आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

नेपालमा जापानको प्रसिद्ध खाना ‘बेन्तो’को बिक्री शुरु

नेपालमा जापानको प्रसिद्ध खाना ‘बेन्तो’को बिक्री शुरु

अन्तराष्ट्रिय
असोज २४ काठमाडौं । नेपालमा जापानको प्रसिद्ध खाना ‘बेन्तो’को बिक्री शुरु गरिएको छ । जापानिज खाना प्रवद्र्धनका लागि एक वर्षअघिदेखि सञ्चालनमा आएको होक्काइदो रामेन हाउसले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यमा बेन्तो नेपाली बजारमा प्रवेश गराएको हो । कम्पनीले नक्सालस्थित भाटभटेनी सुपरमार्केटबाट हाललाई पाँच विभिन्न किसिमका बेन्तोको परिकारको बिक्री शुरू गरेको जानकारी दिएको छ । बिस्तारै बेन्तोको प्रकार भाटभटेनीका अन्य आउटलेट र आफ्नै मिनी आउटलेट सञ्चालन गरी काठमाडौँ, पोखरा, चितवन, विराटनगरलगायतका अन्य शहरी क्षेत्रमा बिक्री बढाउँदै लगिने होक्काइडो रामेन हाउसका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले जानकारी दिनुभयो । “हामीले नेपालमा पहिलोपटक यो खानालाई लञ्च गरेका छौँ । बेन्तो जापानमा तालिमप्राप्त अनुभवी सेफले जापानको निगरानीमा तयार गर्नेछन् । तरकारी आफ्नै बारीमा फलाउँछौँ र अरू सामग्री पनि जापानमा तालि...
फ्रान्समा ह्वात्तै बढे कोरोना संक्रमित

फ्रान्समा ह्वात्तै बढे कोरोना संक्रमित

अन्तराष्ट्रिय
असोज २४ काठमाडौं । फ्रान्समा एकैदिनमा २० हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।एकैपटक यति धेरै कोरोना संक्रमित थपिएपछि फ्रान्स सरकारले कोरोनाका कारण अवस्था खतरापूर्ण भएको बताएको छ । शुक्रबार मात्रै फ्रान्समा यति धेरै संक्रमित थपिएका हुन् ।त्यहाँ शुक्रबार २० हजार ३३९ जना संक्रमित थपिएका छन् भने बिहीबार १८ हजार १२९ जना संक्रमित थपिएका थिए । त्यस्तै सोमबार १८ हजार ७४६ जना संक्रमित थपिएका छन् । ...
पाकिस्तानमा पनि प्रतिवन्ध सामाजिक सञ्जाल टिकटक

पाकिस्तानमा पनि प्रतिवन्ध सामाजिक सञ्जाल टिकटक

अन्तराष्ट्रिय
असोज २४ काठमाडौं । सामाजिक सञ्जाल टिकटक प्रतिवन्ध लगाउने देशहरुको सूचीमा पाकिस्तान पनि थपिएको छ । चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरुले प्रतिवन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिवन्ध लगाएको हो । “अनैतिक सामग्रीहरु” भएको निश्कर्ष निकाल्दै पाकिस्तानले शुक्रबारदेखि टिकटकलाई देश भित्र प्रतिवन्ध लगाउने निर्णय गरेको अधिकारीहरुले जनाएका छन् । चीनसँगको सदाबहार मित्र भएपनि चिनियाँ एपलाई मुलुक भित्र प्रतिवन्ध लगाउनु पर्ने बाध्यता सृजना भएको अधिकारीहरुको भनाई छ । टिकटकबाट मुस्लिम धार्मिक संस्कारको उलंघन र त्यसलाई असर पार्ने कार्य भइरहेकाले त्यसलाई नियन्त्रणका लागि टिकटक प्रतिवन्ध लगाउनु परेका उनीहरुले बताएका छन् । पाकिस्तानी दुरसञ्चार प्राधिकरणद्धारा जारी वक्तव्यमा सामाजिक तथा धार्मिक संस्कार विथोल्ने गतिविधि भएको भन्दै टिकटकका विरुद्धमा उजुरीहरु परेको उल्लेख गरिएक...
लेबनानको राजधानी बेइरूतमा विस्फोट

लेबनानको राजधानी बेइरूतमा विस्फोट

अन्तराष्ट्रिय
असोज २४ काठमाडौं । लेबनानको राजधानी बेइरुतस्थित एउटा घना बस्तीमा बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । अन्य २० जना घाइते भएका छन् ।इन्धन भरिएको ट्यांक घना बस्तीमा बिस्फोट भएको बीबीसीले जनाएको छ । तारिक-अल-दिदे जिल्लामा ट्यांकमा आगो लागेपछि विस्फोट भएको बताइएको छ ।गत अगस्टमा २०३ जनाको ज्यान लिनेगरी भएको विस्फोटपछि भएको यो विस्फोटपछि मानिसहरू अत्तालिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । एजेन्सी ...
सुनको विमानमा उड्ने मलेसियाली राजाकी राजकुमारीले गरिन् कामदारसँग विवाह

सुनको विमानमा उड्ने मलेसियाली राजाकी राजकुमारीले गरिन् कामदारसँग विवाह

अन्तराष्ट्रिय
असोज २४ काठमाडौं । मायामा सबै समान, उच्च र निच भन्ने हुँदैन भन्ने भनाई चरितार्थ भएको छ । मायाले धनी र गरिब पनि भन्दैन । साँचो मायामा कुनै भेदभाव हुँदैन् । यसैले होला दुनियाँमा मायालाई सबैभन्दा पवित्र मानिएको । हाल एक अनौठो विवाहको बारेमा जानकारी आएको छ । मलेशियाको जोहोर स्टेटको राजकुमारी तुन्कु तुन अमीनाह मैमुनाह इस्कांदरियाहको १४ अगष्टमा डच मुलका डेनिस मुहम्मद अब्दुललाहसँग विवाह भएको छ । विवाहको रोचक कुरा चाँही सुल्तानको एक प्रपर्टी डेवलपमेन्ट फर्ममा डनिसले काम गर्थे । दुवैजनाले प्रेम विवाह गरेका हुन् । तीन वर्ष पहिला राजकुमारी र डेनिसको भेट मलेशियाको एक क्याफेमा भएको थियो । भेट पछि डेनिसले इस्लाम स्वीकार गरेका थिए । यस विवाहलाई दुवै परिवारको सर्मथन र आर्शिवाद मिलेको थियो । दुवै परिवारले सबै परम्परागत प्रक्रिया पुरा गरेर विवाह सम्पन्न गरेका हुन् । जोहोरका मुसलमानले सयौं वर्ष...
मेसीको गोलमा अर्जेन्टिनाको जीत ;विश्वकप छनौट २०२२

मेसीको गोलमा अर्जेन्टिनाको जीत ;विश्वकप छनौट २०२२

अन्तराष्ट्रिय, खेलकुद
असोज २४ काठमाडौं । अर्जेन्टिनाले २०२२ को कतार विश्वकप फुटबलअन्तर्गत दक्षिण अमेरिकी छनोटमा जितका साथ अभियान थालेको छ । बिहीबार अर्जेन्टिनाको राजधानीमा सम्पन्न छनोट खेलमा अर्जेन्टिनाले इक्वेडरमाथि १–० को जित दर्ता गर्‍यो । अर्जेन्टिनालाई जित दिलाउँदा कप्तान लियोनल मेसीले एक मात्र पेनाल्टी गोल गरेका थिए । अर्जेन्टिनी फुटबल संघले छनोट खेलमा सीमित दर्शकलाई अनुमति दिएको थियो । बोम्बोनेरा रंगशाला लगभग खाली भए पनि थोरै दर्शकले अर्जेन्टिनाका कप्तान मेसीलाई हौसला बढाएका थिए । ९० मिनेटसम्म समर्थकले ‘मेसी–मेसी’ भनी समर्थन गरिरहे । खेलको १२औँ मिनेटमा इक्वेडरका लुकास ओकाम्पोसले डि–बक्सभित्र फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पायो । मेसीले कुनै गल्ती नगरी अर्जेन्टिनालाई १–० को अग्रता दिलाए । विश्वकप छनोटमा अर्जेन्टिनाले पछिल्लो आठ खेलमध्ये एक खेलमा मात्र गुमाएको छ । यद्यपि झिनो एक गोलको अन्तरमा व...
विश्वकप छनोटमा कोलम्बियाको विजयी सुरूवात

विश्वकप छनोटमा कोलम्बियाको विजयी सुरूवात

अन्तराष्ट्रिय, खेलकुद
असोज २४ काठमाडौं ।विश्वकप छनोट खेलमा कोलम्बियाले विजयी सुरुवात गरेको छ ।शनिबार बिहान भएको विश्वकपको दक्षिण अमेरिकी छनोटमा कोलम्बियाले भेनेजुयलालाई ३–० ले हराएको हो कोलम्बियाको जितमा लुइस मुरीलले दुई तथा डुभान जपताले एक गोल गरे । १६औं मिनेटमा कोलम्बियाका डुभान जपताले अग्रता दिलाएको खेलमा २६औं मिनेटमा लुइस मुरीलले गोल गर्दै कोलम्बियाको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा मुरीलले व्यक्तिगत दोस्रो गोल गरेपछि कोलम्बियाले ३-०को अग्रता बनायो । त्यसपछि दुबै टोलीबाट कुनै पनि गोल भएन र अन्ततः कोलम्बियाले खेल ३-० जित्यो । एजेन्सी ...
दिल्ली क्यापिटल्स आईपीएल टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा

दिल्ली क्यापिटल्स आईपीएल टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा

अन्तराष्ट्रिय, खेलकुद
असोज २४ काठमाडौं । यूएईको सारजाहमा शुक्रबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । सारजाह क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ८५ रनको लक्ष्य पच्छ्याएको राजस्थान १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३८ रनमा समेटियो ।राजस्थानका राहुल टेवाटियाले सर्वाधिक ३८ रन बनाए । यस्तै याशभी जैशवालले ३४ रन जोड्दा कप्तान स्टिभ स्मिथले २४ रन बनाए । जोस बट्लर १३ रनमा आउट भए । राजस्थानलाई सस्तैमा समेट्न दिल्लीका कागिसो रबडाले ३ विकेट लिए । यस्तै रविचन्द्र आश्विन र मार्कुस स्टोनिसले २/२ विकेट लिए । अक्षर पटेल, हर्सल पटेल र एन्रीच नोर्ट्जेको नाममा १/१ विकेट रह्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।दिल्लीका लागि शिम्रन हिटमायरले सर्वाधिक ४५ रन बनाए । यस्तै मार्कुस स्टोनिसले ३९ रन जोड्दा कप्तान श्...
स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको घरमा चोरी

स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको घरमा चोरी

अन्तराष्ट्रिय
असोज २३ काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको घरमा चोरी भएको छ । पोर्चुगलको माडेरियाको फन्चलस्थित रोनाल्डोको घरमा चोर पसेको हो । चोरले रोनाल्डोको घरबाट केही सामान चोरी गरेको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् । रियल मड्रिडका पूर्व स्टार रोनाल्डोको घरबाट चोरले हस्ताक्षर गरिएको एउटा जर्सी चोरेर लगेको छ ।चोरी भएको दिन भने रोनाल्डो पोर्चुगलको राष्ट्रिय टीमबाट स्पेनविरुद्धको मैत्रीपूर्ण खेल खेलिरहेका थिए । ग्यारेजको ढोकामार्फत चोर रोनाल्डोको घरभित्र छिरेको जनाइएको छ । त्यो ढोका घरका कामदारहरुले बन्द गर्न भुलेका थिए ।स्थानीय प्रहरीले चोरीबारे अनुसन्धान शुरु गरिएको समाचारहरुमा जनाइएको छ । अनुसन्धानका क्रममा सीसीटीभी जाँच गर्दा घरभित्र चोर घुसेको दृश्य देखिएको छ ।सात तलाको रोनाल्डोको उक्त घरमा दुई पौडी पोखरी, फुटबल मैदान समेत छ । ...
राजस्थानविरुद्ध टस हारेको दिल्ली ब्याटिङ गर्दै

राजस्थानविरुद्ध टस हारेको दिल्ली ब्याटिङ गर्दै

अन्तराष्ट्रिय, खेलकुद
असोज २३ काठमाडौं । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत शनिबार बेलुका राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स प्रतिष्पर्धा गर्दै छन् ।शारजाहमा राजस्थानका कप्तान स्टिभ स्मिथले टस जितेर बलिङ रोजेपछि नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेसमेत आबद्ध दिल्ली ब्याटिङमा उत्रँदै छ । हालसम्म दिल्लीले खेलेका पाँचवटै खेलमा मौका नपाएका सन्दीप छैटौं खेलमा पनि बेन्चमा नै रहेका छन् ।आजको खेलमा दिल्लीले कुनै परिवर्तन नगरी अघिल्लो खेलमा मैदान उतारेकै टोलीलाई निरन्तरता दिएको छ । राजस्थानले भने आजको खेलमा दुई परिवर्तन गरेको छ, अंकित राजपूत र टम करानको स्थानमा वरुण आरुन र एन्ड्र्यु टाइलाई मौका दिइएको छ । दिल्लीले हालसम्म खेलेका पाँच खेलमध्ये चारमा जीत हात पारेको छ भने एकमा पराजित भएको छ । त्यसैगरी राजस्थानले भने तीनमा हार व्यहोर्दा दुई खेलमा जीत निकालेको छ । ...