आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

साउन २७ गतेदेखि सार्वजनिक निष्कासनमा आएको मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आइतवार (आज) अन्तिम दिन रहेको छ ।

मागभन्दा ६५ दशमलव २० गुणा बढी आवेदन परिसकेको यस कम्पनीको आईपीओ छिटो अवधि साउन ३१ गतेसम्म मात्र विक्रीमा रहने भएको हो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार शुक्रवार साँझ ५ः ३० बजेसम्म १८ लाख ५६ हजार ५५० जना आवेदकहरुले २ करोड ४० लाख ३४ हजार १५० कित्ता शेयर खरीदको आवेदन परेको हो । कम्पनीले ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।

सर्वसाधारणमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ विक्री गर्न लागेको कम्पनीले कुल कित्तामध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्ने व्यवस्था छ ।

हाल कम्पनीको चुक्तापूँजी ७ करोड रुपैयाँ रहेको छ । आइपीओ निष्कासन पश्चात यो पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । आईपीओ विक्री प्रबन्धकमा भने नेपाल एसबिई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु बाट आवेदन दिन सकिनेछ ।

साथै मेरो शेयरको सफ्टवेयर र मेरो शेयर एपमार्फत् पनि आवेदन दिन सकिने व्यवस्था छ । आर्थिक वर्ष २०७६÷७७ सम्ममा कम्पनीको वास्तविक नेटवर्थ १३२ दशमलव ३७ रुपैयाँ रहेको छ । यस आधारमा कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता १३२ दशमलव ३७ रुपैयाँ देखि ३९८ दशमलव ०७ रुपैयाँ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *