असोज २४ काठमाडौं । फ्रान्समा एकैदिनमा २० हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।एकैपटक यति धेरै कोरोना संक्रमित थपिएपछि फ्रान्स सरकारले कोरोनाका कारण अवस्था खतरापूर्ण भएको बताएको छ ।
शुक्रबार मात्रै फ्रान्समा यति धेरै संक्रमित थपिएका हुन् ।त्यहाँ शुक्रबार २० हजार ३३९ जना संक्रमित थपिएका छन् भने बिहीबार १८ हजार १२९ जना संक्रमित थपिएका थिए ।
त्यस्तै सोमबार १८ हजार ७४६ जना संक्रमित थपिएका छन् ।
