नेपालमा जापानको प्रसिद्ध खाना ‘बेन्तो’को बिक्री शुरु
असोज २४ काठमाडौं । नेपालमा जापानको प्रसिद्ध खाना ‘बेन्तो’को बिक्री शुरु गरिएको छ । जापानिज खाना प्रवद्र्धनका लागि एक वर्षअघिदेखि सञ्चालनमा आएको होक्काइदो रामेन हाउसले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यमा बेन्तो नेपाली बजारमा प्रवेश गराएको हो ।
कम्पनीले नक्सालस्थित भाटभटेनी सुपरमार्केटबाट हाललाई पाँच विभिन्न किसिमका बेन्तोको परिकारको बिक्री शुरू गरेको जानकारी दिएको छ । बिस्तारै बेन्तोको प्रकार भाटभटेनीका अन्य आउटलेट र आफ्नै मिनी आउटलेट सञ्चालन गरी काठमाडौँ, पोखरा, चितवन, विराटनगरलगायतका अन्य शहरी क्षेत्रमा बिक्री बढाउँदै लगिने होक्काइडो रामेन हाउसका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले जानकारी दिनुभयो ।
“हामीले नेपालमा पहिलोपटक यो खानालाई लञ्च गरेका छौँ । बेन्तो जापानमा तालिमप्राप्त अनुभवी सेफले जापानको निगरानीमा तयार गर्नेछन् । तरकारी आफ्नै बारीमा फलाउँछौँ र अरू सामग्री पनि जापानमा तालि...









