शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

अन्तराष्ट्रिय

कोरोना महामारीका कारण गम्भीर रूपमा प्रभावित भारतलाई अमेरिकासहित कैयन् देशहरूले आपत्कालीन सहयोगको वाचा

कोरोना महामारीका कारण गम्भीर रूपमा प्रभावित भारतलाई अमेरिकासहित कैयन् देशहरूले आपत्कालीन सहयोगको वाचा

अन्तराष्ट्रिय, समाचार
कोरोना भाइरस महामारीका कारण गम्भीर रूपमा प्रभावित भारतलाई अमेरिकासहित कैयन् देशहरूले आपत्कालीन मेडिकल सहयोगको वाचा गरेका छन्। भारतमा आस्ट्राजेनेका खोप निर्माणका निम्ति खट्किएका कच्चा पदार्थमा लगाइएको निर्यात प्रतिबन्ध अमेरिकाले हटाइदिएको छ। यूकेले त्यहाँ भेन्टिलेटर तथा अक्सिजन कन्सन्ट्रेटर उपकरणहरू पठाउन थालेको छ। युरोपेली युनियनका सदस्य राष्ट्रहरूले पनि सहयोग पठाउँदैछन्। भारतको राजधानी दिल्लीमा भरिएका अस्पतालहरूले बिरामी फर्काउँदैछन्। त्यहाँ लकडाउन लम्ब्याइएको छ। भारत सरकारले अक्सिजन उत्पादनमा बढोत्तरी गर्न देशभरि ५०० वटा कारखाना खोल्न अनुमति दिएको छ। यसबीच छिमेकी बाङ्लादेशले सङ्क्रमण फैलनबाट रोक्न सोमवारदेखि भारतसँगको सिमाना बन्द गर्ने बताएको छ। भारतमा दैनिक करिब साढे तीन लाख थप सङ्क्रमित भेटिएको अनि २७ सय भन्दा धेरैको ज्यान गएको आइतवार जनाइएको छ। अमेरिकामा ह्...
जापानमा कोरोनाभाइरसको महामारी पुनः तीव्र रुपमा फैलिदै गएपछि फेरि सङ्कटकालको घोषणा

जापानमा कोरोनाभाइरसको महामारी पुनः तीव्र रुपमा फैलिदै गएपछि फेरि सङ्कटकालको घोषणा

अन्तराष्ट्रिय, समाचार
जापानमा कोरोनाभाइरसको महामारी पुनः तीव्र रुपमा फैलिदै गएपछि फेरि सङ्कटकालको घोषणा गरिएको छ । प्रधानममन्त्री योशिहिडे सुगाले शुक्रबार फेरि सङ्कटकालको घोषणा गर्नु भएको अधिकारीहरूले जानकारी दिएका छन्। देशको केन्द्रीय राजधानी टोकियो र पश्चिमी प्रान्तहरु ओशाका, क्योटो र ह्योगोमा सङ्कटकाल घोषणा गरिएको हो । एसियाली मुलुक जापानमा अहिले तेस्रो पटक सङ्कटकाल घोषणा गरिएको जनाइएको छ। अहिले घोषणा गरिएको सङकटकाल आगामी मे ११ तारिख आइतबारदेखि लागु हुनेछ। महामारी थप फैलिन नदिने उद्देश्यले सङ्कटकाल घोषणा गरिएको अधिकारीहरूले जानकारी दिएका छन्। जापानमा विशेष महत्वका साथ मनाइने “गोल्डेन विक होलिडेज” नजिकिँदै गरेकाले त्यतिबेला झन् कोरोना फैलिने स्वास्थ्य अधिकारीहरूको चिन्ता छ। बार तथा रेस्टुरेन्टहरूलाई मादक पदार्थ विक्री वितरण नगर्न कडा प्रतिवन्ध लगाइएको छ भने व्यवसायीक ठूला ठूला प्रतिष्ठानहरू पन...
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको शानदार जित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको शानदार जित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित हासिल गरेको छ। बिहीबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ५२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा मेस्सीले दुई गोल गरे । एन्टोनी ग्रीजम्यान र रोनाल्ड अरुजोले एक एक गोल थपे । बार्सिलोनाले एक गोल आत्मघाती उपहार पाएको थियो । गेटाफेका इनेस उनलले एक गोल फर्काए । एक गोल आत्मघाती उपहार पाएको थियो । जितसँगै बार्सिलोना ३१ खेलमा ६८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । गेटाफे ३१ अंकसहित १५औं स्थानमा छ । ...
भारतको महाराष्ट्रमा आजदेखि लकडाउन घोषणा

भारतको महाराष्ट्रमा आजदेखि लकडाउन घोषणा

अन्तराष्ट्रिय, समाचार
कोरोनाको हटस्पट बनेको भारतको महाराष्ट्रमा आजदेखि लकडाउन घोषणा गरिएको छ । आज राति ८ बजेदेखि आगामी मे १ सम्मका लागि लकडाउन घोषणा गरिएको हो । लकडाउनका समयमा सरकारी कार्यालयहरुमा १५ प्रतिशत कर्मचारी मात्र काममा रहने व्यवस्था मिलाइएको त्यहाँको सरकारले जनाएको छ । विवाह महोत्सव २५ जनाको समूहमा २ घण्टामा उपस्थित हुन पाउने प्रावधान तय गरिएको छ । साथै एक जिल्लाबाट अर्को जिल्लामा कोही पनि आवतजावत गर्न नपाइने नियम लागु गरिएको छ । महाराष्ट्र राज्यमा हिजो एकै दिन ६७ हजार भन्दा बढी संक्रमित पुष्टी हुनुका साथै ५ सय बढीको मृत्यु भएपछि त्यहाँ लकडाउन गरिएको महाkराष्ट्र राज्य सरकारले जनाएको छ । यसैबीच महाराष्ट्रमै अक्सिजन ट्यांक लिक हुँदा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जकिर हुसेन नगर अस्पतालमा बिरामीले अक्सिजन नपाउँदा उनीहरुको मृत्यु भएको एनडीटीभीले उल्लेख गरेको छ । ट्यांकबाट अक्सिजन चु...
भारतमा कोरोना संक्रमणको महामारी भयावह बन्दै ,२ लाख ६१ हजार ५००  संक्रमित थपिए

भारतमा कोरोना संक्रमणको महामारी भयावह बन्दै ,२ लाख ६१ हजार ५०० संक्रमित थपिए

अन्तराष्ट्रिय, समाचार
भारतमा कोरोना संक्रमणको महामारी भयावह बन्दै गएको छ । भारतमा पछिल्लो केही समय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । हरेक दिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६१ हजार ५०० कोरोना संक्रमित थपिएका छन् । अघिल्लो २४ घण्टामा यो संख्या २ लाख ३४ हजार ६९२ थियो । पछिल्लो २४ घण्टामा भारतमा एक हजार ६२५ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा १ हजार ३४१ कोरोना संक्रमितले ज्यान गुमाएका थिए । भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ७७ हजार १५० पुगेको छ । कोरोना संक्रमितको संख्या १ करोड ४७ लाख ८८ हजार १०९ पुगेको तथ्यांक छ । भारतमा अहिलेसम्म एक करोड ५० लाख ५७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक लाख ७८ हजार सात सयभन्दा धेरैको ज्यान गइसकेको छ । भारतमै देखिएको नयाँ भेरियन्ट, बेलायतमा देखिएको यू...
विश्वभरमा कोभिड–१९ का कारण ३० लाख बढीको मृत्यु

विश्वभरमा कोभिड–१९ का कारण ३० लाख बढीको मृत्यु

अन्तराष्ट्रिय, समाचार
विश्वभरमा कोभिड–१९ का कारण ३० लाख बढीको मृत्यु भएको छ । अमेरिकाको जोन्स हपिकिंस विश्वविद्यालयका अनुसार अमेरिका, भारत र ब्राजिलमा सबैभन्दा धेरैको मृत्यु भएको हाे । यी तीन देशहरुमा मृत्यु हुनेको संख्या १० भन्दा बढी रहेको छ । समाचार एजेन्सी एएफपीलाई उद्धृत गर्दै बीबीसीले विश्वभर पछिल्लो केही हप्तामा औसमत १२ हजार संक्रमितको व्यक्ति मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानोम गीब्रिएसुसले शुक्रबार चेतावनी दिँदै भनेका छन्, ‘अवस्था निकै चिन्ताजनक भएको छ र मृत्यु हुनेको संख्या पनि चिन्ताजनक रुपमा बढिरहेको छ । विश्वभर हरेक हप्ता मृत्यु हुनेको संख्या पछिल्लो दुई महिनाको भन्दा दुई गुणा भएको छ ।’ केहि हप्ता पहिलेसम्म भारतमा महामारी अपेक्षाकृतरुपमा नियन्त्रणमा थियो । जनवरी र फेब्रअरीका अधिकांश दिनमा २०,००० भन्दा कम थियो । १३० करोड जनसंख्या भएको देशमा यो संख्या कम हो ।...
फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)को  शानदार जित

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)को शानदार जित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जित हात पारेको छ । पीएसजीले घरेलु टोली स्टार्सवर्गलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । पीएसजीको फराकिलो जितमा केलियन एमबाप्पे, पाब्लो साराविया, मोइस किन र लियान्द्रो ड्यानियल पारेडेसले गोल गरे । घरेलु टोलीका डिओन सहीले एक गोल फर्काए । पीएसजीले पहिलो हाफमा ३–० को अग्रता लिदा दोस्रो हाफमा एक गोल थप्दा एक गोल बेहोरेको थियो । यस जितसँगै दोस्रो स्थानमा रहेको पीएसजीको ३२ खेलबाट ६६ अंक पुगेको छ । समान खेलबाटै ६९ अंक जोडेको लिल शीर्षस्थानमा रहेको छ । स्टार्सवर्ग ३६ अंक जोडेर १४औं स्थानमा रहेको छ । एजेन्सी ...
विश्वभर कोरोना भाइरसको संक्रमणबाट २९ लाख भन्दा बढीको मृत्यु

विश्वभर कोरोना भाइरसको संक्रमणबाट २९ लाख भन्दा बढीको मृत्यु

अन्तराष्ट्रिय, समाचार
 विश्वभर कोरोना भाइरसको संक्रमणबाट २९ लाख भन्दा बढीको मृत्यु भइसकेको छ । भने १० करोडभन्दा बढी मानिसले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा मात्र ५ लाख ६ सय ३० जनाले कोरोना संक्रमणमुक्त भएका छन् । उनीहरु संक्रमणमुक्त भएसँगै विश्वभर कोरोना संक्रमण मुक्त हुनेको संख्या १० करोड ८८ लाख ४५ हजार ४ सय ३१ पुगेको छ । यस्तै अहिलेसम्म विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्यामा २९ लाख २७ हजार ४ सय ४० जना पुगेको विश्व स्वास्थ्य संगठन डब्लुएच्ओले जनाएको छ । ...
भारतमा कोरोनाभाइरसबाट  एकैदिन थपिए झण्डै ९७ हजार सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट एकैदिन थपिए झण्डै ९७ हजार सङ्क्रमित

अन्तराष्ट्रिय, समाचार
भारतमा कोरोनाभाइरसबाट थप झण्डै ९७ हजार सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो केही दिनदेखि भारतमा दैनिक ९० हजारभन्दा बढी सङ्क्रमित भएका छन्। भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक करोड २६ लाख ८६ हजार ४९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ। तीमध्ये ९६ हजार ९८२ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका हुन् । त्यसैगरी सोही अवधिमा ४४६ जनाको कोरोनाका कारण निधन भएको छ । योसँगै कूल मृतकको सङ्ख्या एक लाख ६५ हजार ५४७ पुगेको अधिकारीहरूले जनाएका छन्। भारतमा अहिलेसम्म एकैदिनमा सबैभन्दा धेरै गत सोमबार एक लाख तीन हजार ५५८ जना सङ्क्रमित भएका थिए। ...
चीनको सडक दुर्घटनामा ११ जनाको मृत्यु

चीनको सडक दुर्घटनामा ११ जनाको मृत्यु

अन्तराष्ट्रिय
चीनको पूर्वी क्षेत्रमा यात्रुबाहक बस र ठक्कर एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ । आइतबार बिहान चीको जियाङ्सु प्रान्तमा भएको उक्त दुर्घटनामा अरु १९ जना घाइते भएका छन् ।उक्त दुर्घटना शेनयाङ–हाइकाओ राजमार्गमा भएको प्रहरीले जनाएको छ । तिब्र गतिमा रहेको ट्रक अनियन्त्रित भई सडकको बीचको बार भत्काएर अर्कोतर्फबाट आइरहेको बसमा ठोक्किएको थियो । घाइतेहरुलाई नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ ।प्रारम्भिक अनुसन्धानमा यात्रुवाहक बस शाङ्घाईबाट गुयानयुन काउन्टीतर्फ गइरहेको थियो । चीनमा यतिखेर मानिसहरु छुट्टी मनाउन घरगाउँतर्फ जाने गरेका छन् । ...