आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

शरणार्थी शिविरमा भीषण आगलागी, एक हजार घर जलेर नष्ट

शरणार्थी शिविरमा भीषण आगलागी, एक हजार घर जलेर नष्ट

अन्तराष्ट्रिय
एजेन्सी । बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा आगलागी हुँदा एक हजार घर जलेर नष्ट भएका छन् ।आगलागीबाट केहीको मृत्यु भएका आशंका गरिएपनि आधिकारिक रुपमा पुष्टि भने भएको छैन । बंगलादेशको काक्स बजारमा रहेको शिविरमा बनेका अधिकांश घरहरु बाँसका र काठको रहेका कारण आगलागी नियन्त्रणमा लिन निकै समय लागेको थियो । ११ लाख रोहिग्यां रहेको यो शिविरमा आगलागी भएपछि भागदौड मच्चिएको थियो । म्यानमारमा भड्केको हिंसासँगै लाखौंको संख्यामा रोहिग्यांहरु बंगलादेशमा शरण लिन पुगेका थिए ।यसैबीच बंगलादेश सरकारले आगलागी पीडितहरुलाई हाल अस्थायी क्याम्पमको व्यवस्था गरिदिएको छ । ...
राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको शिष्टाचार भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको शिष्टाचार भेटवार्ता

अन्तराष्ट्रिय, समाचार
बंगलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज (सोमवार) राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेकी छिन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बंगलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बंगलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ । आजै त्यहाँका विदेशमन्त्री डा.मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गरेका थिए । बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आज त्यहाँ पुगेकी हुन् । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निग...
स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल मड्रिडले सेल्टा डी भिगोलाई ३–१ ले पराजित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल मड्रिडले सेल्टा डी भिगोलाई ३–१ ले पराजित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा सेल्टा डी भिगोलाई ३–१ ले पराजित गरेको हो । उपाधी होडमा एथ्लेटिको मड्रिडलाई दबाब दिँदै आएको रियल मड्रिडका लागि केरिम बेन्जिमाले दुई तथा मार्को एसेन्सिओले एक गोल गरे । जितपछि दोस्रो स्थानको रियल मड्रिडको २८ खेलबाट ६० अंक भएको छ । ...
विश्व बैंकले  कोरोना भाइरस खोप अभियानमा नेपाललाई ८ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने

विश्व बैंकले कोरोना भाइरस खोप अभियानमा नेपाललाई ८ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने

अन्तराष्ट्रिय, समाचार
विश्व बैंकले नेपाललाई ८ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । कोरोना भाइरस नियन्त्रणका सन्दर्भमा खोपसहित सम्पूणर् व्यवस्थापनका लागि विश्व बैंकले ८ अर्ब रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउन लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा समीर अधिकारीले कोरोना भाइरस (को भिड-१९) खोप अभियानसहित समग्र व्यवस्थापनका लागि विश्व बैंकले ८ अर्ब अनुदान सहयोग उपलब्ध गराउन लागिएको बताए । यो अनुदान को भिड खो पसम्बन्धी समग्र क्रियाकलापका लागि खर्च गर्नुपर्ने गर ी दिन लागिएको मन्त्रालयका सह-प्रवक्ता डा. अधिकारीले जानकारी दिए ।यो सर्त रहित भन्दापनि सर्तसहितको अनुदान सहयोग भएको स्वास्थ्य मन्त्रालयको खोप महाशाखाका प्रमुख डा. झलक गौतमले बताए । कोरोनासम्बन्धी काममा मात्र लगाउने गरी विश्व बैंकको सहयोग भएको डा गौतमले जानकारी दिए । यस्तै, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को कोभ्याक्सअन...
आइसल्याण्डमा ज्वालामुखी बिस्फोट

आइसल्याण्डमा ज्वालामुखी बिस्फोट

अन्तराष्ट्रिय, समाचार
आइसल्याण्डको राजधानी रिकिविकको दक्षिण–पश्चिमी क्षेत्रको ज्वालामुखी बिस्फोट भएको छ । आइसल्याण्डको मौसम विभागका अनुसार रिकिन्स प्रायद्विपको फाग्राडाल्स्फलमा ज्वालामुखी बिस्फोट भएको हो । ठूला पत्थर तथा ढुंगाहरु आउन सक्ने तथा पहिरो समेत जान सक्ने भन्दै स्थानीय बासिन्दालाई सचेत पारिएको छ । पछिल्लो तीन हप्तामा सो क्षेत्रमा ५० हजार भन्दा धेरै भूकम्प गएको थियो । अहिले सो क्षेत्रमा ज्वालामुखी बिस्फोट भएको हो । सन् २०१० मा आइसल्याण्डमै भएको ज्वालामुखी बिस्फोटका कारण युरोपको हवाई ट्राफिक प्रभावित भएको थियो । तर यसपटकको फाग्राडाल्स्फल ज्वालामुखीबाट ठूलो मात्रामा खरानी तथा धुवाँ ननिस्कने अनुमान छ । वेम्याम्स तथा स्याटेलाइट तस्बिरहरु मार्फत शुक्रबार बेलुकादेखि ज्वालामुखी बिस्फोट भएको पुष्टि भएको आइसल्याण्डको मौसम विभागले बताएको छ । ज्वालामुखी बिस्फोट भएको क्षेत्र राजधानीबाट ३० किलोमिट...
कोभिडका महामारीले स्वास्थ्य सेवामा परेको प्रभावका कारण दक्षिण एशियामा मात्रै २३९,००० आमा र शिशुको मृत्यु :संयुक्त राष्ट्रसङ्घ

कोभिडका महामारीले स्वास्थ्य सेवामा परेको प्रभावका कारण दक्षिण एशियामा मात्रै २३९,००० आमा र शिशुको मृत्यु :संयुक्त राष्ट्रसङ्घ

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
बीबीसी । कोभिडका महामारीले स्वास्थ्य सेवामा परेको प्रभावका कारण दक्षिण एशियामा मात्रै २३९,००० आमा र शिशुको मृत्यु भएको अनुमान संयुक्त राष्ट्रसङ्घले गरेको छ। सो प्रतिवेदन अफगानिस्तान, नेपाल, बाङ्ग्लादेश, भारत, पाकिस्तान र श्रीलङ्कामा केन्द्रित छ। प्रतिवेदनले यी छ देशमा थप २२८,००० पाँच वर्षमुनिका बालबालिकाको मृत्यु पोषणदेखि खोपसम्मका अत्यावश्यक सेवा रोकिएका कारणले भएको अनुमान गरेको छ। प्रतिवेदनले कोभिडका कारण स्वास्थ्य सेवामा परेको प्रभावले सबैभन्दा ठूलो असर महिला, बालबालिका र किशोरकिशोरीलाई परेको बताएको छ। दक्षिण एशियामा अहिलेसम्म एक करोड ३० लाख मानिसमा कोभिड देखिएको र १८६,००० को मृत्यु भएको छ। डाइरेक्ट एन्ड एनडाइरेक्ट एफेक्ट्स अफ कोभिड(१९ प्यानडेमिक एन्ड रेस्पोन्स इन साउथ एशिया नामक प्रतिवेदनका महामारीमा चालिएको सरकारी रणनीतिले स्वास्थ्य सेवा, शिक्षालगायतका सामाजिक सेवा र अर्थतन्...
जापानमा  ५.३ म्याग्नीच्यूडको भूकम्प

जापानमा ५.३ म्याग्नीच्यूडको भूकम्प

अन्तराष्ट्रिय, समाचार
टोकियो । जापानको फुकुशिमा प्रिफेक्चर नजिक बुधबार ५.३ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार उक्त भूकम्प स्थानीय समय अनुसार साँझ ५.२९ बजे गएको थियो। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराईमा रहेको थियो। भूकम्पका कारण जापानको सामुद्रिक इलाकामा कुनै सुनामी आइहाल्ने अवस्था नदेखिएको पनि विभागले जनाएको छ। ...
अब पाकिस्तानले पनि  टिकटकलाई  प्रतिबन्ध लगाउने

अब पाकिस्तानले पनि टिकटकलाई प्रतिबन्ध लगाउने

अन्तराष्ट्रिय, समाचार
भारतपछि अब पाकिस्तानले पनि लोकप्रिय सामाजिक सञ्जाल टिकटकलाई पाकिस्तानमा प्रतिबन्ध लगाउने भएको छ। पाकिस्तानी अदालतले त्यहाँको दुरसञ्चार नियमन निकाय पाकिस्तान टेलिकम अथोरिटी (पीटीए) लाई बिहीबार टिकटक माथि प्रतिबन्ध लगाउन आदेश दिएको अन्तराष्ट्रि समाचार एजेन्सी रोयटर्सले जनाएको छ। पाकिस्तानको उत्तरपश्‍चिम सहर पेशावरको अदालतलमा टिकटकले सामाजमा पाच्य नहुने किसिमको ‘कन्टेन्ट’ हुने भएकाले चिनियाँ सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउन माग राख्दै मुद्दा दायर गरिएको थियो। पाकिस्तानमा गत अक्टोबरमा पनि टिकटक बन्द गरिएको थियो। तर चिनियाँ कम्पनी बाइट डान्सले सञ्चालन गर्ने सामाजिक सञ्जालले स्थानिय कानुन अनुसार चल्ने प्रतिबद्वता जाहेर गरेपछि १० दिनमै प्रतिबन्ध हटाइएको थियो। विश्वभर लोकप्रिय रहेको टिकटक पाकिस्तानमा ह्वाट्सएप र फेसबुक पछि सबैभन्दा धेरै डाउनलोड गरिने एप्लिकेशन रहेको रोयटर्सको रिपोर्टमा ...
मोदीलाई मार्ने धम्की आएपछि क्यानडामा भारतीय कूटनीतिज्ञलाई उच्च सुरक्षा

मोदीलाई मार्ने धम्की आएपछि क्यानडामा भारतीय कूटनीतिज्ञलाई उच्च सुरक्षा

अन्तराष्ट्रिय
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मार्ने धम्की आएको उल्लेख गर्दै क्यानडास्थिति भारतीय कूटनीतिज्ञहरुलाई उच्च सुरक्षा प्रदान गरिएको बताएका छन् । प्रो-खालिस्तानी अतिवादी समूहले मार्ने धम्की दिएको भन्‍ने सूचनापछि क्यानडामा रहेका भारतीय कूटनीतिज्ञहरुलाई सैन्य सुरक्षा प्रदान गरिएको छ । ट्रुडो सरकारले गत शुक्रबार ओटावास्थित भारतीय दूतावाको सुरक्षाका लागि रोयल क्यानेडियन प्रहरीको संख्या बढाइएको बताएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले क्यानेडियन समकक्षीसँगको संवादमा क्रममा क्यान्डका विदेश मन्त्री म्याक गार्नेउले यस्तो बताएका हुन् । डिसेम्बरमा भ्याकुभर र ओटावास्थित भारतीय कूटनीतिज्ञहरुलाई मार्ने धम्की आएको क्यानेडियन अधिकारीहरुले बताएका छन् । यसविरुद्ध भ्यानकुभरमा दुईवटा उजुरीसमेत दर्ता भएका छन् । क्यानेडियन विदेश मन्त्रालयले फेब्रअरीमा जारी ग...
मलेसियामा समस्यामा परेका नेपाली कामदारहरुले अब अनलाइनबाटै दूतावासमा आफ्नो समस्या र गुनासो टिपाउन सक्ने

मलेसियामा समस्यामा परेका नेपाली कामदारहरुले अब अनलाइनबाटै दूतावासमा आफ्नो समस्या र गुनासो टिपाउन सक्ने

अन्तराष्ट्रिय, समाचार
 मलेसियामा समस्यामा परेका नेपाली कामदारहरुले अब अनलाइनबाटै दूतावासमा आफ्नो समस्या र गुनासो टिपाउन सक्ने भएका छन् । विभिन्न कारणले मलेसियामा समस्यामा परेका नेपालीलाई मध्यनजर गर्दै त्यहाँस्थित नेपाली दूतावासले अनलाइनबाट गुनासो टिपाउन सकिने व्यवस्था गरेको हो । दूतावासको वेबसाइटमा गएर श्रमिक गुनासो भन्ने फाइलमा गइ गुनासो राख्न सकिने दूतावासले जनाएको छ । दूतावासको इमेल labor.eonkl@mofa.gov.np वा eonkualalumpur@mofa.gov.np मार्फत् पनि गुनासो टिपाउन सकिनेछ । गुनासो राखेपछि गुनासो राख्ने व्यक्तिलाई दूतावासले नै सम्पर्क गरी समस्याको समाधान गर्नेछ । ...