आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई यो वर्षको ‘सर्वोत्कृष्ट मेकअप आर्टिष्ट’को अवार्ड

मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई यो वर्षको ‘सर्वोत्कृष्ट मेकअप आर्टिष्ट’को अवार्ड

आर्थिक, समाचार
ललितपुर । राज मेकअप स्टुडियोका प्रमुख तथा मेकअप आर्टिष्ट टेकराज पाण्डेले यो वर्षको सर्वोत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड हात पार्न सफल भएका छन ।ललितपुरको बालकुमारीमा सम्पन्न तेश्रो संस्करणको नेपाल म्युजिक एण्ड फेशन अवार्डमा पाण्डेले उक्त अवार्ड जित्न सफल भएका हुन । गीत संगीत तर्फ ४१ विधामा र फेशन तर्फ ८ विधामा प्रदान गरिएको अवार्ड समारोहमा कार्यक्रमका प्रमुख अतिथी पूर्व उपराष्ट्रपति परमानन्द झा तथा वरिष्ठ अभिनेता मोहन निरौला र वरिष्ठ अभिनेता धिरेन शाक्यले संयुक्त रुपमा उक्त अवार्ड प्रदान गरेका थिए । लामो समयदेखि राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा सफल सौन्दर्य व्यबसायीको रुपमा ख्याती कमाएका पाण्डेले देशभित्रका मात्र नभएर अन्तराष्ट्रिय अवार्ड समेत जित्न सफल भएका छन । विभिन्न संघ संस्थाबाट सम्मानित हुदै आफ्नो पेशा प्रतिको लगन र ईमान्दारिताका कारण वेग्लै छवी बनाएका पाण्डेल हालसम्म हजार...
स्वस्तिश्री गुरुकुलमा शुरु भयो १० दिने खेलकुद कार्यक्रम

स्वस्तिश्री गुरुकुलमा शुरु भयो १० दिने खेलकुद कार्यक्रम

आर्थिक, समाचार
काठमाडौँ,३० जेठ । काठमाडौँको सानो भर्याङस्थित स्वस्तिश्री गुरुकुल आइ.वि.वल्र्ड स्कुलले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अबसरमा १० दिने विविध खेलकुद कार्यक्रम शुरु गरेको छ । उक्त कार्यक्रमको आज एक समारोहका बीच नेपाल ओलम्पिक कमिटीअन्तरगत (स्पोट्र्स फर अल कमिसन) का संयोजक विष्णुगोपाल श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । उक्त समारोहमा उहाँले ओलम्पिकको स्थापना र यसको महत्वका बारेज प्रकाश पार्दै नेपालको खेलकुद क्षेत्र र खेलाडीको समेत भविश्य राम्रो रहेको बताउनुभयो । संयोजक श्रेष्ठले विद्यालयका बालकालिकालाई खेलकुदमा भाग लिएर फाइदा उठाउन सुझाव पनि दिनुभयो । ओलम्पिक दिवसको बारेमा जानकारी गराउँदै श्रेष्ठले स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेलाडीको आवश्यकता पर्नेमा जोड दिनुभयो । सो क्रममा उहाँले खेलका लागि फुटबल समेत हस्तान्तरण गर्नुभएको थियो । उक्त समारोहमा विद्यालयका अध्यक्ष रामकृष्ण चित्रकारले...
बेरोजगारी समस्याले नै बिद्रोह जन्मिन सक्छ

बेरोजगारी समस्याले नै बिद्रोह जन्मिन सक्छ

आर्थिक, समाचार
-डा.डिआर उपाध्याय, काठमाडौं । बिकास, समृद्धि र सुशासनका कुरा मात्र बढि भए । ब्यवहारमा लागु हुन सकेन । यो नै अहिलेको चिन्ता हो । देश बनाउने कुरामा सबै दलहरुको ध्यान जानु पर्छ । देश सधै भरी यस्तै अबस्थामा रहन सक्दैन । अब सबै राजनीतिक दलहरु गम्भिर बन्नु पर्ने आबश्यकता देखिएको छ । नेताका कुरा र भाषणले मात्र देश बन्न सक्दैन । देश बनाउन स्पस्ट दृष्टिकोण, योजना र नेतृत्वमा इच्छाशक्ति हुनु पर्छ । आज देशमा बेरोजगारी समस्या दिन प्रति दिन बढदै गएको छ । बेरोजगारी समस्या समाधान गर्ने कुरामा राजनीति दल र तिनका नेताहरु अलि चिन्तित बन्नु पर्ने देखिएको छ । देशमा बेरोजगारी समस्या बढदै गयो भने दलहरुका लागी भोली यो नै ठूलो चुनौति हुने छ । बेरोजगारी समस्याले नै बिद्रोह जन्मिन सक्छ । आज युवाहरु कामको खोजीमा सडक सडक भौतारीदै हिडिरहेका छन । ति बेरोजगार युवाहरुको बारेमा सरकार पनि त्यति गम्भिर हुन सकेको छैन ...
जनताको आयस्रोत भन्दा खर्च बढि

जनताको आयस्रोत भन्दा खर्च बढि

आर्थिक, समाचार
-डा.डिआर उपाध्याय,  काठमाडौं। पटक–पटकको मूल्यवृद्धिले जनजीवन अस्तव्यस्त बन्दै गएको छ । बजार भाउ छोइ नसक्नु छ । ग्यास, पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्दा त्यसको चौतर्फी असर सबै तिर देखिएको छ। सर्बसाधरण जनतालाई महँगीको भार थेक्न हम्मेहम्मे परेको छ। दैनिक उपभोग्य वस्तुमा पर्ने तेल, घिउ, जिरा, धनियाँ, गेडागुडी, दाल, चामल, गहुँ, मकैलगायतका अधिकांश खाद्यवस्तुको मूल्य बढेर दोब्बर भएको छ। यस्तो भए पछि जनता के खाएर बाँच्ने ? जनताको आयस्रोत भन्दा खर्च बढि हुदै गएको छ । देशमा बेरोजगारी समस्या त्यस्तै छ । रोजगार नपाएर युवाहरु सडकमा भौतारिरहेका छन । देशको अबस्था दिन प्रति दिन नाजुक बन्दै गएको छ । जनताको जनजीविकाको सवालमा सरकार गम्भिर बन्नु पर्ने आबश्यकता देखिएको छ । गरिव जनता महंगीका कारण बिहान बेलुकाको हात मुख जोर्न नसक्ने अबस्थामा पुगेका छन । देशमा काम गरेर खाने उचित बातावरण अझ...
नेपाल एयर होस्टेस एकेडेमीका ५५ जना एयर होस्टेस दीक्षित

नेपाल एयर होस्टेस एकेडेमीका ५५ जना एयर होस्टेस दीक्षित

आर्थिक, समाचार
काठमाडौं । सात महिना पहिला एयर होस्टेस बन्ने सपना बुनेर नेपाल एयर होस्टेस एकेडेमीमा भर्ना भएका ५५ जना एयर होस्टेस आज दीक्षित भएका छन् । सो एकेडेमीमा अध्ययनरत १६, १७ र १८औँ ब्याचका युवतीलाई दीक्षित भएर प्रमाणपत्र पाएसँगै उनीहरुलाई विमान परिचारिका बन्ने अवसर खुलेको छ । सात महिनाको अथक प्रयासपछि उनीहरु विमान परिचारिकाको रोजगारीका लागि सक्षम बनेको सो एकेडेमीका निर्देशक रेजिना तुलाधरले जानकारी दिए । विमान परिचारिकालाई ग्ल्यामर तथा आर्कषक पेशा मानिन्छ । आकाशमा उड्ने यो पेशा जति रोमाञ्चक छ, उत्तिकै जिम्मेवारी पनि बहन गर्नुपर्ने खालको हुन्छ । त्यसैले यसको आकर्षण पनि बढ्दो छ । दीक्षान्त समारोहमा एकेडेमीका मुख्य प्रशिक्षक एवं नेपाल वायुसेवा निगमका सेवानिवृत्त वरिष्ठ एयर होस्टेस गौरी कला थापा, भारतीय मूलकी अन्तर्राष्ट्रिय विमान परिचारिका सञ्चिता नेपाली, व्यक्तित्व प्रशिक्षक रोजिन शाक्य तथा संस...
बरिष्ठ सौन्दर्यविद महरालाई ‘उत्कृष्ट व्यवसायी सम्मान’

बरिष्ठ सौन्दर्यविद महरालाई ‘उत्कृष्ट व्यवसायी सम्मान’

आर्थिक, समाचार
काठमाडौं । चन्द्रलोक प्रतिष्ठानले काठमाडौंको सुन्धारास्थित काठमाण्डू मलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् सौन्दर्यविद सुष्मा महरालाई ‘उत्कृष्ट व्यवसायी सम्मान’ सम्मान प्रदान गरेको छ । नयाँ वर्ष २०७९ साल प्रवेशको पावन अवसरमा संस्थाले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा समसामयिक विषयमा भएको अन्तरक्रिया कार्यक्रममा महरालाई उक्त सम्मान प्रदान गरिएको हो । सेवामुलक व्यावसायिक क्षेत्रबाट महरालाई सम्मान गरिएको चन्द्रलोक प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले जानकारी दिए । फेसियल हाउस नेपालको नम्बर एक ब्युटी शैलुन भएको दाबी गरिएको छ । सामाजिक सेवामा क्रियाशील रहेर लगनशील, कर्तव्यनिष्ठ, विभिन्न क्षेत्र, वर्ग र समुदायका व्यक्तिहरूको सहभागितामा स्थापना भएको मुनाफारहित सामाजिक संस्था चन्द्रलोक प्रतिष्ठानले आयोजना गरेको उक्त राष्ट्रियस्तरको कार्यक्रममा उच्च सरकारी अधिकारीह...
साहारा एपका ग्राहक तथा राइडरलाई स्वास्थ्य उपचारमा विशेष छुट

साहारा एपका ग्राहक तथा राइडरलाई स्वास्थ्य उपचारमा विशेष छुट

आर्थिक, समाचार
अब ग्रीनसिटी अस्पतालमा साहाराका ग्राहक तथा राइडरलाई छुट काठमाडौं । अब साहारा एपका ग्राहक तथा राइडरले स्वास्थ्य उपचारमा विशेष छुट पाउने भएका छन् । विजनेश ग्रोथ कम्पनि प्रालिद्धारा सञ्चालित साहारा एपका राइडर तथा ग्राहकले बसुन्धराको ग्रिनसिटी अस्पतालमा १५ प्रतिशतसम्म उपचारमा छुट पाउने छन् । अस्पतालले प्रदान गर्ने सेवाको प्रकार अनुसार छुट पाउनेछन् । मंगलबार साहारा एपका अध्यक्ष शेखर श्रेष्ठ र ग्रिनसिटी अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले छुट सम्झौतामा हस्ताक्षर गरेका छन् । पछिल्लो समय लोकप्रिय रहेको साहारा एपले आफ्ना ग्राहक तथा राइडरलाई ध्यानमा राखेर स्वास्थ्य सेवामा पनि छुट व्यवस्था गरेको अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । यो सम्झौताले स्वास्थ्य उपचारमा ग्राहक तथा राइडरलाई धेरै लाभ पुग्ने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे । अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले साहारा एपसं...
ॐ चाबहिल डेन्टलको कोटेश्वरमा शाखा ,१ महिनासम्म निशुल्क परिक्षण

ॐ चाबहिल डेन्टलको कोटेश्वरमा शाखा ,१ महिनासम्म निशुल्क परिक्षण

आर्थिक, समाचार, स्वास्थ्य
ॐ चाबहिल डेन्टलले कोटेश्वरमा आफ्नो शाखा विस्तार गरेको छ । काठमाडौंको चाबहिलमा मुख्य कार्यालयबाट दाँत सम्बन्धि सेवा दिँदै आएको डेन्टलले शनिवार कोटेश्वर चोकमा शाखा विस्तार गरेर सेवा प्रारम्भ गरेको हो । डेन्टल शाखाको उद्घाटन गर्दै आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्य शाखा प्रमुख डा. प्रकाश बुढाथोकीले अन्य रोगहरूको तुलनामा दाँत एवम् मुखको रोगलाई गम्भीर रूपमा नलिने हाम्रो प्रवृत्ति, सरकारी तथा निजी क्षेत्रहरूले दन्त चिकित्सालाई आधारभूत स्वास्थ्यको रूपमा नलिई विलासिता उपचारको रूपमा लिने, सरकारी क्षेत्रबाट दन्त उपचारमा सीमित उपचार मात्र प्रदान गरिने तथा दाँत र मुखका रोगहरूबाट मानिसको तत्कालै ज्यान नजाने भन्ने विश्वासले थाहै नपाइ रोगले जटिलता लिइसक्ने भएकाले बेला बेलामा दाँतको परीक्षण गराइरहनुपर्ने बताए । सेवाग्राहीकै अनुरोधमा कोटेश्वरमा शाखा खोलिएको सञ्चालक तथा अस्पतालक...
युवाहरूलाई विदेश मात्र पठाउने की देशको बिकास पनि गर्ने ?

युवाहरूलाई विदेश मात्र पठाउने की देशको बिकास पनि गर्ने ?

आर्थिक, समाचार
-डा.डिआर उपाध्याय, नेपाल प्राकृतिक साधनस्रोतले निकै धनी छ। प्रकृतिले यति सुन्दर देश नेपाल हिमाल–पहाड–तराई मिलेर बनेको छ। बहुुजाति, बहुभाषी, बहुसंस्कृति तथा जैविक विविधताको यो देशमा अनेकौं धर्म, भाषा र संस्कृतिहरू अपनाउने यावत् जातजाति सदियौंदेखि मिलेर बसेका छन्। त्यसैले नेपाल संसारकै सुन्दर, शान्त र समृद्धशाली राष्ट्र बन्न सक्ने प्रचुर सम्भावना छ। नेपालको विकास र समृद्धि सम्भव छ। तर, यसका लागि नेपाल चिन्न सक्ने एक दुरदर्शी नेतृत्व आवश्यक छ। अब नेपालका लागि दूरदर्शी नेतृत्व नै अपरिहार्य बनेको छ। कुनै पनि देश ऋण र अनुदानले समृद्ध हुन सक्दैन। देशलाई समृद्धशाली बनाउन देशमा विद्यमान साधनस्रोतहरूको अधिकतम सदुपयोग गर्न आवश्यक छ। त्यसैले नेपाललाई समृद्धशाली बनाउनका लागि नेपालमा विद्यमान प्राकृतिक साधनस्रोतहरू जस्तै जल, जंगल, जमिन, जडीबुटी, डाँडाकाँडा, हिमाल र प्राकृतिक सुन्दरतालाई ठीक ढंगबा...
साल्ट ट्रेडिङका अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन

साल्ट ट्रेडिङका अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन

आर्थिक, समाचार
साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्ष एवम् उद्योगी लक्ष्मीदास मानन्धरको ९३ बर्षको उमेरमा निधन भएको छ।  भाषासेवी, समाजसेवी तथा पूर्व सांसद समेत रहेका उद्योगी मानन्धरलाइ केहि दिन यता ज्वरो र खोकीको समस्या आएसंगै पीसीआर परीक्षण गरिएको र त्यसक्रममा उहाँलाइ कोभिड देखिएको थियो । उद्योगी मानन्धरलाई हाम्स अस्पतालमा उपचारका लागि लगिएको र विहिवार साँझ ७ बजे उहाँको निधन भएको  पारिवारिक श्रोतले जानकारी दिएको छ । स्वर्गिय मानन्धरका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् । ...