आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

एउटै खेलाडी एउटै खेलमा २ पटक शून्य रनमा आउट

एउटै खेलाडी एउटै खेलमा २ पटक शून्य रनमा आउट

अन्तराष्ट्रिय, खेलकुद
असाेज ५ काठमाडाैं । आइपीएलको दोस्रो खेलमा दिल्ली विजयी भएको छ । सुपर ओभरमा ३ रनको लक्ष्य पाएको दिल्लीले सहज जित हासिल गरेको हो । दिल्ली क्यापिटल्स र किंग्स ११ पंजाबबीचको यो खेलमा केही रोचक रेकर्डहरु बनेका छन् । यो अहिलेसम्म आइपिएलका खेलमा सबैभन्दा कम स्कोर बनेको सुपर ओभर हो । समग्र टि–२० मा भने बिग बाश लिगमा २०१४ मा सिड्नी सिक्सर्सले सुपर ओभरमा १ रन मात्र बनाउन सकेको थियो । यस्तै यो खेलमा पंजाबको तर्फबाट खेलेका वेष्ट इण्डिजका ब्याट्सम्यान निकोलस पुरन २ पटक शुन्य रनमा आउट भए । रोचक त के भने दुवै पटक उनी बोल्ड भएका थिए । पहिले पंजाबको इनिङमा शुन्य रनमा रजिचन्द्रन अश्विनको हातबाट बोल्ड भएका पुरन सुपर ओभरमा कागिसो रबाडाको हातबाट बोल्ड भए । यसअघि एउटै ब्याट्सम्यान २ पटक शुन्यमा आउट भएको घटना अस्ट्रेलियाको बिग बाश लिगमा भएको थियो । २०१४ को बिग बास लिगमा सिड्नी सिक्सर्सका मोइस हेनरिक्स नि...
भारतमा एकैदिन थपिए ८७ हजार भन्दा धेरै कोरोना संक्रमित

भारतमा एकैदिन थपिए ८७ हजार भन्दा धेरै कोरोना संक्रमित

अन्तराष्ट्रिय
असाेज ५ काठमाडाैं ।कोरोना भाइरसको महमारी अहिले सारा विश्व्मा नै व्याप्त छ ।कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ९ लाख ६५ हजार ३६ जनाको मृत्यु भएको छ भने ३ करोड १२ लाख २८ हजार ४९० जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै २ करोड २८ लाख २१ हजार ३११ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६१ हजार २४६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेका छन् ।यसैबीच भारतमा कोरोना कारण भारतमा ८७ हजार ९०९ जनाको मृत्यु भएको छ भने ५४ लाख ८५ हजार ६१२ जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै ४३ लाख ९२ हजार ६५० जना कोरोना संक्रमण मुक्त भएका छन् भने १० लाख ५ हजार ५३ जना उपचाररत छन् । त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै भारतमा आईतवार मात्रै ८७ हजार ३८२ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार १३५ जनाको मृत्यु भएको छ । ...
महाराष्ट्रमा भवन भत्किँदा ८ जनाको मृत्यु

महाराष्ट्रमा भवन भत्किँदा ८ जनाको मृत्यु

अन्तराष्ट्रिय
असाेज ५ काठमाडाैं । भारतको महाराष्ट्रस्थित भिवण्डीमा तीन तले भवन भत्किँदा ८ जनाको मृत्यु भएको छ।समाचार एजेन्सी एएनआईका अनुसार स्थानीय बासिन्दाले २० जनाको जीवितै उद्धार गरेका छन्। यस्तै ठाणे नगर निमगले भवनमा रहेका अरु पाँच जनालाई पनि निकालिएको जनाएका छन् । भत्केको भवनभित्र अझै २० देखि २५ जना फसेको हुन सक्ने अनुमान गरिएको छ। अहिले उद्धारको काम जारी रहेकाे छ। ...
एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलन सकियो

एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलन सकियो

अन्तराष्ट्रिय, समाचार
असाेज ५ काठमाडाैं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन आइतबार सम्पन्न भएको छ । शुक्रबारदेखि आयोजना गरिएको उक्त सम्मेलन २६ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । सम्मेलनले घोषणापत्रमाथि व्यापक छलफल गरेको थियो । त्यसमा विज्ञ तथा सरोकारवालाले सुझाव दिनुभएको थियो । विज्ञ तथा सरोकारवालाहरुको सुझावअनुसार घोषणापत्रमा आवश्यक कुराहरु थप गर्दै लैजाने समितिका अध्यक्ष डा सञ्जीव सापकोटाले बताए । ‘धेरै विज्ञ, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुले आफ्नो अभिव्यक्ति दिएका छन् । सो टिप्पणीअनुसार बाँकी कुराहरुलाई हामी समावेश गर्दै लैजान्छौँ,’ उनले भने । घोषणापत्रले विश्वभरि छरिएर रहेका स्वास्थ्यकर्मीहरुलाई एकै ठाउँमा समेट्ने प्रयास गरेको डा. सापकोटाले उल्लेख गरे । दोस्रो विश्व स्वास्थ्य सम्मेलनले तयार गरेको घोषणापत्...
सन्दीप आबद्ध दिल्लीद्वारा पन्जाब सुपर ओभरमा पराजित :आइपीएल

सन्दीप आबद्ध दिल्लीद्वारा पन्जाब सुपर ओभरमा पराजित :आइपीएल

अन्तराष्ट्रिय, खेलकुद
असाेज ५ काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएलमा) दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा पराजित गरेको छ ।नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्लीले दिएको १५८ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा दिल्लीका लागि कागीसो रबाडाले बलिङ गर्दा लोकेश राहुल र निकोलस पुरण ब्याटिङ गरेका थिए । राहुलले पहिलो बलमा २ रन जोडे पनि दोस्रो बलमा भने क्याचआउट भए । अर्को बलमा नै रबाडाले पुरणलाई बोल्ड गरे । दिल्लीले ऋषभ पन्त र श्रेयस ऐरलाई ब्याटिङमा पठाएको थियो । मोहमद शामीले पहिलो बल बाउन्सरमा डट राखे पनि दोस्रो बल भने वाइड फ्याँके । पन्तले दोस्रो बलमा २ रन जोडेपछि दिल्लीले विजयी सुरुवात गरेको हो । पञ्जाबका ओपनर मंयक अग्रवाल ७ चौका र ४ छक्का मद्दतमा ८९ रनमा क्याच आउट भए । दिल्लीका रविचन्द्रन आश्व...
सुपर ओभरमा दिल्लीले पञ्जावलाई हरायो

सुपर ओभरमा दिल्लीले पञ्जावलाई हरायो

अन्तराष्ट्रिय, खेलकुद
असाेज ५ काठमाडाैं । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबलाई हराएको छ ।दिल्लीले सुपर ओभरको खेलमा पञ्जाबलाई हराएको हो । पञ्जाबले ३ बलमा २ विकेट गुमाएर २ रन मात्र बनायो । केएल राहुल २ र निकोलस पुरन शुन्य रनमा आउट भए । दुवै कागिसो राबा‍डाकाे सिकार भएका थिए ।दिल्लीले तीन बलमा लक्ष्य पुरा गर्यो । दिल्लीका ऋषभ पन्तले विजयी रन प्रहार गरे । यसअघि, दिल्लीले जितका लागि पञ्जाबलाई १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।पञ्जाबले ८ विकेट गुमाएर १ सय ५७ रन बनायाे । पञ्जाबका लागि मयंक अग्रवालले ८९ रनको शानदार पाली खेलेका थिए । ओपनर केएल राहुलले २१, कुष्णप्पा गौतमले २० र सर्फराज खानले १३ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । दिल्लीका कागिसो राबाडा, रविचन्द्रन आश्विन र मार्कुस स्टोनिसले समान २–२ विकेट लिए । मोहित शर्मा र अक्षर...
बेलायतको सबैभन्दा ठूलो ब्याङ्क अवैध धन सार्नमा सङ्लग्न !

बेलायतको सबैभन्दा ठूलो ब्याङ्क अवैध धन सार्नमा सङ्लग्न !

अन्तराष्ट्रिय
असोज ५ काठमाडौँ ।बेलायतको सबैभन्दा ठूलो ब्याङ्क अवैध धन सार्नमा सङ्लग्न भएको खुलासा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।बेलायतको एचएसबीसी ब्याङ्कले घोटालाबारे थाहा पाए पनि ती कार्यमा सङ्लग्न रहेकाहरूलाई विश्वभर लाखौँ डलर पठाउन दिएको उल्लेख गरिएको बीबीसीले जनाएको छ । बेलायतको सबैभन्दा ठूलो ब्याङ्कले सन् २०१३ र २०१४ मा आफ्नो अमेरिकी व्यवसायमार्फत एचएसबीसीको हङ्कङस्थित खातामा रकम सारेको थियो।एचएसबीसीको ८ करोड अमेरिकी डलर बराबरको घोटालाको विस्तृत विवरण ब्याङ्कहरूको “सस्पिसियस एक्टीभीटी रिपोर्टस“ अर्थात् सन्दिग्ध गतिविधिबारे दस्ताबेजमा उल्लेख छ। सार्वजनिक भएको उक्त गोप्य दस्तावेजलाई फीनसेन फाइल्स भनिएको छ।एचएसबीसीले भने त्यस्ता गतिविधि बारे जानकारी गराउने विषयमा सधैँ आफ्नो कर्तव्य पुरा गरेको बताएको छ । अमेरिकामा सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा ब्याङ्कलाई १.९ अर्व अम...
लेस्टर सिटीको बर्नलीलाई ४–२ को शानदार जित

लेस्टर सिटीको बर्नलीलाई ४–२ को शानदार जित

अन्तराष्ट्रिय, खेलकुद
असोज ५ काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लेस्टर सिटीले राम्रो नतिजा निकाल्ने क्रम जारी राखेको छ।लगातार दोस्रो जित निकालेको लेस्टर शीर्ष स्थानमा छ। आइतबार राति भएको खेलमा लेस्टरले बर्नलीलाई ४–२ ले पराजित गरेको हो । लेस्टरको जितमा हार्भी बार्नेसले २० औँ, जेम्स जस्टिनले ६१ औँ मिनेटमा र एरिक प्राएटले ७९ औँ मिनेटमा गोल गरे । त्यसअघि ५० औँ मिनेटमा बर्नलीका पिएटर्सले आत्मघाती गोल गरे । बर्नलीका लागि क्रिस वूडले १० औँ मिनेटमा र ७३ औँ मिनेटमा डुनीले गोल गरे। जितपछि लेस्टर सिटी ६ अंकसहित शीर्ष स्थानमा छ । ...
कोरोनाविरुद्धको खोप लगाउने पहिलो नेपाली

कोरोनाविरुद्धको खोप लगाउने पहिलो नेपाली

अन्तराष्ट्रिय
असोज ४ मस्को । गैरआवासीय नेपाली संघका नेता बद्री केसीका अनुसार रुसमा एक नेपाली नागरिकले कोरोनाभाइरसविरुद्धको खोप लिएका छन् । रुसस्थित गैरआवासीय नेपाली संघका उपाध्यक्ष बद्री केसीले सामाजिक सञ्जाल मार्फत यस्तो जानकारी दिएका छन् । केसीका अनुसार ६१ वर्षीय डा महेश श्रेष्ठले पछिल्लो शनिबार खोप लिएका हुन् । रुसमा तयार भएको खोप लक्की ड्रका आधारमा नेपाली नागरिक श्रेष्ठलाई पनि लगाइएको हो । पुर्खौली घर सल्यान भएका श्रेष्ठ रुसको राजधानी मस्कोमा कार्यरत छन् । रुसी सरकारले पहिलो चरणमा ३० हजार जनालाई खोप दिने क्रममा उक्त टोलीमा श्रेष्ठ पनि परेका हुन् । कोरोनाविरुद्धको खोप विकासको लागि अमेरिका, बेलायत, चीन, रुस लगायतका वैज्ञानिक संघर्षशील छन् । तीमध्ये ६ वटा खोप अन्तिम चरणमा परेको बताइन्छ । जसमध्ये रुसले सबैभन्दा पहिले आफ्नो खोपलाई दर्ता गरिसकेको छ । ...
किन जादैनन् ‘द कपिल शर्मा शो’ मा अभिनेता आमिर खान

किन जादैनन् ‘द कपिल शर्मा शो’ मा अभिनेता आमिर खान

अन्तराष्ट्रिय, मनोरन्जन
असोज ४ काठमाडौँ । चर्चित कमेडियन कपिल शर्मा सो मा नयाँ नयां गेस्ट आउने गर्दछन् । उक्त शो धेरै रुचाउने गरेका छन् । कोरोनाका कारण रोकिएको यस शो अब भने संचालन हुने तयारीमा रहेको छ । कपिल शर्मा सो मा नयाँ नयाँ चलचित्रको प्रचार प्रसार गर्नेका लागि अभनेता अभिनेत्री आउने गरेका छन् । सलमान खान देखि साहरुख खान सनि लियोनि कैटरिना कैफ करिना कपुर प्रियंका चोपडा जस्ता चर्चित कालाकार आएका छन् । तर अभिनेता आमिर खान भने यस शोमा भने आएका छैनन् । आमिर खान यस शोम नआएका कारण धेरै फ्यानको मनमा जिज्ञासा लागेको होला तर उनि भने यस शो मा आउन चाहादैनन् । उनले हालसम्म दर्जनौ चलचित्रमा अभिनय गरे तर कमेडियन कपिल शर्मा सो प्रचारको लागि उनले माध्यम ठानेन् किन भने उनी फिल्मको फरक तरिकाबाट प्रचार गर्ने गर्छन् । एजेन्सी ...