शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको घरमा चोरी

असोज २३ काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको घरमा चोरी भएको छ । पोर्चुगलको माडेरियाको फन्चलस्थित रोनाल्डोको घरमा चोर पसेको हो । चोरले रोनाल्डोको घरबाट केही सामान चोरी गरेको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् ।

रियल मड्रिडका पूर्व स्टार रोनाल्डोको घरबाट चोरले हस्ताक्षर गरिएको एउटा जर्सी चोरेर लगेको छ ।चोरी भएको दिन भने रोनाल्डो पोर्चुगलको राष्ट्रिय टीमबाट स्पेनविरुद्धको मैत्रीपूर्ण खेल खेलिरहेका थिए ।

ग्यारेजको ढोकामार्फत चोर रोनाल्डोको घरभित्र छिरेको जनाइएको छ । त्यो ढोका घरका कामदारहरुले बन्द गर्न भुलेका थिए ।स्थानीय प्रहरीले चोरीबारे अनुसन्धान शुरु गरिएको समाचारहरुमा जनाइएको छ ।

अनुसन्धानका क्रममा सीसीटीभी जाँच गर्दा घरभित्र चोर घुसेको दृश्य देखिएको छ ।सात तलाको रोनाल्डोको उक्त घरमा दुई पौडी पोखरी, फुटबल मैदान समेत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *