आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अब पाकिस्तानले पनि टिकटकलाई प्रतिबन्ध लगाउने

भारतपछि अब पाकिस्तानले पनि लोकप्रिय सामाजिक सञ्जाल टिकटकलाई पाकिस्तानमा प्रतिबन्ध लगाउने भएको छ।

पाकिस्तानी अदालतले त्यहाँको दुरसञ्चार नियमन निकाय पाकिस्तान टेलिकम अथोरिटी (पीटीए) लाई बिहीबार टिकटक माथि प्रतिबन्ध लगाउन आदेश दिएको अन्तराष्ट्रि समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

पाकिस्तानको उत्तरपश्‍चिम सहर पेशावरको अदालतलमा टिकटकले सामाजमा पाच्य नहुने किसिमको ‘कन्टेन्ट’ हुने भएकाले चिनियाँ सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउन माग राख्दै मुद्दा दायर गरिएको थियो।

पाकिस्तानमा गत अक्टोबरमा पनि टिकटक बन्द गरिएको थियो। तर चिनियाँ कम्पनी बाइट डान्सले सञ्चालन गर्ने सामाजिक सञ्जालले स्थानिय कानुन अनुसार चल्ने प्रतिबद्वता जाहेर गरेपछि १० दिनमै प्रतिबन्ध हटाइएको थियो। विश्वभर लोकप्रिय रहेको टिकटक पाकिस्तानमा ह्वाट्सएप र फेसबुक पछि सबैभन्दा धेरै डाउनलोड गरिने एप्लिकेशन रहेको रोयटर्सको रिपोर्टमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *