आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै

डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै

आर्थिक, समाचार
अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गएको पाइएको छ । पछिल्ला दिनहरूमा डलरको भाउ अवमूल्यन हुँदै गएको छ, फलस्वरूप डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ दिनमा मात्र डलरको मूल्य करीब २ रुपैयाँले घटेको छ । गत बिहीवार एक डलरको खरीद मूल्य ११९ रुपैयाँ १० पैसा थियो, त्यो आज (बुधवार) सम्म आउँदा १ रुपैयाँ ९९ पैसाले घटेर ११७ रुपैयाँ ११ पैसामा कायम भएको छ । बिहीवारका लागि डलरको खरीद दर भने ११६ रुपैयाँ ५१ पैसा तोकिएको छ । मंगलवार डलरको विक्री मूल्य ११७ रुपैयाँ ५२ पैसा र खरीद मूल्य ११६ रुपैयाँ ९२ पैसा रहेको थियो । नेपाली रुपैयाँ पछिल्लो २ महीनायताकै बलियो भएको देखिन्छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा। प्रकाशकुमार श्रेष्ठले पछिल्ला दिनहरूमा डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको बताए । डलरको तुलनामा भारतीय मुद्रा बलियो हुँदा नेपा...
आज नेप्से १७.६० अंकले बढेर तीन हजार ९४ दशमलब ५ विन्दुमा

आज नेप्से १७.६० अंकले बढेर तीन हजार ९४ दशमलब ५ विन्दुमा

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से १७.६० अंकले बढेर तीन हजार ९४ दशमलब ५ विन्दुमा पुगेको हो ।    त्यस्तै, आज १३ अर्ब ४२ करोड १९ लाख बराबरको कारोबार भएको छ । बुधबार १२ अर्ब ९ करोड २१ लाख बराबरको कारोबार भएका थियो । आज कारोबार भएका आठ समूह घटेका छन् भने अन्य समूह बढेका छन् ।  नेप्सेका अनुसार आज कारोबार भएका १४ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य घट्ने कम्पनीहरुमा नारायणी डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत कम्पनी, घलेम्दी हाइड्रो लिमिटेड, जीवन विकास लघुवित्त वित्तिय संस्था, खानीखोला हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, रिलायन्स फाइनान्स, मल्टिपर्पोज फाइनान्स कम्पनी, म...
अत्यावश्यक वस्तुको आपूर्तिमा बन्द/हडताल गर्न पाइँदैन

अत्यावश्यक वस्तुको आपूर्तिमा बन्द/हडताल गर्न पाइँदैन

आर्थिक, समाचार
 मुलुकमा बन्द/हडताल वा कुनै विपत्ति आएर ढुवानी प्रभावित भए नेपाल आयल निगमको भण्डारण क्षमताले पेट्रोलियम पदार्थको माग कति दिनसम्म धान्ला ? आयल निगमका प्रवक्ता विनितमणि उपाध्याय भन्छन्, ‘मुलुकभर पेट्रोल ७ दिन र डिजेल १० दिनलाई मात्रै पुग्छ । कतिपय जिल्लामा त एक दिनलाई पनि पुग्दैन ।’ भलबारी, धनगढी, नेपालगन्ज, दाङ, सुर्खेतलगायत स्थानमा एक दिनलाई पनि पुग्दैन । विराटनगरमा डेढ दिन, उपत्यकाको हकमा ९ दिनलाई मात्रै पुग्ने भण्डारण क्षमता रहेको उपाध्यायले बताए । यो अवस्था बर्सौँ अघि देखिको हो । भारतले २०७३ मा अघोषित नाकाबन्दी गरी इन्धन हाहाकार भएपछि भण्डारण तथा मौज्दातको संयन्त्र र संरचना खडा गर्ने बताइए पनि त्यतिकै सेलायो । पछिल्लो समय निगमले पोखरामा डिजेल ट्याङ्की, विभिन्न डिपोमा रहेका मट्टितेल ट्याङ्कीमा पेट्रोल भण्डारण गर्ने प्रक्रिया थालेको छ । अमलेखगन्जमा ४/४ हजार किलोलिटर , विराटन...
पेट्रोलियम पदार्थको मूल्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

आर्थिक, समाचार
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजल र मट्टीतेलमा पनि प्रतिलिटर रु दुई नै वृद्धि गरिएको छ। नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १३० पुगेको छ। यस्तै डिजल र मट्टीतेल प्रतिलिटर रु ११३ पुगेको छ। यसअघि पेट्रोल प्रतिलिटर रु १२८, डिजल र मट्टीतेल प्रतिलिटर रु १११ मा बिक्री हुँदै आएको थियो। निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु २५ ले वृद्धि गरेको छ। यसअघि प्रतिसिलिण्डर रु एक हजार ४२५ मा कारोबार हुँदै आएको ग्यास अब रु एक हजार ४५० पुगेको छ। आन्तरिकतर्फको हवाई इन्धनको मूल्यसमेत प्रतिलिटर रु दुईले वृद्धि भई रु ८६ पुगेको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलो १६ डलरले वृद्धि गरी ७७० अमेरिकी डलर कायम गरिएको छ। मूल्य बढाउँदा समेत पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर २ रुपैयाँ ...
टिम्बर ग्रुप अफ इन्डस्ट्रिले ल्यायो नयां आकर्षक ढोकाहरु

टिम्बर ग्रुप अफ इन्डस्ट्रिले ल्यायो नयां आकर्षक ढोकाहरु

आर्थिक, समाचार
टिम्बर ग्रुपले आफना नयां उत्पादनहरु सार्वजनिक गरेको छ ।विगत १० वर्षदेखी नेपाली बजारमा रेडिमेड ढोका उत्पादन गर्दै आएका टिम्बर ग्रुप अफ इन्डस्ट्रिले दि एभरेष्ट होटल काठमाडौंमा एक बिशेष समारोहको आयोजना गरी देशभरका प्रतिष्ठित उद्योगी, व्यवसायी, इन्जिनियर, ठेकेदारहरुको उपस्थितिमा आफ्ना थप नयाँ उत्पादनहरु बजारमा लिएर आएको हो । घर निर्माणमा ढोकाका लागी सवैको पहिलो रोजाईमा पर्दै आएको टिम्बरले हालै मात्र आफना नयाँ उत्पादन हरुमा टिम्बर थाङ्का , काठको थाङ्का, टिम्बर फिटिङ , टिम्बर फर्निचर , टिम्बर इन्टेरियर अन्तराष्ट्रिय तथा नेपाली बजारमा एकैसाथ नयाँ उत्पादन ल्याइएको जानकारी डिजीटल माध्यमद्वारा कम्पनीका सीईओ एक नारायणले गराउनु भएको थियो । ...
उर्मिला श्रेष्ठको सभापतित्वमा नेपाल महिला चेम्बर कार्य समिति गठन

उर्मिला श्रेष्ठको सभापतित्वमा नेपाल महिला चेम्बर कार्य समिति गठन

आर्थिक, समाचार
नेपाल चेम्बर अफ कमर्सले उपाध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा नेपाल महिला चेम्बर कार्य समिति गठन गरेको छ ।  नव गठित महिला चेम्बरको महासचिवमा लिमा अधिकारी तथा कोषाध्यक्षमा चारु सिखारिया चयन भएका छन् । यस्तै समितिको सल्लाहकारहरूमा अन्जना ताम्राकार, शान्ती लक्ष्मी शाक्य, निलम ताम्राकार, सोफी उपाध्याय रहेका छन् ।  समितिको सदस्यहरूमा राजलक्ष्मी सिंह, जानकी प्रधान श्रेष्ठ, कोहिनुर श्रेष्ठ, स्वरुपा श्रेष्ठ, रज्जु तण्डुकार, विना प्याकुरेल, कल्पना देवी पिया श्रेष्ठ र अदिति गोयल रहेका छन् । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले महिला चेम्बरका पदाधिकारी तथा सल्लाहकारहरूलाई मनोनयन पत्र प्रदान समेत गरेका छन् ।  उक्त अवसरमा अध्यक्ष मल्लले नेपाली महिलाहरुको आर्थिक उत्थान हुन सकेमा समृद्धि हासिल गर्न सकिने भएकाले नव गठित महिला चेम्बरले महिला उद्यमशीलता विकास तर्फ ध्यान दिनु प...
आज नेप्से १८.१७ अंकले घटेर तीन हजार एक सय ८० दशमलब ८६ विन्दुमा

आज नेप्से १८.१७ अंकले घटेर तीन हजार एक सय ८० दशमलब ८६ विन्दुमा

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबारको दिन आज बिहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से १८.१७ अंकले घटेर तीन हजार एक सय ८० दशमलब ८६ विन्दुमा थामिएको छ ।  त्यस्तै, आज २० अर्ब ४९ करोड ९२ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका पाँच समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।     नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये जीवन विकास लघुवित्त वित्तिय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३९०६.१० रुपैयाँ पुगेको छ ।   त्यस्तै, हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर र पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । यो दिन प्रतिकित्ता रू. ५७ दशमलव ४० ले घटेर हाइड्रोइलेक्ट्रिसिटिको अन्तिम श...
लुम्बिनीको पर्यटनलाई लक्षित गरी भैरहवामा होटल सन स्टार ईन्टरनेशनल संचालनमा

लुम्बिनीको पर्यटनलाई लक्षित गरी भैरहवामा होटल सन स्टार ईन्टरनेशनल संचालनमा

आर्थिक, समाचार
भैरहवा । लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी भैरहवामा होटल सनस्टार ईन्टरनेश्नल संचालनमा आएको छ । सिद्धार्थनगर ८ लुम्बिनी रोडबाट बसडिलवा जाने चोकमा सम्पुर्ण होटल हस्पिटालिटीसहित होटल सनस्टार ईन्टरनेश्नलले लकडाउनकै बीचमा आफ्नो निर्माण कार्य सम्पन्न गरी सेवा संचालनमा ल्याएको हो । गुल्मी जिल्ला स्थायी घर भई जापानमा करीब ७ वर्ष रेष्टुरेण्ट संचालन गरी लामो अनुभव संगालेका व्यवसायी राजेश महोत्राको एकल लगानीमा होटल सनस्टार संचालनमा ल्याईएको हो । तिन करोडको लागतमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी उच्चस्तरीय सेवा दिने उद्देश्यले होटल संचालनमा ल्याईएको संचालक महोत्राले बताए । उनका अनुसार लुम्बिनी गेटभन्दा पश्चिम, बसडिलवा मन्दिर जानेबाटोको चोकमा विशाल पार्किङ्ग सहितको होटल संचालनमा ल्याईएको हो । होटलमा डिलक्स, स्वीट सहितका सुविधायुक्त २२ वटा रुम, ४० जना अट्ने सभाहलको व्यवस्था रहेको ...
साहारा एप राइड सेयरिङमा सबैको मन जिदै

साहारा एप राइड सेयरिङमा सबैको मन जिदै

आर्थिक, समाचार
काठमाडौं– साहारा एप राइड सेयरिङको दुनियाँमा आफुलाई स्थापित गराउन सफल भएको छ । साहारा एपमा दैनिक सयौंका सख्यामा राइडरहरु थपिरहेको कम्पनिले जनाएको छ । साहारा एपको प्रयोगकर्ता बढि रहेका छन् । । बजारमा रहेका अन्य कम्पनिको भन्दा सस्तो र गुणस्तरिय सेवा प्रवाहको कारण साहारा एप छोटो समयमा नै लोकप्रिय राइड सेयरिङ बन्न सफल भएको अध्यक्ष शेखर श्रेष्ठको दावि छ ।राइडर र ग्राहकमाझ साहारा एप लोकप्रिय रहेको छ । एप बिजनेश ग्रोथ कम्पनि प्रालिले सञ्चालनमा ल्याएको हो । हाल काठमाडौं उपत्यका मात्र सेवा प्रदान गर्दै आएको छ । रोजगारी गुमाएका युवाका लागि राइड सेयरिङ सेवा आम्दानी गर्ने राम्रो माध्यम बनेको छ । राइड सेयरिङको माध्यमबाट युवाहरुले रोजगार पाउनुका साथै सेवाग्राहिहरुले सस्तो, विश्वसनिय सेवा पाउने छन् भने समयको बचत हुने अध्यक्ष श्रेष्ठले स्पष्ट पारे । एपमा उच्च गुणस्तरको प्रविधिको प्रयोगका गरिएको छ । कम्पनि...
निषेधाज्ञापछि कालीमाटीमा तरकारीको आयात बढेकाले मूल्य घटेको

निषेधाज्ञापछि कालीमाटीमा तरकारीको आयात बढेकाले मूल्य घटेको

आर्थिक, समाचार
हरियो तरकारीको मूल्य २ सय ४० प्रतिशत सम्मले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले उपलब्ध गराउने दैनिक मूल्य सूचीअनुसार गएको १ महीनाभित्र तितेकरेला, लौका, फर्सी, काँक्रो, भिन्डीलगायत तरकारीको मूल्य घटेको पाइएको हो । निषेधाज्ञापछि कालीमाटीमा तरकारीको आयात बढेकाले मूल्य घटेको हो । गएको असार ३० गते प्रतिकिलो ८५ रुपैयाँ थोक मूल्य रहेको तितेकरेलाको मूल्य १ महीनाको अवधिमा २ सय ४० प्रतिशतले घटेर प्रतिकिलो २५ रुपैयाँ कायम भएको छ । यसअघि प्रतिकिलो १ सय १५ रुपैयाँ रहेको घिउ सिमीको मूल्य २ सय २८ प्रतिशतले घटेर प्रतिकिलो ३५ रुपैयाँ पुगेको छ । ७५ रुपैयाँ किलोमा विक्री भइरहेको घिरौंलाको मूल्यमा पनि करीब २ सय प्रतिशतले गिरावट आउँदै प्रतिकिलो २५ रुपैयाँमा विक्री भइरहेको छ । यसरी मूल्य घट्ने तरकारीमा तनेबोडी, भिन्डी, लौका, चिचिन्डो, सेतोमुला, स्कुस पनि रहेका छन् । यस अवधिमा तनेबोड...