बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

अन्तराष्ट्रिय

चीनमा यात्रुबाहक बस र  ट्रकको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु

चीनमा यात्रुबाहक बस र ट्रकको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु

अन्तराष्ट्रिय, समाचार
चीनको पूर्वी क्षेत्रमा यात्रुबाहक बस र ट्रक ठक्कर एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ । आइतबार बिहान चीको जियाङ्सु प्रान्तमा भएको उक्त दुर्घटनामा अरु १९ जना घाइते भएका छन् । उक्त दुर्घटना शेनयाङ–हाइकाओ राजमार्गमा भएको प्रहरीले जनाएको छ । तिब्र गतिमा रहेको ट्रक अनियन्त्रित भई सडकको बीचको बार भत्काएर अर्कोतर्फबाट आइरहेको बसमा ठोक्किएको थियो । घाइतेहरुलाई नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ । प्रारम्भिक अनुसन्धानमा यात्रुवाहक बस शाङ्घाईबाट गुयानयुन काउन्टीतर्फ गइरहेको थियो । चीनमा यतिखेर मानिसहरु छुट्टी मनाउन घरगाउँतर्फ जाने गरेका छन् । ...
कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्लादेशमा एक हप्ते लकडाउन घोषणा

कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्लादेशमा एक हप्ते लकडाउन घोषणा

अन्तराष्ट्रिय, समाचार
कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्लादेशमा एक हप्ते लकडाउन घोषणा गरिएको छ । स्थानीय समयअनुसार यही अप्रिल ५ देखि लागू हुनेगरी सरकारले लकडाउनको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । बङ्लादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले शनिबार अनलाइन पत्रकार सम्मेलन मार्फत लकडाउन घोषणा गरिएको जानकारी दिएका हुन । लकडाउनका लागि नयाँ निर्देशिका सरकारले चाडै नै घोषणा गर्ने सार्वजनिक प्रशासन मन्त्री फहाद हुसेनले बताए ।  अत्यावश्यकलगायतका कतिपय सेवा भने लकडाउनका बेलामा पनि सुचारु हुन सक्ने अधिकारीहरुले बताएका छन् ।  बङ्लादेशमा अहिलेसम्म छ लाख ३० हजार २७७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये पाँच हजार ६८३ जना पछिल्लो एकैदिनमा सङ्क्रमित भएका हुन् । पछिल्लो २४ घण्टामा बङ्लादेशमा कोरोनाकै कारण मात्रै ५८ जनाको मृत्यु भएको छ ।  योसँगै बङ्लादेशमा कोरोनाकै कारण मृत्यु ...
अमेरिकी राष्ट्रपति जो बाइडनले अप्रिल २२ र २३ मा हुने जलवायु परिवर्तनसम्बन्धी विश्वका नेताहरुको शिखर सम्मेलन आयोजना गर्दै

अमेरिकी राष्ट्रपति जो बाइडनले अप्रिल २२ र २३ मा हुने जलवायु परिवर्तनसम्बन्धी विश्वका नेताहरुको शिखर सम्मेलन आयोजना गर्दै

अन्तराष्ट्रिय, समाचार
अमेरिकी राष्ट्रपति जो बाइडनले अप्रिल २२ र २३ मा हुने जलवायु परिवर्तनसम्बन्धी विश्वका नेताहरुको शिखर सम्मेलन आयोजना गर्दैछन् । बाइडनले ४० देशका सरकार र राष्ट्र प्रमुखहरुलाई सो कार्यक्रमको लागि निम्तो पठाएका छन् । दक्षिण एसियाबाट भारत, भुटान र बंगलादेशलाई आमन्त्रण गरिएको छ । ह्वाइट हाउसले प्रकाशित गरेको विज्ञप्ति अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र भुटानका प्रधानमन्त्री लोत्ते छिरिङ सो सम्मेलनमा सहभागी हुनेछन् । त्यसैगरी, चीनका राष्ट्रपति सी चिनफिङ पनि सो कार्यक्रममा सहभागी हुने छन् । तर, नेपाललाई भने सो शिखर सम्मेलनको निम्तो दिइएको छैन । भारत, भुटान र बंगलादेशबाहेक अन्य मुलुकले पनि निम्तो पाएका छैनन् । जलवायु परिवर्तन सम्बन्धी हरेक मुद्दामा नेपाल जोडिएको छ भने पछिल्लो समय जलवायु परिवर्तन सम्बन्धी कतिपय मुद्दामा नेतृत्व समेत लिएको छ । ...
(बिमस्टेक) को १७ औं मन्त्रीस्तरीय बैठक आज बस्ने

(बिमस्टेक) को १७ औं मन्त्रीस्तरीय बैठक आज बस्ने

अन्तराष्ट्रिय, समाचार
 बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी प्रयास (बिमस्टेक) को १७ औं मन्त्रीस्तरीय बैठक आज बस्ने भएको छ । श्रीलङ्काले आयोजना गर्ने भर्चुअल बैठकमा सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरु सहभागी हुनेछन् । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ । मन्त्रीस्तरीय बैठकमा दिगो विकासका एजेन्डा सन् २०३० को लक्ष्य प्राप्तिका लागि सामूहिक सहकार्यमा जोड दिँदै यस क्षेत्रको गरिबी तथा अन्य समस्या निराकरणका लागि मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ । नेपाल सन् २००४ देखि बिमस्टेकमा आबद्ध भएको हो । बैठकमा बिमिस्टेक देशबीच आतंकवाद विरुद्ध ऐक्यबद्धताबारे पनि छलफल हुनेछ । तीन वर्षअघि काठमाडौं चौथो शिखर सम्मेलनपछि बिमस्टेकको पाँचौँ शिखर सम्मेलन भएको छैन । बिमस्टेकमा नेपाल, भारत, बङ्गलादेश, भुटान, म्यानमार, श्रीलङ्का र थाइल्याण्ड छन् । ...
विश्वकप २०२२ को छनौट अन्तर्गत समूह ए को खेलमा पोर्चुगलले लग्जेम्बर्गलाई ३–१ ले पराजित

विश्वकप २०२२ को छनौट अन्तर्गत समूह ए को खेलमा पोर्चुगलले लग्जेम्बर्गलाई ३–१ ले पराजित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
 पोर्चुगलले विश्वकप २०२२ को छनौट अन्तर्गत मंगलबार राति भएको खेलमा जित दर्ता गरेको छ । अबे मैदानमा भएको खेलमा युरोपेली क्षेत्रको छनौट अन्तर्गत समूह ए को खेलमा पोर्चुगलले लग्जेम्बर्गलाई ३–१ ले पराजित गरेको हो । पोर्चुगलका लागि डिओगो जोटा, क्रिष्टियानो रोनाल्डो र पालहिन्हा गोन्काल्भेसले गोल गरे । लग्जेम्बर्गका लागि एक मात्रै गोल ३० औँ मिनेटमा रोड्रिग्वेजले गरेका थिए । ...
ब्राजिलमा गत २४ घण्टामा १ हजार ६५६ जनाको कोरोना भाइरस संक्रमणबाट निधन

ब्राजिलमा गत २४ घण्टामा १ हजार ६५६ जनाको कोरोना भाइरस संक्रमणबाट निधन

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
ब्राजिलमा कोभिड १९ को संक्रमणबाट एकै दिनमा एक हजार ६५६ जनाको ज्यान गएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ गत २४ घण्टामा १ हजार ६५६ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो । योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ३ लाख १२ हजार भन्दा बढी पुगेको बताइएको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । गत २४ घण्टामा ब्राजिलमा ४४ हजार ३२६ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएपछि यहाँ कूल संक्रमितको संख्या यहाँका १ करोड २५ लाख भन्दा बढी पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीमा यहाँ पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको छ । यहाँ कोरोनाको नयाँ प्रजातिको भाइरसको पनि प्रकोप देखिएको ती अधिकारीले जनाएका छन् । ब्राजिलका स्वा...
म्यानमारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन बेलायतको आग्रह

म्यानमारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन बेलायतको आग्रह

अन्तराष्ट्रिय
बेलायतले म्यानमारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको छ । म्यानमारमा सेनाको ज्यादती बढ्दै गएको भन्दै बेलायतले आफ्ना नागरिकलाई फर्किन आग्रह गरेको हो । म्यानमारमा प्रदर्शनकारीमाथि भइरहेको ज्यादतीको बेलायत, अमेरिका, जापान, अस्ट्रेलिया लगायत विभिन्न १२ देशले भत्सर्ना गरेका छन् । म्यानमारमा अस्ति एकैदिन सेनाको गोली लागेर बालबालिकासहित एक सयभन्दा धेरैको ज्यान गएको थियो । हिंसा लगातार बढ्दै गएपछि अन्तर्राष्ट्रिय समुदायले घटनाको भत्सर्ना गर्दै आएका छन् । अमेरिकाले म्यानमारको सुरक्षा बललाई ‘आतंकको शासनकाल’ भनेको छ । गएको फेब्रुअरी १ तारिखमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायत नेतालाई हिरासतमा लिँदै सेनाले सत्ता हातमा लिएदेखि नै अमेरिकाले यसको विरोध गर्दै आएको छ । हिंसामा एक सयभन्दा धेरैको ज्यान गएपछि म्यानमारका सैन्य प्रमुख मिन आङ लाइङ र उहाँका जनरलहरूले रातमा भव्य भोज ग...
भारतमा एकैदिन ६८ हजार २०६ संक्रमित

भारतमा एकैदिन ६८ हजार २०६ संक्रमित

अन्तराष्ट्रिय, समाचार
यसअघि आइतबार यो वर्षकै दोस्रो धेरै ६२ हजार ६३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २० लाख ३९ हजार २१० पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १३ लाख ५३ हजार ७२७ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख २३ हजार ६०२ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६१ हजार ८८१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २९५ जनाको मृत्यु भएको छ । ...
म्यान्मारमा एकै दिन बालबच्चासहित ९० बढी मारिए

म्यान्मारमा एकै दिन बालबच्चासहित ९० बढी मारिए

अन्तराष्ट्रिय
म्यान्मारमा सेनाले सत्ता कब्जा गरेयता शनिबार अहिलेसम्मकै नराम्रो दिन बनेको छ । शनिबार साँझसम्म त्यहाँ सैनिक शासनविरुद्ध प्रदर्शनमा उत्रिएका ९० जनाभन्दा बढी जना मारिएका छन् । सुरक्षाकर्मीको गोलीबाट बच्चा समेत ९० जनाभन्दा बढी मारिएको बीबीसीले जनाएको छ । अमेरिका, बेलायत तथा युरोपियन युनियनका अधिकारीले शनिबार भएको हिंसाको भर्त्सना गरेका छन् । ...
कोभिड १९ का संक्रमितहरु कतारमा पनि बढिरहेको यहाँको स्वास्थ्य मन्त्रालयको  जानकारी

कोभिड १९ का संक्रमितहरु कतारमा पनि बढिरहेको यहाँको स्वास्थ्य मन्त्रालयको जानकारी

अन्तराष्ट्रिय, समाचार
कतारमा पनि कोभिड १९ का संक्रमितहरु बढिरहेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्ता यता कतारमा पनि कोभिड १९ का संक्रमितहरु बढेको बताइएको छ। यहाँका स्वास्थ्य अधिकारीहरुका अनुसार कतारको राजधानी दोहामा यसका संक्रमितहरु बढी मात्रामा देखिएका छन्। शुक्रबार सार्वजनिक भएको एक तथ्यांकमा कतारमा ६०२ जनामा यो संक्रमण देखिएको छ। यहाँ यो समेत गरी १ लाख ७६ हजार जनामा कोभिडको संक्रमण पुगेको बताइएको छ। यहाँका २८२ जना नागरिकको कोभिडको संक्रमणबाट मृत्यु भएको छ। यहाँका चिकित्सकहरुले कोभिडका कारण कतारमा मृत्यु हुने दर भने निकै थोरै रहेको बताएका छन्। कतारमा कोरोना विरुद्धको खोप लगाउने कार्यलाई तिब्रता दिइएको छ। यसरी यहाँका कम्तीमा पनि सात लाख मानिसलाई यो खोप दिइएको समाचारमा जनाइएको छ। ...