आर्थिक, समाचार
दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा वेदेशी मजदुरको न्यूनतम तलब बढेको छ । सोमवार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा पाँच प्रतिशतले वृद्धि गरी प्रतिघण्टा नौ हजार १६० कोरियन वन कायम गरेको हो । सन् २०२२ देखि लागू हुने यो तलबअनुसार हालको प्रतिघण्टाको ज्याला आठ हजार ७२० कोरियन वनबाट ४४० वन वृद्धि भएको हो । यसअनुरुप हप्तामा पाँच दिन र दैनिक आठ घण्टा मात्र काम गर्दा पनि मासिक १९ लाख १४ हजार ४४० वन हुनेछ । यो रकम झण्डै नेपाली  दुई लाख बराबर हो । न्यूनतम ज्याला निर्धारण समितिमा नौ सदस्य रहेका थिए । समितिमा मजदुरका पक्षबाट, कम्पनी व्यवसायीको तर्फबाट र सर्वसाधारणका तर्फबाट प्रतिनिधित्व हुने गर्दछ । सोमबार सरकारी कम्प्लेक्स सेजोङमा भएको बैठकले मध्यरातमा ज्याला बढाउने निर्णय गरेको हो । न्यूनतम ज्याला निर्धारण समितिको बैठकमा मजदुरका तर्फबाट प्रतिनिधित्व...
पेट्रोलियम पाइपलाइन सञ्चालनमा ल्याएपछि नेपाल आयल निगमको करिब ४ अर्ब रुपैयाँ जोगियो

पेट्रोलियम पाइपलाइन सञ्चालनमा ल्याएपछि नेपाल आयल निगमको करिब ४ अर्ब रुपैयाँ जोगियो

आर्थिक, समाचार
मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याएपछि नेपाल आयल निगमको करिब ४ अर्ब रुपैयाँ जोगिएको छ। निगमले इन्डियन आयल कर्पोरेसन(आइओसी) बाट डिजेल आयात गर्दा ढुवानी खर्चबापतको ३ अर्ब २४ करोड ४१ लाख रुपैयाँ र तापक्रम तथा प्राविधिक नोक्सानीबापत तिर्नुपर्ने ७५ करोड ३४ लाख रुपैयाँ बचत भएको हो। पेट्रोलियम पाइपलाइनले डिजेलको आपूर्ति व्यवस्थापन मात्र नभएर ठूलो रकम खर्च हुनबाट जोगिएको नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए। ‘पाइपलाइनले अर्बौं रुपैयाँ जोगिएको छ,’ प्रबन्ध निर्देशक पौडेलले भने, ‘ढुवानी, तापक्रम तथा प्राविधिक नोक्सानीबापत तिर्नुपर्ने रकम जोगिएको हो। पाइपलाइनले डिजेल आपूर्तिमा निकै सहज भएको छ।’ आयल निगमले २०७६ भदौ २४ गतेबाट पाइपमार्फत डिजेल ल्याउन सुरु गरेको थियो। परियोजना ४ अर्ब ४० करोड रुपैयाँ लागतमा बनाइएको हो। त्यसमा भारतले ३ ...