आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

ला लिगाको शीर्षस्थानमा पुनः उक्लियो रियल म्याड्रिड

ला लिगाको शीर्षस्थानमा पुनः उक्लियो रियल म्याड्रिड

अन्तराष्ट्रिय, खेलकुद, समाचार
रियल म्याड्रिड स्पेनिस ला लिगाको अंकतालिकाको शीर्षस्थानमा फर्किएको छ। बुधबार राति भएको खेलमा घरेलु मैदान अल्फ्रेडो डी स्टेफानो मैदानमा मालोर्कालाई २–० ले पराजित गर्दै रियल पुनः शीर्षस्थानमा उक्लिएको हो। रियल र बार्सिलोना दुवैको समान ३१ खेलबाट ६८ अंक भए पनि हेड टु हेडको आधारमा रियल शीर्षस्थानमा पुगेको हो। उति नै खेल खेलेको मालोर्का २६ अंकमा रेलिगेसन जोनमा नै छ। पहिलो हाफमा १ गोल गरेको रियलले दोस्रो हाफमा १ गोल थप्यो। रियलले खेलको १९ औं मिनेटमा भिनिसियस जुनियरको गोलमा अग्रता बनाएको थियो। खेलको ५६ औं मिनेटमा कप्तान सर्जियो रामोसले फ्रिकिकमा सिधै गोल गर्दै रियललाई २–० को अग्रता दिलाएका थिए। गएराति नै भएको खेलमा ओसासुनाले डिर्पोर्टिभो अलाभेष र सेल्टा डी भिगोले रियल सोसिडाडलाई समान १–० पराजित गरे। ...
बाबा रामदेवको कोरोना औषधी ‘कोरोनिल’ प्रतिबन्ध

बाबा रामदेवको कोरोना औषधी ‘कोरोनिल’ प्रतिबन्ध

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
एजेन्सी । बाबा रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडले बजारमा ल्याएको कोरोना औषधी ‘कोरोनिल’ माथि भारत सरकारले प्रतिबन्ध लगाएको छ । मंगलबार भारतको आयुष मन्त्रालयले उक्त कम्पनीले ल्याएको कोरोनिल औषधीको प्रचार प्रसारमा रोक लगाएको हो । मन्त्रालयले कम्पनीलाई यस किसिमको औषधी त्यसको विज्ञापन तत्काल रोक्न आग्रह गर्दै यो विषयमा राम्रोसँग अध्ययन अनुसन्धान भइनसकेकोले विज्ञापन गर्नु उचित नहुने जनाएको छ । पतञ्जलीले कोरोना उपचारका लागि भनेर बाहिर ल्याएको औषधीको वैज्ञानिक अध्ययन नभएको समेत मन्त्रालयले जनाएको छ । उक्त कम्पनीसँग मन्त्रालयले औषधीबारे सम्पूर्ण प्रमाणहरु ९पूर्ण जानकारी० ल्याउन समेत निर्देशन दिएको छ । मन्त्रालयले औषधीबारे पूर्ण जानकारी दिन र औषधीमाथि प्रतिबन्ध लगाइएको जानकारी दिएको छ । मन्त्रालयले भनेको छ–‘औषधीमा सबै प्रकारका परीक्षण नगरी अर्को आदेश नहुञ्जलेसम्मका लागि प्रतिबन्ध भएको जानका...
विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ९० लाख पार

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ९० लाख पार

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
संसारभरी कोरोनाभाइरस संक्रमितको संख्या ९० लाख पार भइसकेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार संसारभरी कोरोना संक्रमितको संख्या ९१ लाख ८५ हजार ९ सय ७४ पुगेको छ । हालसम्म यो महामारीले ४ लाख ७४ हजार ५७ जनाको मृत्यु भइसकेको छ । अमेरिका कोरोनाको सबैभन्दा धेरै प्रभावित देश बनेको छ । अमेरिकामा २२ लाख ९१ हजारभन्दा बढी व्यक्ति संक्रमित छन् जबकि त्यहाँ एक लाख २० हजारभन्दा बढीको मृत्यु भएको छ । ब्राजिलमा कोरोनाका १० लाख ८३ हजार बढी संक्रमित छन् त्यहाँ मृतकको संख्या ५० हजार पार भएको छ । रुसमा पाँच लाख ९१ हजार बढी व्यक्ति कोरोनाद्वारा संक्रमित छन् । यद्यपि, यहाँ यो महामारीका कारण धेरैको मृत्यु भएको छैन । यहाँ आठ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमित व्यक्तिको संख्याको हिसाबले भारत चौथो स्थानमा छ । भारतमा चार लाख २५ हजार बढी व्यक्ति संक्रमित भइसकेका छन् जबकि यहाँ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निशानामा विदेशी कामदार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निशानामा विदेशी कामदार

अन्तराष्ट्रिय, राजनीति, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः विदेशी कामदारलाई निशाना बनाएका छन् । ट्रम्पले केही ग्रिन कार्ड तथा विदेशी कामदारको भिसा यो वर्ष (२०२०) को अन्त्यसम्मका लागि निलम्बित गरेका छन् । उच्च सीप भएका प्रविधि क्षेत्रका कामदार, गैरकृषि क्षेत्रका मौसमी सहयोगी, आया र उच्च तहमा रहेर काम गर्ने कार्यकारीहरु प्रभावित हुने भएका छन् । कोरोना भाइरसको महामारीका कारण आर्थिक रुपमा गम्भीर प्रभावित भएका अमेरिकीहरुलाई रोजगार प्रदान गर्नका लागि यस्तो निर्णय लिइएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । तर आलोचकहरुले भने ट्रम्प प्रशासनले महामारीको बहाना बनाएर आप्रवासन कानूनको उल्लंघन गरेको बताएका छन् । नयाँ नियमका कारण अमेरिकामा काम गर्ने झण्डै पाँच लाख २५ हजार विदेशी प्रभावित हुने भएका छन् । जसमा स्थायी आवासका लागि नयाँ ग्रिन कार्डका प्राप्त गर्ने तयारीमा रहेका झण्डै एक लाख ७० हजार विदेशी...
विश्वभर २४ घण्टामा भेटिए हालसम्मको सर्वाधिक कोरोना संक्रमित

विश्वभर २४ घण्टामा भेटिए हालसम्मको सर्वाधिक कोरोना संक्रमित

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
विश्व स्वास्थ्य संगठनले पछिल्लो २४ घण्टामा हालसम्मको सर्वाधिक संक्रमित भेटिएको जानकारी दिएको छ । संगठनले पछिल्लो २४ घण्टामा एक लाख ८३ हजार नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ । तीमध्ये ६० प्रतिशत बढी संक्रमित उत्तरी र दक्षिणी अमेरिकाको भएको जानकारीमा उल्लेख छ । विभिन्न देशले क्रमशः लकडाउन खुकुलो बनाउँदै गएपछि संक्रमितको संख्यामा उल्लेख्य मात्रामा वृद्धि भइरहेको छ । अमेरिका अहिले पनि संसारको सबैभन्दा प्रभावित देश हो । यहाँ हालम्मि २२ लाख ७९ हजार संक्रमित भेटिएका छन् । ब्राजिल दोस्रो सर्वाधिक प्रभावित देश हो । यहाँ करिब ११ लाख संक्रमित छन् भने करिब ५० हजार मृतक रहेका छन् । संसारभर कोरोना संक्रमित व्यक्तिको संख्या ८९ लाखभन्दा बढी भइसकेको छ भने मृतकको संख्या ४ लाख ६७ हजारभन्दा बढी छ । स्रोतः बीबीसी ...
पादेको अभियोगमा ५ सय युरो जरिवाना

पादेको अभियोगमा ५ सय युरो जरिवाना

अन्तराष्ट्रिय, समाचार
जिन्दगीमा कहिलेकाहीँ सानोतिनो गल्ती पनि निकै भारी पर्न सक्दछ । युरोपेली मुलुक अष्ट्रियामा हालै एकजना युवकलाई पुलिसका अगाडि पाद्नु निकै महंगो सावित भयो । पुलिसले चेकजाँच गर्न खोज्दा नियतबस ठूलो आवाज आउनेगरी पादेको अभियोगमा अष्ट्रियाको पुलिसले एकजना युवकमाथि ५ सय युरो जरिवाना गरेको छ । गत जुन ५ तारेख राजधानी भियनामा उक्त घटना भएको बताइएको छ । ती युवक भियनास्थित एक पार्कमा बेन्चमा बसिरहेका थिए । त्यहीँ बेला गस्तीमा रहेको प्रहरी त्यहाँ आयो र उनको परिचयपत्र माग्यो । बेन्चमा बसिरहेको ती युवकले एक्कासी आफ्नो पछाडिको बसेको भाग माथि उठाए र जोडसँग पादे । त्यस्तो असभ्य कार्य गरेसँगै पुलिसले ती युवकमाथि ५ सय युरो ९करिब ६८ हजार रुपैयाँ० जरिवाना गर्‍यो । आफूमाथि अन्यायपूर्ण रुपमा जरिवाना गरिएको भन्दै ती युवकले स्थानीय मिडियामा समेत अन्तरवार्ता दिए । तर पुलिसले आफ्नो कदमको बचाउ गर्दै पुलिसको अग...
कुवेतमा नेपालीद्वारा आत्महत्या प्रयास

कुवेतमा नेपालीद्वारा आत्महत्या प्रयास

Featured, अन्तराष्ट्रिय, अपराध, आर्थिक, समाचार
कुवेतस्थित एक शहरमा एक नेपाली पुरुषले आत्महत्याको प्रयास गरेका छन्। महाबुल्ला शहरबाट ती पुरुषलाई त्यहाँस्थित फिन्टास प्रहरी चौकीले नियन्त्रणमा लिएको छ। कोरोना संक्रमणको हटस्पट मानिएको महाबुल्ला क्षेत्र ३ महिनादेखि आइसोलेटमा रहेको क्षेत्र हो। कडा सुरक्षा अपनाइएको उक्त क्षेत्रको एक स्टोरको छतमा मानिस देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। पक्राउपछि ती व्यक्ति नेपाली रहेको र आत्महत्याका लागि छतमा आएको प्रहरी स्रोतलाई उद्धृत गर्दै अरबटाइम्स अनलाइनले जनाएको छ। ...
मकाउमा कार्यरत ७० नेपाली घर फर्कन प्रतीक्षारत

मकाउमा कार्यरत ७० नेपाली घर फर्कन प्रतीक्षारत

अन्तराष्ट्रिय, आर्थिक, समाचार
मकाउमा कार्यरत ७० नेपाली घर फर्कन प्रतीक्षारत रहेका गैरआवासीय नेपाली संघ, मकाउले जनाएको छ। कामबाट राजीनामा गरेका, भिसा पुनः नविकरण नभएका, कामबाट निकालिएका, भिजिट भिसा, गर्भवती तथा बिरामी गरी ७० जनाले महाबाणिज्य दूतावासमार्फत नाम दर्ता गराएका एनआरएन मकाउले जानकारी दिएको छ। मकाउमा चार हजार पाँच सय ३९ नेपाली वैधानिक रुपमा कार्यरत छन्। ‘नेपालीहरुलाई फर्काउन मकाउमा फ्लाइट ल्याउने वा थाइल्याण्ड तथा सिंगापुरमा आउने चार्टड फ्लाइटमार्फत गर्ने भन्ने कुरामा पहल भइरहेता पनि हङकङबाट हुने फ्लाइटको लागि आवश्यक हङकङ ट्रान्जिट लगायतका प्रक्रियाबारे सम्बन्धित निकायमा आवश्यक छलफल भइरहेको छ’ एनआरएनए मकाउका एक नेताले भने, ‘सोही अनुरुप एनआरएनए मकाउले २० जुनको समय सीमा राखि सूचना गरी फाराम भर्न अनुरोध गरिसकेको छ।’ मकाउबाट फर्किन हवाई भाडा सम्बन्धित कम्पनीले दिनेछ। एनआरएनएका अनुसार मकाउमा कार्यरत ४००...
४५ वर्षपछि चीन-भारत सीमामा हिंसक झडप

४५ वर्षपछि चीन-भारत सीमामा हिंसक झडप

अन्तराष्ट्रिय, समाचार
काठमाडौं । चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएको छ । झडपमा तीन भारतीय सैनिकहरु मारिएका छन् । मृत्यु हुनेमा एक आर्मी अफिसर र दुई सिपाही छन् । सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो । सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुने गरे पनि गोली नचलेको लामो समय भइसकेको थियो । तर एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो । दुवै मुलुकले सीमाक्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका थिए भने ६ जुनमा वार्ता पनि भएको थियो । तर सोमबार राति गोली हानाहान भएको छ । भारतीय सेनाका प्रवक्ताले एक वक्तव्य जारी गर्दै भारतीय भूमिमा सेनाका एक अधिकारी र दुई जवान मारिएको दाबी गरेका छन् । वक्तव्यमा अहिले दुई पक्षका वरिष्ठ सैनिक अधिकारीहरुको बीचमा वार्ता भइरहेको र स्थिति सहज बनाउन...
भारतमा पछिल्लो २४ घण्टामा १० हजार बढी नयाँ संक्रमित, ३८० को मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा १० हजार बढी नयाँ संक्रमित, ३८० को मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
भारतमा पछिल्लो २४ घण्टामा १० हजार ६ सय ६७ नयाँ कोरोना संक्रमित भेटिएका छन् भने एकैदिन देशभरी ३ सय ८० को मृत्यु भएको छ । यसका साथै देशभरी कोरोनाका कूल ३ लाख ४३ हजार ९१ संक्रमित छन्, तीमध्ये १ लाख ५३ हजार १ सय ७८ सक्रिय संक्रमित छन् । जबकी १ लाख ८० हजार १३ बिरामी उपचारपछि निको भएका छन् । कोरोनाका कारण भारतमा ९ हजार ९ सय को मृत्यु भइसकेको छ । ...