आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

सौन्दर्य व्यवसायमा चम्केको नाम ‘सुष्मा महरा’

सौन्दर्य व्यवसायमा चम्केको नाम ‘सुष्मा महरा’

अन्र्तवार्ता, आर्थिक, समाचार
नेपालको व्युटी बिजनेशमा बीग व्युटी बिजनेश वुमनको रुपमा सुषमा महरालाई चिनिने गरेको छ । विगत २५ बर्षदेखि सौन्दर्य व्यवसायमा सुषमाको ठूलो योगदान रहेको छ । काठमाडौं मल स्थित चौथो तल्लामा स्थापित फेसियल हाउस लेडिज एण्ड जेन्टस् सैलुन संचालनमा ल्याएकी सुषमाले काठमाडौं मलको अलावा चावहिल, सीटीसी मल, पोखरामा ,सुरखेत र धनगडीमा समेत फेसियल हाउसको विस्तार गरेकी छन् । १ सय जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिदैं आएकी सुषमा आफैपनि अहोरात्र खट्ने मेहनती बरिष्ठ सौन्दर्यविज्ञ हुन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका कोषाध्यक्ष, कर्पोरेट मिडिया ग्रुपका प्रवन्ध निर्देशक तथा व्युटी एशोसियसन अफ नेपाल तथा महिला च्याम्बरको आजीवन सदस्य समेत रहेका सुषमाले कुनैबेला कपडा व्यवसाय तथा बुटिक संचालन गरेकी थिइन् । यद्यपि, सौन्दर्य व्यवसायमा नै सुषमा जमेकी छन् । यसै व्यवसायवाट सुषमाले नाम, दाम, इज्जत र प्रतिष्ठा कमाउ...
धनगढीमा ‘फेसियल हाउस’को छैटौं शाखा

धनगढीमा ‘फेसियल हाउस’को छैटौं शाखा

आर्थिक, समाचार
काठमाडौं । नेपालको प्रख्यात ब्युटि सैलुन फेसियल हाउसले छैटौं नयाँ शाखा धनगढीमा संचालन गरेको छ । धनगढीको चौडामा आज एक कार्यक्रमका विच वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक शुष्मा महरा र कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्प राज कुँवरले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । महराले सुदुरपश्चिममा शाखा विस्तार गरे सँगै पश्चिम हुँदै पुर्वतिर पनि सेवाग्राहीहरूले गुणस्तरीय सेवा खोज्न थालेपछी फेसियल हाउसको अन्य शाखा विस्तार गर्ने लागेको बताएकी छन् । सो कार्यक्रमका प्रमुख अतिथि रहेका कुँवरले आफ्नो मन्तव्य राख्दै भने आर्थिक मन्दीको यस्तो अवस्था रहेको बेलामा र वित्तीय क्षेत्रले समेत लगानी गर्न नसकेको अवस्थामा यस ठाउँमा लगानी गरेर व्यवसाय स्थापना गरेप्रति फेसियल हाउसलाई धन्यबाद दिएका छन् । काठमाडौंको काठमाडौं मल, चावहिल र सिटिसि मलका साथै उपत्यका बाहिर पोखरा, सुर्खेतबा...
व्यवसायी कुवरलाई रिक्रियसन आन्टरपृनियर अवार्ड

व्यवसायी कुवरलाई रिक्रियसन आन्टरपृनियर अवार्ड

आर्थिक, समाचार
काठमाडौँ, दुबईमा सम्पन्न ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२’ अन्तर्गत नेपाली यूवा होटल तथा रेष्टुरेन्ट व्यवसायी श्रवण कुमार कुवरले रिक्रियसन आन्टरपृनियर अवार्ड हात पार्न सफल भएका छन । विगत तीन वर्ष देखि सिजन मिडिया प्रालिले प्रदान गर्दै अवार्डमा नेपालका कसवर सहित विभिन्न एशियन मुलुकका ३४ जनाले यस वर्षको प्रोफेसनल अवार्ड हात पार्न सफल भएका थिए । देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान दिने विशेष व्यक्तिलाई प्रदान गरिने ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’मा रिक्रियसन आन्टरपृनियर अवार्ड विधामा मनोरन्जन तथा रेष्टुरेष्ट व्यापारमा सफल युवा व्यवसायी कुवरले अवार्ड प्राप्त गर्न सफल भएका थिए । सिजन मिडियाको १४ औं स्थापना दिवसको अवसर पारेर प्रदान गरिएको अवार्ड युपिएफ एसिया प्यासिफिकका को चियर डा. रोबेट किट्टेल (अमेरीकी) पूर्व मन्त्री एकनाथ ढकाल साथै यूएइका एनआरएनए अध्यक्ष ठाकुर ढुङ्गानाक...
लोकप्रिय बन्दै ‘एक्स गोर्खा खुकुरी हाउस’

लोकप्रिय बन्दै ‘एक्स गोर्खा खुकुरी हाउस’

आर्थिक, समाचार
तीन दाजुभाईको खुकुरी यति बेला बिश्वभर चर्चामा रहेको छ । एक्स गोर्खा खुकुरी हाउसले बिश्वका धेरै देशमा लामो समय देखि खुकुरी बेच्ने काम गरिरहेको छ । एक्स गोर्खा नाम राखेर तीन दाजुभाइले यति नेपाल नेपालमा बिभिन्न ब्यसाय संचाल गरिहेका छन् । तीन दाजुभाई मध्येका जेठा बिमल गिरी अन्र्तर्राष्ट्रिय खेलाडी पनि हुन । माइला हिमाल र कान्छा इश्वर गिरी हुन । केहि दिन अघि मात्र एक्स गोर्खा नाममा कृषि पनि सुरु भएको छ, बिशेष आर्गनिक लाई प्राथमिकतामा राखेर सुरु भएको कृषि फाममा बिभिन्न प्रजातीका लोककल कुखुरा,कालिज,हाँस लगायत छन भने एक बर्ष अघि बाट लिक्वर सप पनि संचाल गर्दै आएका छन् । केहि दिन अघि मात्र युवा नेता हिमाल शर्माले रिवन काटेर सुन पसलको उद्घाटन गरे । नेपालमा मात्र होइन बिश्वमा नै एक्स गोर्खाका सबै ब्यवासायलाई पुर्याउने बिमल गिरीले बताएका छन् । एक्स गोर्खामा २० जना भन्दा बढी कर्मचारी रहेका छन् ।...
बाकुमा सम्पन्न ‘ग्लोबल टुरिजम कन्फ्रेरन्स’मा नेपालीलाई सम्मान

बाकुमा सम्पन्न ‘ग्लोबल टुरिजम कन्फ्रेरन्स’मा नेपालीलाई सम्मान

आर्थिक, समाचार
अजरबैजानको राजधानी बाकुमा ग्लोबल टुरिजम कन्फ्रेरन्स भव्य रुपमा सम्पन्न भएको छ । कोरोना कहरका कारण विश्वभर पर्यटन व्यबसायमा मन्दि भए संगै परेको असरको बारेमा विभिन्न देशका पर्यटन व्यबसायीहरुको सहभागिता रहेको उक्त सम्मेलनमा पर्यटन व्यबसायी वीच पर्यटन व्यबसायमा परेको असर र त्यसका समाधानका उपाय विषयक अन्तरक्रिया समेत गरिएको थियो ।  उक्त सम्मेलनले मुख्यत अजरबैजान पर्यटनको मुख्य गन्तव्य बन्दै गईरहेको सन्दर्भमा नेपालमा पनि अजरबैजानी पर्यटन भित्र्याउन पहलका विषयमा विशेष छलफल चलेको थियो ।अजरबैजानको लोकप्रिय संस्था टेम्पो ट्रिप्सले आयोजना गरेको उक्त सम्मेलनमा नेपाल, अजरबैजान लगायत विभिन्न देशकका पर्यटन व्यबसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।सम्मेलनमा बोल्दै आयोजक संस्थाकी प्रमुख सदागत तहमाजोभाले यस सम्मेलनले नेपाल अजरबैजानको पर्यटन प्रवद्र्धनमा विकास र टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको ...
कान्तिपुर मलमा सामान खरिद गर्दा छुट पनि,उपहार पनि

कान्तिपुर मलमा सामान खरिद गर्दा छुट पनि,उपहार पनि

आर्थिक, समाचार
काठमाडौं । अघिल्ला वर्षहरुमा झै कान्तिपुर मलले दसैं, तिहार र छ्ठ पर्वलाई लक्षित गरी विशेष प्याकेज ल्याएको छ । मलले पर्वको अवसरमा सामान खरिदमा छुटदेखि उपहार योजना पनि ल्याएको छ। मलमा सामान किनमेल गर्ने हरेक ग्राहकले एक हजार रुपैयाँभन्दा माथिको सामान खरिदमा एक वटा उपहार कुपन प्राप्त गर्नेछन् । उपहार योजनाअन्तर्गत मङ्सिर १ गते ग्राहकको उपस्थितिमा पुरस्कार घोषणा हुने मलका महाप्रबन्धक अमर निरौलाले जानकारी दिनुभयो। उपहार योजनामा प्रथम पुरस्कार १५० सिसिको यमहा बाईक, दोश्रो पुरस्कार १२५ सिसिको यमहा स्कुटर, तेश्रो पुरस्कार ४३ इन्चको एमआई कम्पनीको एलईडि ,चौथो पुरस्कार सान्सुई कम्पनीको २०० लिटरको फ्रीज र अन्य मेमाको घडी,आईरन लगायतका सान्त्वना पुरस्कार पनि राखिएका छ्न् । कान्तिपुर मलमा आउने ग्राहकले सुपथ मूल्यमा गुणस्तरीय सामान प्राप्त गर्ने व्यापारी जित बहादुर कटुवाल बताउनुहुन्छ । मलमा वित्तीय सं...
शाइन रेसुङ्गा र रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल -भुटान बीच सहकार्य गर्ने सम्झौता

शाइन रेसुङ्गा र रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल -भुटान बीच सहकार्य गर्ने सम्झौता

आर्थिक, समाचार
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल —भुटान बीच सहकार्य गर्ने सम्झौता भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडका डेपुटी सिइओ लोकराज पनेरु, रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल—भुटानका डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद ध्वजु र डिस्ट्रिक्ट रोट्रयाक्ट रिप्रिेजन्जेटिभ लक्ष्मण खरेलबीच सहकार्य गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा युवा नेतृत्व, पेशागत विकास र हरित विकास लगायतका विषयमा समेटिएका छन् । रोट्रयाक्ट डिस्ट्रिक्टको को उद्देश्य बमोजिम विभिन्न सामाजिक कल्याणका परियोजनाहरूलाई प्रेरणादायी, सशक्त र रुपान्तरण गर्ने सम्बन्धी कार्यहरूका लागि संयुक्त रुपमा सहकार्य गर्ने सहमति भएको हो । रोट्रयाक्ट डिस्ट्रिक्टले गर्ने वातावरण,हरियाली तथा सरसफाई सम्वन्धि कार्य ,फोहोर व्यवस्थापन र युवाहरुले गर्ने हरेक कार्यक्रममा बैंकले वित्तिय तथा अन्य सहयोग गर्नेछ । य...
बंगलादेशमा पर्यटन प्रर्वद्धन गर्दै नेपालका फोटो पत्रकार

बंगलादेशमा पर्यटन प्रर्वद्धन गर्दै नेपालका फोटो पत्रकार

आर्थिक, समाचार
राष्ट्रिय फोटो पत्रकार समूह नेपालको रजतमहोत्सवका अबसरमा मुलुकको पर्यटन प्रवद्र्धमा गर्ने उद्देश्यले आज बङ्लादेशको ढाकामा फोटो प्रदर्शनी गरिएको छ । उक्त समुहका अध्यक्ष तथा राससका फोटो पत्रकार प्रदीपराज वन्त र कोषाध्यक्ष सागर श्रेष्ठले आज ढाकामा फोटो प्रदर्शनीमार्फत नेपाल घुम्न जाउँ भनी सन्देश प्रवाह गर्नुभएको छ । उहाँहरुले नेपाल आकर्षिक पर्यटकीय क्षेत्र रहेकाले घेमेर मनोरञ्जन लिन आव्हान समेत गर्नुभएको थियो । अमेजिङ नेपाल नाम दिएर आज आयोजना गरिएको फोटो प्रदर्शनीमा नेपालका पर्यटकीय क्षेत्रका दुई दर्जन बढी तस्वीरहरु प्रदर्शन गरिएको थियो । समुहका अध्यक्ष वन्तले राष्ट्रिय फोटो पत्रकार समुह स्थापनाको २५ वर्ष पुगेको अबसरमा वार्षिक रुपमा विविध कार्यक्रम गरी मनाउनेक्रममा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ढाकामा फोटो प्रदर्शनी गरिएको जानकारी दिनुभयो । राष्ट्रिय फोटो पत्रकार समूह नेपालले बंगला...
गोल्डेन गेटमा ब्युटीसियन पढाइ हुने, फेसियल हाउससँग भयो सम्झौता

गोल्डेन गेटमा ब्युटीसियन पढाइ हुने, फेसियल हाउससँग भयो सम्झौता

आर्थिक, समाचार
काठमाडौँ । गोल्डेन गेट कलेज र फेसियल हाउसको संयुक्त आयोजनामा ब्युटी एण्ड हेयर विषयमा अध्यापन हुने सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमबीच फेसियल हाउसको तर्फबाट प्रबन्ध निर्देशक सुस्मा महरा शाह र कलेजको तर्फबाट अध्यक्ष रमेश कुमार सिलवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । गोल्डेन गेटका ११ र १२ कक्षाका विद्यार्थीहरूले मानविकी र व्यवस्थापन अन्तर्गत ऐच्छिक शिक्षाका रुपमा ब्युटिसियन र हेयर ड्रेसिङ फेसियल हाउसमा अध्यापन गर्न पाउने सम्झौता पत्रमा उल्लेख गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले ब्युटी एण्ड हेयरलाई पनि प्लस टु मा ऐच्छिक विषयका रुपमा समावेश गरेसँगै कलेज र फेसियल हाउसले यस विषयमा अध्यापन गराउने भएका हुन् । कलेजका अध्यक्ष सिलवालले सम्झौतापश्चात विद्यार्थीलाई आत्मनिर्भर बनाउने बताएका छन् । उनले भने, ‘यो सम्झौता गर्दा विद्यार्थीले पढदै काम गर्दै आत्मनिर्भर बन्ने प्रोडक्ट हो, य...
वरिष्ठ नायक सरोज खनालले गरे ‘दि साकुरा फुडल्याण्ड’को उद्घाटन

वरिष्ठ नायक सरोज खनालले गरे ‘दि साकुरा फुडल्याण्ड’को उद्घाटन

आर्थिक, समाचार
काठमाडौँको बुढानिलकण्ठ -२ स्थित ` दि साकुरा फूड ल्याण्ड कम्पनी प्रालि´को औपचारिक उद्घाटन भएको छ । दिवस थापा , सुमन अधिकारी र बिजय कुमार उप्रेतीले सन्चालन गरेको उक्त कम्पनीलाई कलाकार तथा व्यवसायी सरोज खनालले रिवन काटेर उद्घाटन गरेका हुन् । जापानीज राष्ट्रिय फूल साकुराको नाम बाट खोलिएको उक्त रेस्टुरेन्टको उद्घाटन समारोहमा संचालक टिमलाई बधाई तथा शुभकामना दिदै अभिनेता सरोज खनालले युवाहरुले चाहेका बखत जे पनि गर्न सकिने बताए । नेपालमा केही पनि गर्न सकिँदैन भन्नेहरुका लागि संचालक टिमको उदाहरण दिदै अभिनेता खनालले आँट गरे असम्भव केही नभएको बताए । साथै उक्त रेस्टुरेन्टले छुट्टै पहिचान बनाउने आसा व्यक्त गर्दै ग्राहकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरि सेवा दिन पनि आग्रह गरे । यस्तै, कार्यक्रममा बोल्दै वरिष्ठ गायक यम बरालले रेस्टुरेन्टले छुट्टै पहिचान बनाउने आसा व्यक्त गरे । उनले काठमाडौँमा थ...