नेपालको व्युटी बिजनेशमा बीग व्युटी बिजनेश वुमनको रुपमा सुषमा महरालाई चिनिने गरेको छ । विगत २५ बर्षदेखि सौन्दर्य व्यवसायमा सुषमाको ठूलो योगदान रहेको छ । काठमाडौं मल स्थित चौथो तल्लामा स्थापित फेसियल हाउस लेडिज एण्ड जेन्टस् सैलुन संचालनमा ल्याएकी सुषमाले काठमाडौं मलको अलावा चावहिल, सीटीसी मल, पोखरामा ,सुरखेत र धनगडीमा समेत फेसियल हाउसको विस्तार गरेकी छन् ।

१ सय जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिदैं आएकी सुषमा आफैपनि अहोरात्र खट्ने मेहनती बरिष्ठ सौन्दर्यविज्ञ हुन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका कोषाध्यक्ष, कर्पोरेट मिडिया ग्रुपका प्रवन्ध निर्देशक तथा व्युटी एशोसियसन अफ नेपाल तथा महिला च्याम्बरको आजीवन सदस्य समेत रहेका सुषमाले कुनैबेला कपडा व्यवसाय तथा बुटिक संचालन गरेकी थिइन् । यद्यपि, सौन्दर्य व्यवसायमा नै सुषमा जमेकी छन् । यसै व्यवसायवाट सुषमाले नाम, दाम, इज्जत र प्रतिष्ठा कमाउन सफल भएकी छन् । सौन्दर्य व्यवसाय मार्फत हजारौ युवा–युवतीहरुलाई रोजगारी युक्त प्राविधिक शिक्षा समेत दिने कार्य सुषमावाट भएको छ । यस वाहेक समाज सेवामा पनि सुषमाको सक्रियता रहेको छ ।

असहाय बालबालिका तथा बृद्धबृद्धाहरुलाई सक्दो सहयोग गर्ने कार्य पनि सुषमावाट हुंदैआएको छ। विसं.२०७२ साल बैशाख १२ गते आएको महाभूकम्पवाट पीडितहरुको सहयोगमा अत्यन्त दत्तचित्त भएर सुषमाले सक्दो सहयोग गरेर पूण्य कमाएकी थिइन् । त्यसैगरेर, क्यान्सर पिडितहरुका लागि कपाल दान गर्नेदेखि कोरोनाको कहरको बेला समेत विभिन्न राहत सामाग्री वितरण गरेर आयामिक कार्य गर्दैआएको कसैवाट छिपेको छैन्।

निडर तथा स्वाभिमानी स्वभाव अनि स्पष्टवक्ता सुषमा आफै साहसी नारी पनि हुन् । अन्याय र अत्याचारको सदा विरोधी रहंदैआएकी बरिष्ठ सौन्दर्यविज्ञ सुषमा महराका हरेक कार्यमा श्रीमान उज्वलजंग पराक्रम शाहको साथ र सहयोग रहेको छ । श्रीमान र परिवारको साथ र सहयोगका कारण बीग व्युटी बिजनेशमा आफूले सफलता प्राप्त गरेको दिल खोलेर सुषमाले बताएकी छन् । आँट, धैर्य र साहसको प्रतिक सुषमा महराको भनाईमा स्वाभिमानमा बाँच्नुको मज्जा नै बेग्लै हुने गर्दछ । हातमा सीप भएको मान्छे कहिले पनि भोको हुंदैन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here