आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

कोरोनाबाट अति प्रभावित इटलीमा ७ महिनापछि विद्यालय खुले

कोरोनाबाट अति प्रभावित इटलीमा ७ महिनापछि विद्यालय खुले

अन्तराष्ट्रिय
भदाै २९ कोडोग्नो । इटलीको कोरोनाभाइरसबाट अति प्रभावित क्षेत्रमा सात महिनापछि सोमबारदेखि विद्यालयहरु सूचारु भएका छन्।देशको उत्तरी क्षेत्रमा पर्ने यस ठाउँमा त्यसबेला देखि केही समय कोरोनाभाइरसको महामारी उत्कर्षमा पुगेको थियो। यहाँका धेरै बालबालिकाहरुले कोरोनाका कारण हजुरबुवा हजुर आमा गुमाएका छन् भने कतिपयले अन्य आफन्तहरु पनि गुमाएका छन्।विद्यालय खुल्नु लकडाउन पूर्वको अवस्थामा लैजानका लागि महत्वपूर्ण कदम भएको स्थानीय विद्यालयका प्राचार्य सेसिलिया कुगिनीले बताए। ...
Brazil’s COVID-19 weekly death toll rises to about 4,000 fatalities

Brazil’s COVID-19 weekly death toll rises to about 4,000 fatalities

अन्तराष्ट्रिय
September 14 Brasilia [Brazil] :The number of coronavirus-related fatalities in Brazil has surpassed 131,600 with about 4,000 deaths registered over the past week, according to the country’s Health Ministry.In the past 24 hours, Brazil confirmed 415 new deaths from COVID-19 and 14,768 new coronavirus cases, the health ministry said on Sunday. Brazil’s total coronavirus death toll now stands at 131,625, while the country’s total number of cases is 4,330,455. A week ago, Brazil’s coronavirus death toll stood at around 127,000. Thus the country has seen a weekly rise of about 4,000 coronavirus-related fatalities.More than 3.5 million people have recovered from COVID-19 in Brazil. Brazil has the second-largest coronavirus death toll of all the countries in the world. It is surpassed on...
१७ सांसद कोरोना सङ्क्रमित

१७ सांसद कोरोना सङ्क्रमित

अन्तराष्ट्रिय, समाचार
भदाै २९ नयाँ दिल्ली । भारतका १७ जना सांसद कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि गरिएको छ ।संघीय संसदको बर्षे अधिवेशन शुरु हुनु अघि परीक्षण गरिएको नतिजा अनुसार उनीहरु सङ्क्रमित भएको सोमबार देखिएको हो । सङ्क्रमित भएकाहरुको सूचीमा सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली सांसदहरु मिनाक्षी लेखी, अनन्त कुमार हज्डी र प्रवेश सहिब सिंहलगायत रहेका छन् । भारतको संघीय संसदको बर्षे अधिवेशन सोमबारदेखि शुरु भएको छ । कोरोनाभाइरसको महामारीका कारण यो अधिवेशन ढिलागरी शुरु गरिएको हो । बैठकमा सहभागी हुँदा कोरोनाभाइरसबाट बच्नका लागि अपनाउनु पर्ने स्वास्थ्य सुरक्षाका सवै उपायहरु अपनाउन अनिवार्य गरिएको छ । स्वास्थ्य निर्देशिका अनुसार सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, हात धुनेलगायतका उपायहरु अबलम्बन गर्न लगाइएको छ । त्यसैगरी सांसदहरुको हाजिरी सोमबार पहिलो दिन एउटा एप मार्फत् गरिएको लोक सभा सचिवा...
बुधबारदेखि टिकटक बन्द हुने !

बुधबारदेखि टिकटक बन्द हुने !

अन्तराष्ट्रिय
भदाै २९ एजन्सी । अमेरिकाले चिनियाँ कम्पनीहरुले उत्पादन गरेका अधिकांश एप्लिकेसनहरु बन्द गराउने भएको छ ।यससँगै चर्चित मुद्दा बनेको टिकटकमाथिको प्रतिबन्ध पनि फुकुवा नगर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकसहितका चिनियाँ एप्समा प्रतिबन्ध लगाउने पूर्वनिर्णयबाट पछि नहट्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले यही सेप्टेम्बर १५ तारिख (भदौ ३० गते) देखि चिनियाँ सामाजिक सञ्जालका एप्लिकेसनहरुमा प्रतिबन्ध लगाउने बताएका छन् । अब त्यो मिति पर नसारिने पनि उनले बताए । प्रतिबन्ध लगाउने चिनियाँ एप्लिकेसनको सूचीमा विशेष गरी किशोर–किशोरीमा लोकप्रिय रहेको टिकटक रहेको छ । यो निकै बढी चर्चाको विषय पनि बनेको छ ।अमेरिकी सरकारले प्रयोगकर्ताको जानकारी दुरुपयोग भएको हुन सक्ने भन्दै राष्ट्रिय सुरक्षालाई ध्यान दिएर ती एप्सहरूमा प्रतिबन्धको तयारी गरिएको बताएको छ । ...
भारतमा कोरोना संक्रमितको संख्या ४८ लाख नाघ्यो, एकैदिन ९३ हजारमा संक्रमण

भारतमा कोरोना संक्रमितको संख्या ४८ लाख नाघ्यो, एकैदिन ९३ हजारमा संक्रमण

अन्तराष्ट्रिय
भदाै २९ काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४८ लाख नाघेको छ ।दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९३ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । सोमबार भारतमा ९३ हजार २१५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४८ लाख ४५ हजार ३ पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म ३७ लाख ७७ हजार ४४ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ८८ हजार २०५ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १४० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७९ हजार ७५४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । ...
नेदरल्याण्डका प्रधानमन्त्री साइकलमा स्याउ टोक्दै अफिस

नेदरल्याण्डका प्रधानमन्त्री साइकलमा स्याउ टोक्दै अफिस

अन्तराष्ट्रिय
भदाै २८ काठमाडौं । नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट साइकल हाँकेर अफिस गइरहेको तस्विर चर्चा छ।सामाजिक सञ्जालमा भाइरल भएको उक्त तस्बिरमा उनी स्याउ टोक्दै साइकल हाँकिरहेका देखिन्छन्। स्थानीय सञ्चार माध्यमका अनुसार शनिबार ​साप्ताहिक मन्त्रिपरिषद् बैठकका लागि निवासबाट कार्यालय जाँदै गर्दा प्रधानमन्त्रीको तस्बिर खिचिएको हो। ट्वीटर तथा फेसबुकसहितका सामाजिक सञ्जालमा डच प्रधानमन्त्रीको अहिले निकै प्रशंसा भइरहेको छ। धेरैले उनको सरलताको तारिफ गरेका छन्। ...
कोरोनाको उद्गमस्थल उहानमा पूर्ण क्षमतामा आन्तरिक हवाई उडान सुरु

कोरोनाको उद्गमस्थल उहानमा पूर्ण क्षमतामा आन्तरिक हवाई उडान सुरु

अन्तराष्ट्रिय
भदाै २८ बेइजिङ । कोरोनाभाइरस महामारीको केन्द्रका रुपमा चिनिएको चीनको उहान शहरबाट पूर्ववत रुपमा आन्तरिक उडानहरु शुरु भएको छ ।उहानमा गत वर्षको अन्त्यतिर कोरोनाभाइरस संक्रमित पहिलो व्यक्ति भेटिएका थिए। त्यसपछि उक्त शहरलाई झण्डै ७६ दिन पूर्ण लकडाउनमा राखिएको थियो। शहरमा कोरोनाभाइरसको संक्रमण तिब्र रुपमा फैलिइसकेको भन्दै सरकारले रातारात अस्पतालहरु पनि निर्माण गर्नु परेको थियो। गत अप्रिल महिनाको शुरुमा आंशिक खुला भएको उहानमा जनजीवन विस्तारै खुकुलो हुँदै गएको छ भने आन्तरिक उडान नियमित हुन थालेका छन्। उहान तियान्हे अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले शुक्रबार एकै दिन ५०० वटा आन्तरिक उडानबाट ६४ हजार ७०० यात्रुले सेवा लिएको जानकारी दिए। यस विमानस्थलबाट चाँडै नै सियोल, सिंगापुर, क्वालालम्पुर र जकार्ताको उडान शुरु गर्न लागिएको सिन्ह्वा समाचार समितिले विमानस्थलका एक अधिकारी झु झियानीको भ...
अमेरिकामा डढेलोका कारण २७ जनाले ज्यान गुमाए

अमेरिकामा डढेलोका कारण २७ जनाले ज्यान गुमाए

अन्तराष्ट्रिय
भदाै २८ काठमाडाैं । पोर्टल्याण्ड, संयुक्त राज्य अमेरिका,-अमेरिकी पश्चिमी तटीय क्षेत्रमा डढेलोका कारण आइतबारसम्म २७ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डढेलो प्रभावित क्यालिफोर्निको भ्रमण गरी आपतकालीन सेवा प्रदायक निकायका अधिकारीलाई भेटी डढेलोबाट भएको क्षतिबारे जानकारी लिनुहुनेछ ।डढेलोको प्रभाव क्यालिफोर्निया, ओरेगोन र वासिङ्टन वरपरका धेरै क्षेत्रमा डढेलो अझै फैलिने चेतावनी अमेरिकी अधिकारीले दिएका छन् । ओरेगोन विगत २४ घण्टामा चार र यो सातामा कूल १९ जनाको डढेलोका कारण मृत्यु भएपछि सरकारले विमानको सहायतामा विभिन्न जङ्गल क्षेत्रमा करिब २० हजार थप अग्निनियन्त्रकलाई खसालेको छ । क्यालिफोर्नियामा करिब चारमहिने तातो तथा सुख्खा मौसम आउनुपूर्व नै अघिल्ला वर्षहरूको तुलनामा धेरै क्षेत्रमा डढेलोको प्रभाब देखिएको छ । अमेरिकी राज्यहरूमा लागेका दुई ठूल...
नोभेम्बरमा ब्राजिलले मात्रै रुसबाट ५ करोड डोज कोरोनाको भ्याक्सिन लैजाने पक्का

नोभेम्बरमा ब्राजिलले मात्रै रुसबाट ५ करोड डोज कोरोनाको भ्याक्सिन लैजाने पक्का

अन्तराष्ट्रिय
भदाै २८ काठमाडौं। कोरोना महामारीको ठूलो चपेटामा परेको ब्राजिलले रुसबाट कोरोनाको भइाक्सिन किन्ने भएको छ । ब्राजिलले रुसबाट ५ करोड डोज भ्याक्सिन लिन लागेको हो । आफ्नो देशमा ठूलो संख्यमा भ्याक्सिन उत्पाद गरेसँगै रुसले कोरोना भ्याक्सिन विदेश पनि पठाउन थाले लगत्तै ब्राजिलले सबैभन्दा पहिले रुसबाट भ्याक्सिन लिने कदम चालेको हो । ब्राजिलमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमितको संख्या ४३ लाखभन्दा बढी भइसकेको छ । १ लाख ३१ हजारभन्दा बढीको मृत्यु भइसकेका कारण ब्राजिलको नेत्तृत्व यो रोगबाट आजिक भएका कारण उसले ब्राजिलका नियामकबाट अन्तिम स्वीकृति प्राप्त भइनसकेको र विश्व स्वास्थ्य संगठनबाट पनि मान्यता पाइनसकेको भ्याक्सिन ठूलो परिणाममा लिन तयार भएको हो । रुसी मिडिया रसिया टुडेका अनुसार रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फण्ड ९आरडीआइएफ०ले नोभेम्बरमा स्पुतनिक भी भ्याक्सिनको डेलिभरी सुरु गर्ने जनाएको छ । ...
भारतका गृह मन्त्री अमित शाह अस्पताल भर्ना

भारतका गृह मन्त्री अमित शाह अस्पताल भर्ना

अन्तराष्ट्रिय
भदौ २८ नयाँ दिल्ली । भारतका संघीय गृह मन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा अस्पताल भर्ना हुनुभएको छ । पूर्ण स्वास्थ्य परीक्षणका लागि उहाँलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उहाँलाई गत अगस्टको २ तारिखमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि कोरोना नेगेटिभ देखिएपछि उहाँलाई अगस्ट १४ मा डिस्चार्ज गरिएको थियो । त्यसपछि लगातार उच्च स्वास्थ्य निगरानीमा रहनु भएका शाह त्यतिबेलाको सङ्क्रमणको अन्तिम परीक्षणका लागि अहिले फेरी अस्पताल भर्ना हुनुभएको हो । संसदको नयाँ अधिवेशन शुरु हुनु अगाडि उहाँको पूर्ण स्वास्थ्य परीक्षण गर्न लागिएको भारतीय अधिकारीहरूले बताएका छन् । “गृह मन्त्री शाहलाई यसअघि गत अगस्त ३० मा अस्पतालबाट उहाँको निवासमा पठाइएको थियो, अहिले फेरी उहाँलाई भर्ना गरिएको छ,” अस्पतालद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । ...