आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

भारतमा एकै दिनमा ९६ हजार संक्रमित

भारतमा एकै दिनमा ९६ हजार संक्रमित

अन्तराष्ट्रिय, समाचार
असाेज २ काठमाडाैं । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अहिलेसम्मकै धेरै पुगेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ४२४ जना सङ्क्रमित भएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल संख्या ५२ लाखभन्दा बढी पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १७४ जनाको मृत्यु भएको जनाएको छ । भारतमा कुल सङ्क्रमित मध्ये अहिले पनि दश लाख १७ हजार ७५४ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।म न्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल ५२ लाख १४ हजार ६७८ जना सङ्क्रमित भएका हुन् । ती मध्ये ४१ लाख १२ हजार ५५२ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा सङ्क्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि तीन लाख दुई हजार १...
युरोपेली देशमा दोब्बरले बढ्यो कोरोना संक्रमण

युरोपेली देशमा दोब्बरले बढ्यो कोरोना संक्रमण

अन्तराष्ट्रिय
असाेज २ काठमाडाैं । युरोपेली देशमा कोरोना भाइरसको जोखिम थप बढ्न थालेको छ । २ हप्ताको तथ्यांक हेर्दा युरोपेली देशमा संक्रमित हुनेको संख्या दोब्बर भएको छ ।अझै जोखिम बढ्न सक्ने अनुमान गर्दै सचेत रहन विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सचेत गराएको छ । संगठनका क्षेत्रीय निर्देशक ह्यांस् लुगेले गएको दुई हप्तामा युरोपेली देशमा कोरोनो भाइरसको संक्रमण दोब्बरले बढेको बताए । उनले युरोपेली देशका लागि कठिन घडी आएको बताएको बीबीसीले उल्लेख गरेको छ ।दुई हप्तामा युरोपमा कारोना भाइरसका ३ लाख नयाँ सङ्क्रमित भेटिएको उनले बताए । यस्तै, विश्वमा कोरोना सङ्क्रमितको संख्या ३ करोड ३ लाख ४० हजार नाघेको छ । यसमध्ये दुई करोड २० लाख ३० हजारभन्दा धेरै उपचारपछि निको भएका छन् भने ९ लाख ५० हजारभन्दा धेरैको ज्यान गएको छ । ...
तालिबानले भन्यो, ‘२० वर्षदेखिको युद्ध एक घण्टामा अन्त्य हुँदैन, युद्धको कारण नखोजी युद्धबिराम हुँदैन’

तालिबानले भन्यो, ‘२० वर्षदेखिको युद्ध एक घण्टामा अन्त्य हुँदैन, युद्धको कारण नखोजी युद्धबिराम हुँदैन’

अन्तराष्ट्रिय
असाेज १ ।अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही समूहले मुलुकमा युद्ध हुनुको मुख्य कारणबारे छलफल नभई युद्धबिराम गर्न नसकिने बताएको छ । तालिबान समूहका प्रवक्ता मोहम्मद नईमले प्रारम्भिक चरणको वार्ता शुरु भएलत्तै तालिबान समूहले हिंसात्मक कारबाहीमा कमी ल्याएको दाबी गरे । उनले तर सरकारी फौजले आक्रामक कारबाही जारी राखेकामा दुःख व्यक्त गरे । प्रवक्ता नईमले भने, ‘२० वर्षदेखिको युद्ध एक घण्टामै अन्त्य हुन सक्दैन भन्नेमा सबै विश्वस्त हुन आवश्यक छ । हाम्रो दृष्टिकोणमा वर्तमान समस्या र युद्धका मुख्य पक्षहरुका बारेमा छलफल गरिनु सान्दर्भिक हुन्छ ताकि यो समस्यालाई स्थायी रुपमै समाधान गर्न सकिन्छ ।’ उनले थपे, ‘मानिलिउँ, आजै हामीले युद्धबिराम घोषणा गर्‍यौं, तर भोलि हामी सहमतिमा पुगेनौं भने त्यसको जिम्मेवारी कसले लिन्छ ? के हामीले फेरि युद्ध शुरु गर्नु ? यसको अर्थ के हो ?’ उनले तालिबानको मुख्य चाह...
योशीहिदे सुगाद्वारा जापानका नयाँ प्रधानमन्त्रीको रूपमा शपथ

योशीहिदे सुगाद्वारा जापानका नयाँ प्रधानमन्त्रीको रूपमा शपथ

अन्तराष्ट्रिय
भदाै ३१ टोकियो । जापानको नयाँ प्रधानमन्त्रीको रुपमा योशिहिदे सुगाले बुधबार पदभार लिएका छन्।उनले परिचित अनुहारहरूको मन्त्रिपरिषद गठन गर्नु भएको छ।अर्थमन्त्री तारो एसो, परराष्ट्र मन्त्री तोशिमिट्सु मोटेगी र वातावरण मन्त्री शिन्जिरो कोइजुमी लगायतका अन्य मन्त्रीहरुलाई यथावत् राखिएको छ। मन्त्रिपरिषद्का २० सदस्यमध्ये १५ जना तत्कालीन प्रधानमन्त्री शिन्जो आबेकै मन्त्रिपरिषदका सदस्यहरु हुन।जापानका स्वास्थ्यमन्त्री कात्सुनोबु कातोलाई मन्त्रिपरिषदको मुख्य सचिवको जिम्मेवारी दिइएको छ।जापानमा मुख्य सचिवले नीति समन्वयक र सरकारका शीर्ष प्रवक्ता दुबैको भूमिका खेल्दछन्। यसैबीच, पूर्व प्रधानमन्त्री शिन्जो आबेका कान्छा भाइ एवं पूर्व उप विदेशमन्त्री नोबुओ किशीलाई नवगठित मन्त्रिपरिषदमा रक्षामन्त्रीको जिम्मेवारी दिइएको छ।पूर्व प्रधानमन्त्री आबेको मन्त्रिपरिषदका सबै सदस्यले बुधबार बिहान सामूहिक राजीनामा दि...
बिल गेट्सका पिता विलियम हेनरी गेट्सको निधन

बिल गेट्सका पिता विलियम हेनरी गेट्सको निधन

अन्तराष्ट्रिय, समाचार
भदाै ३१ वासिङ्टन। माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्धितीयको ९४ वर्षको उमेरमा निधन भएको छ । उहाँको ९४ वर्षको उमेरमा हुड क्यानलस्थित निवासमा सोमबार निधन भएको बताइएको छ । विल गेट्सको पारिवारिक स्रोतले उहाँको सोमबार निधन भएको जानकारी मंगलबार गराएको हो । उहाँ अल्जाइमरको विरामी हुनुहुन्थ्यो । विलियम हेनरी गेट्स द्धितीयको सन् १९२५ मा वासिङ्टनको बेरमर्टनमा जन्म भएको थियो ।उहाँको निधनपछि विल गेट्सले आफ्ना पिता आफ्नो जीवनका वास्तविक ‘हिरो’ भएको बताउनुभयो । उहाँको प्रेरणाका कारण आफू परोपकारी कार्यमा लागेको विल गेट्सले बताउनुभएको छ । बिल एण्ड मालिन्डा गेट्स फाउन्डेसनको स्थापनामा उहाँको ठूलो योगदान र प्रेरणा रहेको बिल गेट्सले जनाउनु भएको छ । विलियम हेनरी गेट्स द्धितीय अमेरिकाको एक प्रसिद्ध वकिल हुनुहुन्थ्यो । उहाँ ६९ वर्षको उमेरमा सन् १९९४ मा वकिल पेशाबाट निवृत्त हुन...
रुसबाट १० करोड डोज कोरोना खोप खरिद गर्दै भारत

रुसबाट १० करोड डोज कोरोना खोप खरिद गर्दै भारत

अन्तराष्ट्रिय, समाचार
भदाै ३१ मस्को । रुसमा कोरोनाभाइरस विरुद्धको खोप निर्माता रसियाली प्रत्यक्ष लगानी कोष (आरडिआइएफ)ले भारतको डा रेड्डी लेबोरेटोरीजलाई दश करोड डोज खोप उपलब्ध गराउने बुधबार घोषणा गरेको छ।कोषले रुसमा स्पुतनिक भी ‘Sputnik V’ नामको खोप विकास गरेको छ। कोषद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा भारतमा स्पुतनिक भी खोपको क्लिनिकल परीक्षण र खोप वितरणका लागि कोष र विश्वविख्यात औषधि उत्पादक कम्पनी डा रेड्डीबीच सम्झौता भएको उल्लेख छ। कोषले भारतीय नियामक निकायबाट अनुमति पाएलगत्तै स्पुतनिक खोपको आपूर्ति गरिने बताएको छ।डा रेड्डीका सहअध्यक्ष एवं व्यवस्थापन निर्देशक जीभी प्रसादले रसियाली खोपका सन्दर्भमा सहकार्य गर्न पाएकामा खुशी लागेको बताएका छन। उनले भारतीय नियामक निकायहरुका आवश्यकतालाई दृष्टि गरी तेस्रो चरणको परीक्षण गरिने बताउँदै भारतमा कोभिड–१९ विरुद्ध लड्न स्पुतनिक भी खोप विश्वासिलो विकल्प हुने विश्वा...
मुम्बई उच्च अदालतमा कंगनाले मागिन् दूई करोडको क्षतिपुर्ति

मुम्बई उच्च अदालतमा कंगनाले मागिन् दूई करोडको क्षतिपुर्ति

अन्तराष्ट्रिय, समाचार
भदाै ३० काठमाडौं । पछिल्लो समय शिवसेनासँग विवाद परेकी भारतिय अभिनेत्री कंगना रनौटले मुम्बई उच्च अदालतमा दुई करोडको क्षतिपुर्ति माग गरेकी छिन् । उनको मुम्बईको बान्ड्रास्थित बंगला नम्बर ५ भत्काइएपछि उनले क्षतिपुर्ति मागेकी हुन् । बीएमसीले उनको बंगला ४० प्रतिशत भत्काइदिसकेको छ । कंगना मुम्बईलाई पाकिस्तान शासित कश्मिरसँग तुलाना गरेपछि शिवसेनासँगा विवादमा परेकी हुन् । शिवसेनाले महाराष्ट्र राज्यमा सरकार चलाइरहेको छ । ...
1,000 firefighters, 15 aircraft battle wildfire in Portugal

1,000 firefighters, 15 aircraft battle wildfire in Portugal

अन्तराष्ट्रिय
LISBON, Portugal, September 15-Almost 1,000 firefighters and 15 water-dropping aircraft battled a major wildfire in central Portugal on Monday, as strong winds pushed the flames through dense and hilly woodlands.The blaze was in central Portugal around Proença-a-Nova, 200 kilometres (124 miles) north of Lisbon. The fire’s perimeter stretched more than 55 kilometres (34 miles), local Civil Protection Agency commander Luis Belo Costa told a news conference, adding that an “extraordinary” amount of tinder-dry vegetation was fueling the flames.About two dozen people were evacuated from hamlets as more than a dozen bulldozers cleared firebreaks in the area. The wildfire began Sunday, and five firefighters suffered burns in its initial stages as their vehicle was caught in the flames.Larg...
अस्ट्रेलियामा पत्रकार सीता रसाइली “NSW Volunteer of the Year Award” द्वारा सम्मानित

अस्ट्रेलियामा पत्रकार सीता रसाइली “NSW Volunteer of the Year Award” द्वारा सम्मानित

अन्तराष्ट्रिय
भदाै ३० काठमाडाैं । बिगत लामो समय देखि अस्ट्रेलियामा बस्दै आउनु भएकी सीता रसाइली बिश्वकर्मा सामाजिक अभियन्ता साथै रातो पाटी अनलाइन मेडियाका पत्रकार हुनुहुन्छ। सामाजिक कार्यमा सदैब सकृय रहदै आउनु भएका सीताले समाजप्रतिको योगदान जति नै ब्याख्या गरिए पनि अपुग रहन सक्छ। उहाको सामाजिक कार्यको प्रतिको उच्च मुल्यांकन समय समयमा हामीले समाचार र अन्य माध्यम बाट देखिरहेको नै छौ। भर्खरै मात्र एन. यस. डब्लु. राज्य ले २०२० मा पनि सामाजिक कार्य प्रतिको उच्च मुल्यांकन गर्दै युथ तर्फ बाट “NSW Volunteer of the Year Award” द्वारा सम्मानित गरेको जानकारी प्राप्त भएको छ । यस अवार्डले आफु लाई समाज प्रति थप कार्य गर्न हौसला मिलेको बताउदै, भविष्यमा नया कार्य योजनाको साथ समाजमा आउने सोच रहेको जानकारी ओएस नेपाल सगको कुराकानीमा जानकारी दिनु भएको थियो । ...
डढेलो प्रभावित क्यालिफोर्निया राज्यको भ्रमणमा ट्रम्प

डढेलो प्रभावित क्यालिफोर्निया राज्यको भ्रमणमा ट्रम्प

अन्तराष्ट्रिय
भदाै ३० काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डढेलो प्रभावित क्यालिफोर्निया राज्यको भ्रमण गरेका छन् ।त्यस क्रममा राष्ट्रपति ट्रम्पले डढेलो लाग्नुको कारण जलवायु परिवर्तन नभई कमजोर वन व्वस्थापनको परिणाम भएको बताए । जलवायु परिवर्तनबारे ‘विज्ञानलाई बेवास्ता नगर्न’ एक अधिकारीले गरेको आग्रहलाई अस्वीकार गर्दै ट्रम्पले भने, ‘अब चिसो हुन थाल्छ, तपाईँ हेर्दै गर्नुहोस्, मलाई लाग्दैन विज्ञानलाई खासै थाहा छ।’ क्यालिफोर्नियामा ठूलो डढेलोको कारण जलवायु परिवर्तनको असर हो कि भन्ने पत्रकारको जिज्ञासामा ट्रम्पले भने, ‘मलाई लाग्छ यो व्यवस्थापनसँग अझ बढी सम्बन्धित कुरा हो।’ डढेलो नियन्त्रणमा अमेरिकाले अरू देशहरूको तुलनामा धेरै राम्रो काम गरेको उनले दाबी गरे । तस्वीर : रोयटर्स डढेलो नियन्त्रणको प्रयास विफल भएको भन्ने आलोचकलाई उनले  अस्ट्रेलिया र ब्रजिलका जङ्गलमा लागेका डढेलोहरूका ...