शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

विश्वकप छनोटमा कोलम्बियाको विजयी सुरूवात

असोज २४ काठमाडौं ।विश्वकप छनोट खेलमा कोलम्बियाले विजयी सुरुवात गरेको छ ।शनिबार बिहान भएको विश्वकपको दक्षिण अमेरिकी छनोटमा कोलम्बियाले भेनेजुयलालाई ३–० ले हराएको हो कोलम्बियाको जितमा लुइस मुरीलले दुई तथा डुभान जपताले एक गोल गरे ।

१६औं मिनेटमा कोलम्बियाका डुभान जपताले अग्रता दिलाएको खेलमा २६औं मिनेटमा लुइस मुरीलले गोल गर्दै कोलम्बियाको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा मुरीलले व्यक्तिगत दोस्रो गोल गरेपछि कोलम्बियाले ३-०को अग्रता बनायो ।

त्यसपछि दुबै टोलीबाट कुनै पनि गोल भएन र अन्ततः कोलम्बियाले खेल ३-० जित्यो । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *