आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

भियतनाममा शक्तिशाली आँधी

भियतनाममा शक्तिशाली आँधी

अन्तराष्ट्रिय, समाचार
असोज ४ काठमाडौँ । भियतनाममा केही दिनयतादेखि शक्तिशाली आँधी आएको छ । आँधीमा परी तीन जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् ।भियतनामका केही मध्य क्षेत्रीय प्रान्तहरुमा यो आँधी आएको छ । नोउल नामको सो आँधीका कारण भौतिक संरचना पनि भत्किएका छन् । यस आँधीमा परेर ११२ जना नागरिक घाइते भएको भियतनामको राष्ट्रिय प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रले दिएको छ । भियतनामको मध्य प्रान्त थुवा हेन हाउमा तीन जनाको ज्यान गएको बताइएको छ । सो प्रान्तमा ५० भन्दा बढी नागरिक घाइते भएका छन् । त्यस प्रान्तका १० घर भत्किएका छन् । त्यस्तै यहाँका २६ हजार भन्दा बढी नागरिक नराम्रोसँग प्रभावित भएका छन् । यसै वर्षको जनवरीमा पनि त्यहाँ ठूलो आँधी आएको थियो । त्यसमा परी करिब ७८ जनाको ज्यान गएको थियो भने हजारौँ नागरिक घरबारविहीन भएका थिए । एजेन्सी ...
सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटल्सकाे खेल आज ;आईपीएल

सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटल्सकाे खेल आज ;आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज ४ काठमाडौँ ।इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा आज नेपाली स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटल्सले  किंग्स इलेभेन पञ्जाबसँग प्रतिस्पर्धा गर्दैछ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार पौने ८ बजे सूरु हुनेछ ।दिल्लीमा रविचन्द्रन आश्विन, अमित मिश्रा र अक्षर पटेल जस्ता अनुभवी स्पिनर भएकाले सन्दीपले आजकै खेलमा स्थान पाउने सम्भावना कम रहेको बताइएको छ । सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) सकेर आईपीएल खेल्न दुबई पुगेका हुन् । उनी दिल्लीको प्रशिक्षणमा समेत सहभागी बनेका छन् । सन्दीप प्लेइङ सेटमा बनाउने स्थान र उनको प्रर्दशनमा नेपाली खेल प्रशंसकको खास नजर रहनेछ । किंग्स इलेभेन पञ्जाबलाई अनिल कुंबलले नेतृत्व गर्नेछन् भने दिल्ली क्यापिटल्स रिकी पोन्टिङ्गको योजनामा मैदान उत्रनेछ । दुवै टिममा ठुला सट खेल्ने खेलाडीको कमी छैन । दिल्लीको ब्याटि...
हारबाट सुरु भयो म्यानचेस्टर युनाइटेडको नयाँ सिजन यात्रा

हारबाट सुरु भयो म्यानचेस्टर युनाइटेडको नयाँ सिजन यात्रा

अन्तराष्ट्रिय, खेलकुद
असोज ४ काठमाडौँ । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा खराब सुरुवात गरेको छ। लिग अन्तर्गत शनिबार राति भएको सिजनको आफ्नो पहिलो खेलमा म्यानचेस्टर युनाइटेड क्रिष्टल प्यालेससँग ३–१ ले पराजित भएको हो । लगातार दोस्रो जित निकाल्ने क्रममा क्रिष्टल प्यालेसले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरी एक गोल खाएको हो । सातौँ मिनेटमा एन्ड्रोस टाउनसेन्डले गोल गरी क्रिष्टल प्यालेसलाई सुरुवाति अग्रता दिलाए । ७४ औँ मिनेटमा पाएको पेनाल्टीमा विल्फ्रेड जाहाले गोल गरेपछि क्रिष्टल प्यालेसको अग्रता दोब्बर भयो । युनाइटेडका लागि ८० औँ मिनेटमा डोनी भान डी बीकले एक गोल फर्काए । ८५ औँ मिनेटमा जाहाले व्यक्तिगत दोस्रो गोल गरेपछि क्रिष्टल प्यालेस ३–१ ले विजयी भयो । लगातार दुई खेलमा जित निकालेको प्यालेसको ६ अंक भएको छ । ...
बार्सिलोनालाई ८औँ पटक जोआन गाम्पर ट्रफी

बार्सिलोनालाई ८औँ पटक जोआन गाम्पर ट्रफी

अन्तराष्ट्रिय, खेलकुद
असोज ४ काठमाडौँ । बार्सिलोनाले लगातार आठौं पटक जोआन गाम्पर ट्रफी जितेको छ ।शनिबार भएको खेलमा एल्चेलाई १-० ले पराजित गर्दै बार्सिलोनाले ८औँ पटक ट्रफी उचालेको हो । खेलको दोस्रो मिनेटमा नै एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।मेस्सीले सिर्जना गरेको मुभमा जोर्डी अल्बाको क्रसलाई ग्रिजमनले गोल गरे । एजेन्सी ...
विश्वभर ३ करोड ९ लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण

विश्वभर ३ करोड ९ लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण

अन्तराष्ट्रिय, समाचार
असोज ४ काठमाडौँ । विश्वभर ३ करोड ९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।पछिल्लो २४ घण्टामा २ लाख ९० हजार ३७४ जनामा संक्रमण पुष्टि भएसँगै यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९ लाख ७५ हजार ७५३ पुगेको छ । यस्तै एकै दिन थप ५ हजार १३३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ६० हजार ८६३ पुगेको छ । एकै दिन २ लाख ४१ हजार १२१ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका आइतबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड २५ लाख ७० हजार ४६७ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७१ प्रतिशत बढी हो । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १५ हजार ८९३ जनाको मृत्यु भएको छ । ४३ लाख ९८ हजार ३३१ जना संक्रमित भएकोमा २३ लाख ७४ हजार ९४१ जना संक्रमणमुक...
चीनमा सिनेमा हल र अन्य प्रदर्शन स्थलहरू थप खुकुलो

चीनमा सिनेमा हल र अन्य प्रदर्शन स्थलहरू थप खुकुलो

अन्तराष्ट्रिय, समाचार
असोज ४ काठमाडौँ । चीनले सिनेमा हल र अन्य प्रदर्शन स्थलहरूमा कोभिड–१९ नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धहरूलाई थप खुकुलो बनाएको छ ।   यो वर्षको सुरूदेखि नै कोभिड–१९ नियन्त्रणका लागि भन्दै सिनेमा हल तथा अन्य नाटक प्रदशर्नीमा प्रतिबन्ध लगाएको थियो । तर चीनमा महामारी नियन्त्रणमा आएपछि गत महिनादेखि  सिनेमा हल तथा नाटक प्रदर्शन लगायतमा सिमित दर्शक राखी सञ्चालन गर्ने अनुमति दिएको थियो ।  उक्त दायरालाई फराकिलो पार्दै छिट्टै प्रतिबन्धलाई थप खुकुलो बनाउने चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ । आगामी दिनमा हलमा दर्शक सङ्ख्या ७५ प्रतिशत राख्न पाउने पनि मन्त्रालयले जनाएको छ । यसले थपे कि ठूला ठूला व्यवसायिक प्रदर्शनहरूका लागि अझै पनि स्थानीय महामारीको नियन्त्रण अवस्थाको आधारमा दर्शक सङ्ख्याहरूको उचित नियन्त्रण आवश्यक रहेको भन्दै यसका साथै स्...
आर्सनलको विजयी यात्रा जारी,वेष्ट ह्याम युनाइटेडमाथि २–१

आर्सनलको विजयी यात्रा जारी,वेष्ट ह्याम युनाइटेडमाथि २–१

अन्तराष्ट्रिय, खेलकुद
असोज ४ काठमाडौँ । आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा विजयी यात्रा जारी राखेको छ। लिग अन्तर्गत शनिबार राति भएको सिजनको दोस्रो खेलमा मिकेल आर्तेताको आर्सनलले वेष्ट ह्याम युनाइटेडमाथि २–१ को दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि २५ औँ मिनेटमा एलेक्सान्डर लाकाजेटी तथा ८५ औँ मिनेटमा एडी एनखेटियाले गोल गरे । वेष्ट ह्यामका लागि ४५ औँ मिनेटमा मिकेल एन्टोनियोले एक गोल फर्काएका हुन् । लगातार दोस्रो जितपछि ६ अंकसहित आर्सनल दोस्रो स्थानमा छ । लिग अन्तर्गत शनिबार राति नै भएको खेलमा लीड्स युनाइटेडले फुलह्यामलाई ४–३ ले पराजित गरेको छ । ...
रुससँगको झडपपछि सिरियामा अमेरिकाले बढायो सैन्य शक्ति

रुससँगको झडपपछि सिरियामा अमेरिकाले बढायो सैन्य शक्ति

अन्तराष्ट्रिय, समाचार
असोज ४ काठमाडौँ । रुससँगको झडपछि अमेरिकाले सिरियामा सैन्य शक्ति बढाएको छ।सिरियाको उत्तर९पूर्वी सीमानामा ६ वटा ब्राडली सवारीसाधन र १०० सिपाही तैनाथ गरिएको अमेरिकाले जनाएको छ। अमेरिकी नौसेनाका क्याप्टेन बिल अर्बनका अनुसार उक्त निर्णयले गठबन्धन सेना र सुरक्षाको सुनिश्चित गर्नेछ।यस वर्ष अमेरिका र रुसका पेट्रोलिङ सैन्य टुकुडीबीच धेरैपटक झडप भएका छन्।अमेरिकाले ‘सेन्टिनल राडार’ जडानसँगै लडाकु विमानको गस्ती पनि बढाएको अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता अर्बनले शुक्रबार बताएका छन्। आफ्नो वक्तव्यमा उनले भनेका छन्, ‘अमेरिका सिरियामा कुनै सेनासँग टकराव गर्न चाहँदैन, तर आवश्यक परेका खण्डमा गठबन्धनले सेनाको रक्षा गर्नेछ।’ अमेरिका र रुसबीच केही हप्तायतभा उत्तरपूर्वी सिरियामा तनाव बढिरहेको छ। अगस्टको अन्त्यमा रुसको एक गाडीसँगको टक्करमा सात अमेरिकी सैनिक घाइते भएका थिए। यसमा दुई देशले एकअर्कालाई...
अर्लिङ हालाण्डको उत्कृष्ट प्रदर्शनमा बोरूसियाको जित

अर्लिङ हालाण्डको उत्कृष्ट प्रदर्शनमा बोरूसियाको जित

अन्तराष्ट्रिय, खेलकुद
असोज ४ काठमाडौँ ।अर्लिङ हालाण्डले उत्कृष्ट प्रदर्शन गर्दा बोरुसिया डर्टमण्डले जर्मन बुण्डेसलिगा फुटबलमा सहज जित निकालेको छ ।शनिबार राति भएको सिजनको पहिलो खेलमा बोरुसिया मुन्छेनग्लाडबाखलाई ३–० गोल अन्तरले पराजित गर्दै डर्टमण्डले सुखद सुरुवात गरेको हो । घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे ।यस्तै जियोभानी रेइनाले एक गोल गरे ।खेलको ३५औं मिनेटमा जियोभानीको गोलबाट डर्टमण्डले अग्रता बनाएको थियो । ५४औं मिनेटमा हालाण्डले पेनाल्टीमा गोल गर्दै डर्टमण्डको अग्रता २–० को बनाए ।त्यसपछि खेलको ७७औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को जित दिलाए ।जितसँगै डर्टमण्डले सिजनको सुखद सुरुवात गरेको छ । पहिलो खेलमै डर्टमण्डले महत्वपूर्ण ३ अंक जोडेको छ ।डर्टमण्ड तालिकाको तेस्रो स्थानमा रहेको छ । ...
आईपीएलमा चेन्नईको विजयी शुरुवात, मुम्बई ५ विकेटले पराजित

आईपीएलमा चेन्नईको विजयी शुरुवात, मुम्बई ५ विकेटले पराजित

अन्तराष्ट्रिय, खेलकुद
असोज ४ काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) टी–२० को पहिलो खेल चेन्नई सुपर किंग्सले ५ विकेटले जितेको छ ।मुम्बई इण्डियन्सले दिएको १६३ रनको लक्ष्य पछाएको चेन्नईले १९.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । चेन्नईका लागि अम्बाती रायडूले सर्बाधिक ७१ रन बनाए भने फाफ डुप्लेसीले ५५ रन बनाए ।त्यस्तै साम कुरानले १८ र रविन्द्र जडेजाले १० रन बनाए ।यस अघि मुम्बई इण्डियनले चेन्नई सुपर किंग्सलाई १६३ रनको लक्ष्य दिएको थियो । टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १६२ रन बनाएको हो ।मुम्बईका लागि सौरभ तिवारीले सर्बाधिक ४२ रन बनाए ।सौरभले ३१ बलमा ४२ रन बनाए । त्यस्तै क्वेंटन डिककले ३३ रन बनाए भने सूर्यकुमार यादवले १७, हार्दिक पाण्डेयले १४ तथा कप्तान रोहित शर्माले १२ रन बनाए । त्यस्तै केरन पोलार्डले १८ रन बनाए भने जेम्स पाटिसनके ११ रन बनाए ।त्यसैगरी चेन्नईका बलर...