आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

फिलिपिन्सका राष्ट्रपतिद्धारा संकटकाल एक वर्ष थप

फिलिपिन्सका राष्ट्रपतिद्धारा संकटकाल एक वर्ष थप

अन्तराष्ट्रिय
असोज ३ मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले देशमा जारी संकटकाललाई थप एक वर्ष लम्ब्याउनु भएको छ। कोरोनाभाइरसको महामारीलाई कारण देखाउदै उनले अर्को वर्ष सन् २०२१ को सेप्टेम्बरसम्म कायम रहने गरी उहाँले संकटकाल घोषणा गरेका हुन्। घोषणा नं. १०२१ मार्फत् उनले संकटकाललाई लम्ब्याएको राष्ट्रपति कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन। संकटकाल लम्याउने विषयमा शुक्रबार सार्वजनिक गरिएको छ । तर अहिले घोषणा गरिएको संकटकाल भने यही सेप्टेम्बर १३ देखि अर्को बर्ष सन् २०२१ को सेम्टेम्बर १२ तारिखसम्म लागु हुनेछ। यसअघि गत मध्य मार्चमा छ महिनाका लागि मात्रै संकटकाल घोषणा गरिएको थियो । तर कोरोना महामारी नियन्त्रणमा नआएकाले एक बर्षका लागि लम्ब्याइएको सरकारी अधिकारीहरुको भनाई छ। फिलिपिन्समा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको तथ्यांकहरुले देखाएका छन्। ...
कन्टासको ७ घण्टे उडानको सबै टिकट १० मिनेटमै बुक भए

कन्टासको ७ घण्टे उडानको सबै टिकट १० मिनेटमै बुक भए

अन्तराष्ट्रिय, समाचार
असाेज ३ काठमाडाैं । कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण मानिसलाई भ्रमण गर्न निकै गाह्रो भइरहेको छ।किनभने कोरोना प्रकोपका कारण सबै अन्तर्राष्ट्रिय उडान बन्द छन्। घरेलु उडान केही देशमा सुचारु भइसके भने केहीमा अझै ठप्प छन्। यद्यपी कोरोना प्रकोपले गर्दा धेरै मानिसले विमानमा यात्रा गर्न पाएका छैनन्, आफूलाई मन लागेको स्थानमा घुम्न जान पाएका छैनन्।सँधै घरमै बस्दा मानिसहरुलाई उकुसमुकुस भइसकेका छन्। यसबीचमा अष्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक ‘कन्टास’ एयरलाइन्सले एउटा रमाइलो योजना ल्याएको छ। यस योजनाको अर्थ अस्ट्रेलियाका नागरिकलाई कोरोना प्रकोपबीच तनावमुक्त, उकुसमुकुस मुक्त बनाउनु हो।कन्टासले कहीँ पनि नपुगिने ७ घण्टे उडानको योजना ल्याएको हो। आगामी अक्टोबर १० मा कन्टासले सिड्नीबाट ७ घण्टाका लागि उडान भर्नेछ। विमानले यात्रुलाई आकाशमै घुमाएर फेरि सिड्नीमै ओह्राल्ने छ। सो क्रममा विमान अलुरु...
बायर्नले साल्केलाई ८-० गोल अन्तरको जीत

बायर्नले साल्केलाई ८-० गोल अन्तरको जीत

अन्तराष्ट्रिय, खेलकुद
असाेज ३ काठमाडाैं । साविक विजेता बायर्न म्युनिखले जर्मन बुण्डेसलिगा फुटबलमा शानदार जीत हात पारेको छ ।शुक्रबार राति भएको एकपक्षीय खेलमा बायर्नले साल्केलाई ८-० गोल अन्तरको जीत निकाल्यो । घरेलु मैदानमा बायर्नलाई जीत दिलाउन सेर्जी गनाब्रीले ह्याट्रिक गरे । यस्तै लियोन गोर्टेज्का, रोबर्ट लेवान्डोस्की, थोमस मुलर, लोरी साने, जामल मुसिलाले एक एक गोल गरे ।खेलको चौंथो मिनेटमा गनाब्रीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । १९औं मिनेटमा गोर्टेज्काले गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए । ३१औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा बायर्नलाई ३-० ले अघि बढाए ।दोस्रो हाफमा बायर्नले थप पाँच गोल गर्‍यो । खेलको ४७औं मिनेटमा गनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दा बायर्न ४-० ले अघि रह्यो । ५९औं मिनेटमा गनाब्रीले ह्याट्रिक पुरा गर्दा बायर्न ५-० ले अघि रह्यो । ६९औं मिनेटमा मुलरले ग...
चीन अब बच्चाहरुमा कोरोनाविरुद्धको भ्याक्सीनको परीक्षण गर्ने

चीन अब बच्चाहरुमा कोरोनाविरुद्धको भ्याक्सीनको परीक्षण गर्ने

अन्तराष्ट्रिय, समाचार
असाेज ३ काठमाडाैं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।कोरोना भाइरसका कारण अहिले हरेक दिन हजारौँको संख्यामा मानिसहरु मरिरहेका छन् भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।यसैबीच चीनले अब बच्चा र किशोरहरुमा आफ्नो प्रायोगिक कोरोना भ्याक्सीनको क्लिनीकल ट्रायल शुरु गर्ने भएको छ । रिपोर्ट्सका अनुसार चीनको फार्मा कम्पनी सिनोभ्याक बायोटेकले यो योजना बनाएको हो । जसको ट्रायल पहिलैबाट वयस्कमा भईरहेको छ र अन्तिम चरणमा रहेको छ ।सिनोभ्याक बायोटेकका अनुसार कुल ५५२ स्वस्थ प्रतिभागी रहनेछन् । जसको उमेर १७ वर्षसम्मको हुनेछ । उनीहरुलाई यस भ्याक्सीनको डोज दिइनेछ । जसमा केहि दिनको फरक राखिनेछ । यो ट्रायल उत्तरी चीनको प्रान्त हेबैमा सेप्टेम्बर २८ बाट शुरु हुनेछ ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सिनोभ्याकका प्रवक्ताले यसको लागि स्विकृति पाइसकेको बताएका छन् ।चीनमा थोरैमा १० ...
अर्काे वर्षको अप्रिलसम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने

अर्काे वर्षको अप्रिलसम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने

अन्तराष्ट्रिय
असोज ३ वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्काे वर्षको अप्रिल महिनासम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताउनुभएको छ । उहाँले भन्नुभयो– मेरो प्रशासनले यो खोप निर्माणको काम निकै द्रुत गतिमा गरेको छ र मलाई लाग्छ आगामी वर्ष सन् २०२१ को अप्रिलसम्ममा यो खोप तयार हुने छ । खोप तयार हुनासाथै सबै अमेरिकी नागरिकलाई लगाइने पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिनुभयो । उहाँले खोप हरेक महिनामा दशौँ लाख वटा उत्पादन हुने भएकोले सबै अमेरिकी नागरिकलाई केही महिनामा नै खोप लगाउन सकिने पनि बताउनुभएको थियो । शुक्रबार आयोजना गरिएको प्रेस ब्रिफिङका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । अमेरिकाका वरिष्ठ बैज्ञानिक र चिकित्सकहरु बिगतदेखि नै यस कार्यमा लागिराखेको पनि बताउनुभयो । राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभयो– अमेरिकाका वरिष्ठ चिकित्सक र वैज्ञानिकहरुले यो खोप आविश्का...
Belgium remains atop FIFA world ranking

Belgium remains atop FIFA world ranking

अन्तराष्ट्रिय, खेलकुद
GENEVA, Sept. 19-FIFA released the men’s football world rankings on Thursday for the first time in five months with Belgium leading an unchanged top four. After a more than six months hiatus due to the COVID-19 pandemic, international matches have finally recommenced with UEFA Nations League games across Europe at the beginning of September, which had an immediate impact on the world ranking. But there has been no change among the leading quartet – Belgium, France, Brazil and England remain the top four in that order. Portugal has moved into the top five thanks to victories over Croatia (8th, down two) and Sweden (18th, down one). Other countries moving in the right direction are Spain (7th, up one), Italy (12th, up one), the Netherlands (13th, up one), and Germany (14th, up one), with...
आजदेखि हुने आइपीएल खेलकाे उद्घाटनमा मुम्बई र चेन्नाई भिड्ने

आजदेखि हुने आइपीएल खेलकाे उद्घाटनमा मुम्बई र चेन्नाई भिड्ने

अन्तराष्ट्रिय, खेलकुद
असाेज ३ काठमाडाैं । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको १३ औँ सिजन शनिबारदेखि सुरु हुँदैछ।युएईको अबुधाबीमा साविक विजेता मुम्बई इण्डियन्स र उपविजेता चेन्नाई सुपर किङ्सबिच आइपीएल १३ औँ सिजनको उद्घाटन खेल हुने छ। यो खेल नेपाली समय अनुसार शनिबार राति पौने ८ बजे सुरु हुनेछ। नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स र किंग्स इलेभन पञ्चावबीचको खेल आइतबार राति पौने आठ बजे हुनेछ।कोरोना महामारीका कारण उत्पन्न परिस्थितिमा स्वास्थ्यप्रति उच्च सुरक्षा सतर्कता अपनाउँदै आएपीएलका खेल सञ्चालन हुँदै छन्। तर युएईमा अत्यधिक गर्मी खेलाडीहरुलाई नयाँ चुनौती बनेको छ। अधिकांश खेलहरु सञ्चालन हुँदा मैदानमा तापक्रम ४० डिग्रीको आसपासमा रहने भएपछि खेलाडीहरु समस्यामा पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ। ...
४८ घण्टाभित्र अमेरिकामा टिकटक र वीच्याट बन्द हुँदै

४८ घण्टाभित्र अमेरिकामा टिकटक र वीच्याट बन्द हुँदै

अन्तराष्ट्रिय
असाेज ३ काठमाडाैं । अमेरिकामा टिकटक र वीच्याटमाथि अबको ४८ घण्टाभित्र रोक लगाइँदै छ।अमेरिकी बाणिज्य मन्त्रालयले आगामी ४८ घण्टाभित्र उल्लिखित दुवै एप युएस एप स्टोरबाट हटाइने र कुनै पनि अमेरिकी नागरिकले त्यसलाई डाउनलोड गर्न नसक्ने बताएको छ । यदि राष्ट्रपति डोनाल्ड ट्रम्प चिनियाँ एपमाथिको प्रतिबन्ध लगाइने समय–सीमाको अन्तिम क्षणमा कुनै सम्झौताको लागि तयार भए भने मात्र टिकटक र वीच्याटमाथिको यो प्रतिबन्ध हट्न सक्ने बताइएको छ । बीबीसीले उल्लेख गरेअनुसार ट्रम्प प्रशासनको भनाई छ कि टिकटक र वीच्याटजस्ता चिनियाँ एप अमेरिकाको राष्ट्रिय सुरक्षाको लागि खतरा बन्न सक्छ, किनकि ती कम्पनीहरूले ती एपको प्रयोगकर्ता अमेरिकी नागरिकको व्यक्तिगत जानकारी चीनलाई उपलब्ध गराइदिन सक्छन् । तर, चीन तथा चिनियाँ कम्पनीहरूले भने उक्त अमेरिकी आरोपको खण्डन गर्दै आएका छन् ।ज्ञातव्य छ, च्याटिङ, भिडियो सेयरिङ र मोबाइल प...
खोप र बैज्ञानिकलाई विश्वास गर्नु, ट्रम्पलाई नगर्नु : बाइडेन

खोप र बैज्ञानिकलाई विश्वास गर्नु, ट्रम्पलाई नगर्नु : बाइडेन

अन्तराष्ट्रिय
असाेज २ वासिंगटन । अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जोए बाइडेनले आफूले खोप र बैज्ञानिकहरुलाई विश्वास गर्ने तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वास नगर्ने बताएका छन् ।राष्ट्रपति ट्रम्पले कतिपय अबैज्ञानिक, अव्यवहारिक र अस्वभाविक कुरा गरेको त्यस्ता कुरामा विश्वास गरेको भन्दै उनले आलोचना पनि गरे । उनले ट्रम्पका धेरै गलत भूमिकाले अमेरिका र अमेरिकीहरुलाई क्षति पुगेको भन्दै उनले ट्रम्पलाई विश्वासन नगर्न पनि आह्वान गरे । अमेरिकाको आगामी राष्ट्रपति निर्वाचनमा प्रतिष्पर्धी ट्रम्प र बाइडेनले कोरोनाभाइरसको नियन्त्रण र त्यसका लागि गर्ने प्रयासका विषयलाई लिएर मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् । बाइडेनले कोरोना भाइरसविरुद्धको खोपमा ट्रम्पले राजनीति गरेको हुनसक्ने आशंका पनि गरेका छन् । सार्वजनिक स्वास्थ्य विज्ञहरुसँग कोरोना भाइरसको नियन्त्रण र त्यसका लागि गर्नुपर्ने र गर्न सकिने क...
भारतिय अभिनेता सबरी नाथको ४३ वर्षको उमेरमा निधन

भारतिय अभिनेता सबरी नाथको ४३ वर्षको उमेरमा निधन

अन्तराष्ट्रिय
असाेज २ काठमाडाैं । भारतिय चर्चित टिभि सिरियल ‘अमला पढता’ पेनकिली’ मा अभिनय गरेका अभिनेता सबरी नाथको निधन भएको छ । उनको ४३ वर्षको उमेरमा हृदयघातका कारण बिहिबार निधन भएको हो । उनको निधनको खबरले बलिउड शोकमा डुबेको छ । ब्याडमिन्टन खेल्दा खेल्दै बेहोस भएका सबरी नाथलाई अस्पताल पुर्याउँदा मृत घोषणा गरेको भारतिय मिडियाले जनाएको छ । श्रीमती र दुई छोरीसँगै भारतमा बस्दै आएका उनले चलचित्रमा पनि अभिनय गरेका छन् । ...