आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

आईपीएल क्रिकेटः हैदराबादलाई ५ विकेटले पराजित गर्दै राजस्थानको तेस्रो जित

आईपीएल क्रिकेटः हैदराबादलाई ५ विकेटले पराजित गर्दै राजस्थानको तेस्रो जित

अन्तराष्ट्रिय, खेलकुद
असोज २६ काठमाडौं । राजस्थान रोयल्सले आईपीएल टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।आइतबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै राजस्थानले तेस्रो जित निकालेको हो । हैदराबादले दिएको १ सय ५९ रनको लक्ष्य राजस्थानले १९ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पूरा ग¥यो ।राजस्थानको जितमा राहुल टेवाटिया र रियान परागले उत्कृष्ट इनिङ्स खेले । राहुलले अविजित ४५ रन जोड्दा रियान ४२ रनमा अविजित रहे । दुबैले छैठौँ विकेटका लागि ८५ रनको साझेदारी गरे ।यस्तै सन्जु सामसनले २६ रन जोड्दा रोबिन उथप्पाले १८ रन बनाए । जोस बट्लरले १६ रन जोडे । हैदराबादका राशिद खान र खलिल अहमेदले २र२ विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । हैदराबादका लागि मनिस पाण्डेले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान डेभिड वार्नर ४८ रनमा आउट हुँदा ...
ह्वाइट हाउसको बार्दलीबाट ट्रम्पले गरे सम्बोधन

ह्वाइट हाउसको बार्दलीबाट ट्रम्पले गरे सम्बोधन

अन्तराष्ट्रिय
असोज २५ वासिङ्टन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको संक्रमणबाट आफू निको भएको जनाउँदै आफ्ना समर्थकलाई ह्वाइट हाउसको बार्दली (बाल्कोनी)बाट शनिबार साँझ सम्बोधन गर्ने भएका छन। राष्ट्रपति ट्रम्पका निजी चिकित्सकहरुले उनीबाट कोरोनाभाइरस संक्रमणको जोखिम नरहेको दाबी गरेका छन्।राष्ट्रपति ट्रम्पलाई गत अक्टोबर २ तारिखमा कोरोनाभाइरस संक्रमण पुष्टी भएसँगै अमेरिकी सैनिक अस्पतालमा उपचार गरिएको थियो। राष्ट्रपति ट्रम्पका निजी चिकित्सक फिजिसियन डा सिन कोन्लेले ट्रम्पको शनिबार गरिएको परीक्षणमा कोरानाभाइरसका लक्षणहरु नदेखिएको र उनी पूर्ण स्वस्थ रहेको बताएका छन। अमेरिकामा हालसम्म ७७ लाखभन्दा बढी मानिस कोरानाभाइरसबाट संक्रमित भइसकेका छन् भने २ लाख १३ हजारभन्दा बढीको ज्यान गइसकेको छ।राष्ट्रपति ट्रम्पमाथि कोरोना महामारीलाई नियन्त्रणमा ल्याउन पर्याप्त काम नगरेको आरोप लाग्दै...
कोरोना भाइरसको उच्च सङ्क्रमण रहेका  देश

कोरोना भाइरसको उच्च सङ्क्रमण रहेका देश

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७९ लाख ४५ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय आइतबार जानकारी दिएको छ। पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १८ हजार नाघेको छ। कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ७० लाख ५३ हजार भन्दा बढी सङ्क्रमित भएका र यस सङ्क्रमणबाट एक लाख ८ हजार ३७१ जनाको मृत्यु भईसकेको छ । कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख ९१ हजार नाघेको छ । सङ्क्रमणको कारण एक लाख ५० हजार भन्दा बढीको मृत्यु भएको छ । खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ८५ ह...
दुई विमान ठोक्किए, पाँच जनाको मृत्यु

दुई विमान ठोक्किए, पाँच जनाको मृत्यु

अन्तराष्ट्रिय
असोज २५ काठमाडौं । उडिरहेका दुई सानो आकारका विमान आकाशमा ठोक्किएर दुर्घटना भएको छ। फ्रान्सको पश्चिम–मध्य क्षेत्रमा विमान दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । टूर्स शहरको दक्षिण–पश्चिममा स्थानीय समय अनुसार शनिबार बेलुका साढे चार बजे दुई विमान ठोक्किएका हुन् । दुर्घटना लगत्तै ५० जना अग्निनियन्त्रकसँगै आपतकालीन सेवाका उद्दारकर्मीहरु घटनास्थल पुगेका थिए । ठोक्किएर दुई विमान भूइँमा खसेका हुन्, तर जमिनमा रहेका कोहीलाई पनि केही भएन । दुईजना रहेको माइक्रोलाइट विमान र तीनजना सवार रहेको विमान ठोक्किएका हुन् । दुवै विमानमा रहेका गरी कुल पाँचजनाको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनाको अनुसन्धान सुरु गरेको स्थानीय प्रहरीले जनाएको छ । ...
बेङ्ग्लोरको चौंथो जित, चेन्नई ३७ रनले पराजित;आईपीएल

बेङ्ग्लोरको चौंथो जित, चेन्नई ३७ रनले पराजित;आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज २५ काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले चौथो जित निकालेको छ । राति साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ३७ रनले हराउँदै बेङ्ग्लोरले चौथो जित निकालेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बेङ्ग्लोरले दिएको १७० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि अम्बाती रायाडुले सर्वाधिक ४२ रन बनाए । यस्तै नारायण जागाडिसनले ३३ रन जोड्दा शेन वाट्सनले १४ र कप्तान महेन्द्र सिंह धोनीले १० रन बनाए । बेङ्ग्लोरका लागि क्रिस मोरिसले ३ विकेट लिए ।वासिङ्गटन सुन्दरको नाममा २ विकेट रह्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनाएको थियो । बेङ्ग्लोरका लागि कप्तान विराट कोहलीले अविजित रहँदै ९० रनको अर्धशतकीय इनिङ्स खेले । शिवम डुबेले अविजि...
एनआरएनए विज्ञ सम्मेलनः अर्थतन्त्रलाई उकास्न सरकारले ठोस कदम चाल्नुपर्ने आजको आवश्यकता

एनआरएनए विज्ञ सम्मेलनः अर्थतन्त्रलाई उकास्न सरकारले ठोस कदम चाल्नुपर्ने आजको आवश्यकता

अन्तराष्ट्रिय
असोज २४ लण्डन । पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले कोभिड–१९ विरुद्धको काम तीनवटै सरकारको समन्वयमा भइरहेको बताउनु भएको छ। गैरआवासिय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा शनिबार डा खतिवडाले स्वास्थ्य क्षेत्रमा बढी बजेट विनियोजन भएको र क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापनको काम समन्वय गरेरै भइरहेको बताउनुभयो। यद्यपि, पछिल्ला दुई वर्ष यता शिक्षा र स्वास्थ्यमा बजेट विनियोजन बढे पनि पर्याप्त नरहेको उहाँले बताउनुभयो। पूर्वमन्त्री खतिवडाले स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि अध्ययनको काम भइरहेको बताउनुभयो। नेपाली कांग्रेसका नेता एवं पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशीले विदेशमा रहेका नेपालीको ज्ञानलाई स्वदेशमा प्रयोग गर्न सक्नुपर्ने बताउनुभयो। अहिले अर्थतन्त्रका केही इन्डिकेटर राम्रा रहे पनि विपन्न वर्गलाई सरकारल...
किम जोन उनद्वारा सबै कोरोना सङ्क्रमितको सुस्वास्थ्यको कामना

किम जोन उनद्वारा सबै कोरोना सङ्क्रमितको सुस्वास्थ्यको कामना

अन्तराष्ट्रिय
असोज २४ काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनले महामारीको वेवास्था गर्दै गरिएको सैन्य परेडमा शनिबार विश्वभरका कोरोनाभाइरस सङ्क्रमितको सुस्वास्थ्यको कामना व्यक्त गरेका छन। अमेरिका–उत्तर कोरियाबीचको भएका शिखर सम्मेलनका एक सदस्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भर्खरै भाइरसको साथ अस्पतालमा भर्ना भई उपचारपछि निवासमा फर्किएका समय नेता किमले उत्तर कोरियाली राज्य सञ्चालित टेलिभिजनमा प्रसारण गरिएको एक मन्तव्यमा भने, “विश्वव्यापी महामारी निम्त्याएको भाइरसको समस्यासँग जुधिरहेका विश्वभरका सबैको सुस्वास्थ्यको कामना छ।” उत्तर कोरियाको सरकारी टेलिभिजनले सत्तारुढ मजदुर पार्टीको ७५ औं वार्षिकोत्सव मनाउन प्योङयाङमा शनिबार भएको घण्टौं लामो सैन्य परेडको प्रत्यक्ष प्रसारण गरेको हो। कार्यक्रमको उद्घाटनको एक प्रचार पोस्टरको चित्रसाथ खोलिएको थियो, जसमा तीन उत्तरी कोरियालीहरूले यसको हथौड़ा, हँसिया ...
बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ लाख नजिक

बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ लाख नजिक

अन्तराष्ट्रिय
असोज २४ काठमाडौं । बङ्गलादेशमा पछिल्लो २४ घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक हजार २०३ रहेको स्वास्थ्य सेवा निर्देशनालयले शनिबार जानकारी गराएको छ। बङ्गलादेशमा अहिलेसम्म कूल तीन लाख ७७ हजार ७३ जना सङ्क्रमित भएका छन् भने मृत्यु सङ्ख्या पाँच हजार ५०० पुगेको छ। तथ्याङक अनुसार विगत २४ घण्टामा बङ्गलादेशमा १० हजार ८५९ व्यक्तिको कोभिड–१९ परीक्षण भएकोमा एक हजार २०३ जना सङ्क्रमित भेटिएका हुन्। इस्लाम बहुल यो मुलुकमा शनिबार कोभिड–१९ सङ्क्रमणमुक्त भएका विरामीको सङ्ख्या एक हजार ४५३ रहेको बताइएको छ। अहिलेसम्म कूल दुई लाख ९१ हजार ३६५ व्यक्ति निको भई घर फर्किएका छन्। सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर १।४६ प्रतिशत रहेको छ भने सङ्क्रमणमुक्त भएको सङ्ख्या ७७.२७ प्रतिशत रहेको छ। बङ्गलादेशमा सबैभन्दा बढी जुलाई २ मा चार हजार १९ व्यक्ति सङ्क्रमित भएका...
भारतको सीमामा चीनले ६० हजार सैनिक खटायो : पोम्पिओ

भारतको सीमामा चीनले ६० हजार सैनिक खटायो : पोम्पिओ

अन्तराष्ट्रिय
असोज २४ काठमाडौं ।अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले चीनले भारतको उत्तरी सिमामा ६० हजार सैनिक तैनाथ गरेको बताएका छन्।हालै जापानको टोकियोमा आयोजित कार्यक्रमबाट फर्किएका पोम्पिआको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो। भारत र चीनबीच पछिल्लो समय सीमा विवादलाई लिएर तनाव चुलिएको छ। दुवै देशले सीमामा हतियार तथा सैनिकको संख्या बढाएको खबर सार्वजनिक भइरहेका छन्।पोम्पिओ केहि दिन अघि जापानको टोकियोमा आयोजित क्वाड समुहका देशहरू भारत, जापान र अष्ट्रेलियाका समकक्षीहरूसँगको बैठकमा भाग लिएका थिए। क्वाड समुहमा भारत, जापान, अस्ट्रेलिया र अमेरिका सम्मिलित छन्।उक्त बैठकमा अमेरिकाले चीनको खतराविरुद्ध आफूहरु एक हुनुपर्ने बताएको थियो। टोकियोबाट फर्केपछि पोम्पिओले एक अन्तरवार्तामा चीनले भारतीय सीमामा ६० हजार सैनिक खटाएको बताएका हु। पोम्पिओले चिनियाँ कम्युनिस्ट पार्टी विश्वका लागि खतरा भएको पनि बताएका छन्।...
अमेरिकी राष्ट्रपति पदकालागि प्रतिश्पर्धामा रहेका दुई उम्मेदबारबीचको दोस्रो बहस औपचारिक रुपमै रद्ध

अमेरिकी राष्ट्रपति पदकालागि प्रतिश्पर्धामा रहेका दुई उम्मेदबारबीचको दोस्रो बहस औपचारिक रुपमै रद्ध

अन्तराष्ट्रिय
असोज २४ काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिस्पर्धी जो बाइडेनबीचकोको दोस्रो टेलिभिजन बहस नहुने भएको छ ।राष्ट्रपति ट्रम्प भर्चुअल बहसका लागि तयार नभएको र उनमा कोरोना संक्रमण भएका कारण प्रत्यक्ष बहस आयोजना गर्न नसकिएकाले कार्यक्रम नै रद्द गरिएको आयोजकले जनाएका छन् । वाल स्ट्रिट जर्नलले लेखेको समाचारलाई उद्धृत गर्दै सीएनएनले जनाए अनुसार अब दुई उम्मेदवारबीच नासभिलेमा अक्टोबर २२ तेस्रो टिभी बहस हुनेछ ।अक्टोवर १५ मा मियामीमा आयोजना गरिएको दोस्रो बहस रद्द गरिएको छ । ...