आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

विश्व किर्तिमानी डा.डिआर उपाध्याय विश्वकै टप १० किर्तिमानीको सूचिमा

विश्व किर्तिमानी डा.डिआर उपाध्याय विश्वकै टप १० किर्तिमानीको सूचिमा

समाचार, समाज
मंसिर १२ । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायले आफ्ना थप २२ विश्व कीर्तिमान सार्वजनिक गर्नुभएको छ । सोमबार काठमाडौंमा एक विशेष समारोहमा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा कीर्तिमानी उपाध्यायका थप २२ विश्व कीर्तिमान सार्वजनिक तथा हस्तान्तरण एवं एल्वम विमोचन गरिएको हो । प्रथम उपराष्ट्रपति झाले डा. उपाध्यायलाई विभिन्न विश्व रेकर्ड प्रदान गर्ने ११ ओटा संस्थाले उपलब्ध गराएका प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो भने समारोहमा ‘अविच्छिन्न’ एल्वम विमोचन गरिएको थियो । यसअघि विभिन्न विधामा गिनिज बुकअफ वल्र्ड रकेर्डसहित ११० विश्व रेकर्ड कायम गर्नुभएका उपाध्यायको वल्र्ड रेकर्डको संख्या १३२ पुगेको छ । यसअघि अन्र्तराष्ट्रिय पचास भाषामा गीत, एकैदिन सबैभन्दा धेरै दैनिक पत्रिकामा लेख प्रकाशित, गीतको सबैभन्दा सानो पुस्तक, नोट साइजको गीतको पुस्तक, ३७० ओटा ...
वरिष्ठ मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई ‘राष्ट्रिय सौन्दर्यकर्मी सम्मान’

वरिष्ठ मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई ‘राष्ट्रिय सौन्दर्यकर्मी सम्मान’

आर्थिक, समाचार, समाज
सेलिब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई यस वर्षको राष्ट्रिय सौन्दर्यकर्मी सम्मानबाट सम्माति गरिएको छ । राज मेकअप स्टुडियोका प्रमुख तथा मेकअप आर्टिष्ट पाण्डेलाई राष्ट्रिय नाचघरमा सम्पन्न दोश्रो क्वालिटी ईन्टरटेनमेन्ट अवार्डमा उक्त सम्मान प्रदान गरिएको हो । राष्ट्रिय अन्तराष्ट्रिय अवार्ड विजेता पाण्डेलाई सौन्दर्यकर्मीको रुपमा लामो समयदेखि योगदान दिए वापत सम्मान गरिएको आयोजकले जनाएको छ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा विभिन्न ३९ विधामा अवार्ड प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको हो । यस्तै सो समारोहमा यो वर्षको क्वालिटी इन्टरटेनमेन्ट चलचित्र तथा संगीत पत्रकारिता पुरस्कार २५ हजार एक रुपैयाँ सहित पत्रकार डब्बु क्षत्रीलाई प्रदान गरियो । अढाई दशक भन्दा लामो समयदेखि क्षेत्री पत्रकारितामा सक्रिय छन् । प्रमुख अतिथि प्रथम उपराष्ट्रपति झा सहित आयोजक संस्था क्वालिट...
यात्रारत यात्रा

यात्रारत यात्रा

समाचार, समाज
एभरेष्टमेन विषय देखे पछि कथा उन्ने तथा दृष्यमा बदल्ने गर्छु। समाजमा धेरै किसिमका विषयहरु हुन्छन् तर मलाई हाम्रै समाजका व्यक्तिले भोगिरहेका हाम्रै समाज वास्तविक विषयको मात्र कथा उन्न र दृष्यमा बद्लने सोच आउछ । मैले कथा बुनेका र दृष्यमा रुपान्तरण गरेका विषय कुनै विषेश लिङ्ग, जाति, क्षेत्रसँग सम्बन्धित हुने गर्छन् । यस क्रममा नयाँ ठाउँ खोज्ने र त्यसलाई यात्रादृष्यमा बदल्ने गर्छु यसले मलाई परम खुशी तथा आनन्द मिल्छ। यसै सिलसिलामा सन् २०११ मा सगरमाथाको चुचुरोबाट नेपाल बैंक लिमिटेडको व्यवसायिक विज्ञापन बनाए वापत विश्व रेकर्ड पनि बन्यो । यो अवधिको भोगाई र बुझाईका कारण सगरमाथाको आरोहणलाई गौरवमय बनाउने शेर्पा त्यसभित्रका पनि कथामा नभनिएका, नबुनिएका तर सगरमाथाको गरिमामा ईटा थपिरहनेहरुको विषयले मलाई एभरेष्टमेन बनाउन प्रेरित गर्यो । एभरेष्टमेन हिमाल आरोहणमा असाधारण क्षमता भएका कामीरिता शेर्पाको...
नेपालकै अग्रणी व्युटि सलुन ‘फेसियल हाउस’ १५ वर्षमा प्रवेश

नेपालकै अग्रणी व्युटि सलुन ‘फेसियल हाउस’ १५ वर्षमा प्रवेश

समाचार, समाज
फेसियल हाउस १४ वर्ष पुरा भएर १५ वर्षमा प्रवेश गरिसकेको छ । यहाँ फुल फेमेली प्याकेजको सुविधा छ । फेसियल हाउस काठमाडौं उपत्यका लगायत देशभर भएका व्युटी सैलुनहरु मध्य उत्कृष्ट सैलुनमा पर्न सफल छ । नेपालको नम्वर वान ब्युटी सौन्दर्यको अवार्ड पाउन पनि फेसियल हाउस सफल छ । नेपालमा नै उत्कृष्ट ब्राण्ड बन्न सफल छ फेसियल हाउस । यसैक्रममा हामीले फेसियल हाउसका प्रवन्ध दिर्नेशक तथा बरिष्ठ सौन्दर्यविद सुष्मा महरासँग कुराकानी गरेका छौंः फेसियल हाउसको कसरी सेवा प्रदा गरिरहेको छ ? सानो बच्चादेखि लिएर वृद्धवृद्धासम्मका लागि प्याकेज हामीसँग छ । इन्फ्रा स्टक्चर पनि सोही अनुशार बनाएका छौं । बच्चालाई मनपर्ने खेलौनाको चेयर छन् । कपालको लागि सोही अनुशारको सेप्रेट रुममा पनि सर्भिस दिन्छौं । हजुर बुवा हजुर आमाको लागि पनि सोही अनुशारको प्याकेज छन्् । लेडिज तथा जेन्स ब्युटी पार्लर भन्न भन्दा पनि फुल फेमेली प्याकेजव...
कोलकतामा दशैँ सांस्कृतिक महोत्सव भव्य रुपमा सम्पन्न

कोलकतामा दशैँ सांस्कृतिक महोत्सव भव्य रुपमा सम्पन्न

समाचार, समाज
कोलकता । शिव कैलाश कला मन्दिरको प्रस्तुति कोलकतामा दशैँ सांस्कृतिक महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । शिव कैलाश कला मन्दिर काठमाडौंका नारायण रिजालको संयोजन रहेका कलाकार हरूले आ-आफ्नो प्रस्तुति दिएका थिए । आयोजक गोरखनाथ सेवासमिती अघ्यक्ष केशव अधिकारी क्षेत्री, उपाध्यक्ष खेमराज बराल, व्यवस्थापक अरुण पान्डे, महासचिव नरविक्रम थापा, गोरखनाथ सेवा समिति मुल कमिटी सांस्कृतीक सम्योजक सुखदेव प्रधान, सचिव मोहन सिंहले संयोजन गर्नुभएको कार्यक्रममा दिलिप थापा डान्स एकेडेमीकोसमेत प्रस्तुति रहेको थियो । नारायण रिजालको संयोजनमा रहेका नेपालका कलाकारहरूमा रेनुका रिजाल, भरत पुटुवार, स्नेहा घिमिरे, युनिशा रिजाल, रोशन बुढाथोकी, शान्ता सत्याल, बिकास तामाङ, प्रतिज्ञा भण्डारी, राजकुमार सिंह तथा गायक सविन शंकर र गायिका सपना सुनारका साथमा सरु बुढाथोकी, बालकलाकार आस्तिक रिजाल र रिह्नान बुढाथोकीले प्रतुति दिनु...
नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन सम्पन्न

नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन सम्पन्न

समाचार, समाज
नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन सम्पन्न भएको छ । जेसीजमा आवद्ध युवाहरुलाई अन्तरनिहीत क्षमता विकास गरी सामाजिक, ब्यवसायिक, आर्थिक, अन्तराष्ट्रियक्षेत्रमा पहुँच बिस्तार गर्न नेपाल जेसीजले हरेक बर्ष क्षेत्र क, ख, ग र घ मा क्षेत्रगत सम्मेलन गर्ने सिलसिलमा भाद्र ३१ र असोज १ गते क्षेत्र ‘ग’ सम्मेलन काठमाडौमा भएको हो । सम्मेलनको काठमाडौ लेडि जेसीजको अतिथ्यता भएको उक्त सम्मेलनको समुद्घाटन समारोहका प्रमुख अतिथीका बाग्मती प्रदेश प्रमुख राजेन्द« पाण्डेले युवाहरुलाई देशमै रोजगारीको अवस्था श्रीजना गर्न बाग्मती प्रदेश सरकारले बजेट बिनियोजन गरेको जानकारी दिनुभयो । त्यस्तै नेपाल जेसीज २०२२ का अध्यक्ष जेसीआई सिनेटर लालमणि भण्डारीले नेपाल जेसीजले युवाहरुलाई परिचालन गरी स्थानीय सरकार र केन्द्रीय सरकार संग सहकार्य गरेर अघि बढन तयार रहेको बताउनुभयो । नेपाल जेसीजका कार्यकारीणि उपाधक्ष्य तथा सम्मेलन सभापती र...
लायन्स क्लब अफ काठमाडौं एपेक्सले भोली रक्तदान कार्यक्रम गर्दै

लायन्स क्लब अफ काठमाडौं एपेक्सले भोली रक्तदान कार्यक्रम गर्दै

समाचार, समाज
काठमाडौं – लायन्स क्लब अफ काठमाडौं एपेक्सले कान्तिपुर मलमा रक्तदान कार्यक्रम गर्ने भएको छ। एपेक्सले भोलि असोज तीन गते नयाँ बसपार्क,गोङ्गबु स्थित कान्तिपुर मलमा बिहान ९ बजे देखि रक्तदान कार्यक्रम गर्न लागिरहेको छ। सामाजिक उत्तरदायित्वको भावनाले गर्न लागिएको रक्तदान कार्यक्रममा कान्तिपुर मलले सहयोग गर्न लागेको लायन्स क्लब अफ काठमाडौं एपेक्सका अध्यक्ष लायन गणेश बजगाईले बताउनुभयो । साथै, पायक पर्ने सबैलाई यस कार्यमा जोडिन आग्रह गर्नुभएको छ। “रगत कुनै वस्तु जस्तो उत्पादन गर्न नसकिने चिज रहेको तर एकले अर्कालाई दिन मिल्ने हुँदा सामाजिक उत्तरदायित्वको भावना र मर्म अनुरुप यस पुण्यकार्यमा सहभागी भईदिनुहुन कान्तिपुर मलका महाप्रबन्धक अमर निरौलाले अपिल गर्नुभएको छ।सामाजिक कार्यमा कान्तिपुर मल सदैव अग्रसर हुने निरौला अगाडि थप्नुहुन्छ। रक्तदान कार्यको रुपरेखा आयोजक: लायन्स क्लब अफ काठमाडौं सहयो...
क्षेत्र ‘ग’ सम्मेलनमा स्वागत गर्न तयार छौं : जेसी रमा प्याकुरेल

क्षेत्र ‘ग’ सम्मेलनमा स्वागत गर्न तयार छौं : जेसी रमा प्याकुरेल

समाचार, समाज
काठमाडौ- काठमाडौ लेडी जेसीजको अतिथ्यतामा हुन गईरहेको नेपाल जेसीज क्षेत्र ग सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको छ । भाद्र ३१ र असोज १ गते गरि दुई दिनसम्म नयांबजार स्थीत नेपा ब्याँक्वेटमा हुने उक्त सम्मेलनको विषयमा जानकारी दिने उद्देश्यले आज पत्रकार सम्मेलन गरिएको थियो । सम्मेलन वारे थप जानकारी दिदै,कार्यक्रम भव्य र सभ्य हुने कुरा आतिथ्य शाखा अध्यक्ष जेसी सोनी श्रेष्ठले बताउनुभएको थियो ।१८ देखि ४० वर्षका युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्था नेपाल जेसिजको वार्षिक कार्यक्रम अन्तर्गत गर्न लागिएको यस क्षेत्र  सम्मेलन उत्कृष्ट र अलग हुने सम्मेलन सभापति तथा निरुपित कार्यकारिणी उपाध्यक्ष जेसी रमा प्याकुरेलले जानकारी दिनुभयो ।पत्रकार सम्मेलनमा बोल्दै, सम्मेलन निर्देशक तथा काठमाडौ लेडी जेसीज १९८८ का अध्यक्ष शारदा मानन्धर पाण्डेले, सम्मेलनलाई थप आर्कषक बनाउन नेपाली संस्कृति तथा वातावरण सं...
नेपाल एसियाको स्विट्जरल्याण्ड हुने सम्भावना:सद्गुरु

नेपाल एसियाको स्विट्जरल्याण्ड हुने सम्भावना:सद्गुरु

समाचार, समाज
काठमाडौँ। योगी, दुरदर्शी एवम् ईशा फाउण्डेशनका संस्थापक सद्गुरुले नेपाली संस्कृतिमा शुद्धता र मिठास भएकोले यो भूमीले एसियाको स्विट्जरल्याण्ड हुने सम्भावना बोकेको बताउनुभयो । काठमाडौँ बत्तिसपुतलीस्थित द्वारिका होटलमा आयोजित एक कार्यक्रमा विभिन्न सञ्चार गृहका प्रतिनिधि तथा व्यवसायीहरुलाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । राष्ट्र निर्माणका लागि सबै एकजुट हुनुपर्ने कुरा उल्लेख गर्दै सदगुरुले भन्नुभयो, “कुनै पनि मुलुक अविकसित हुनु भनेको एउटा अवसर हो ताकि हामी आफूले चाहेको जस्तो राष्ट्र बनाउन सकौँ ।” उहाँले विषेशगरी युवा तथा व्यवसायीहरुलाई एकजुट भएर राष्ट्रको हितको लागि भिजन निर्माण गर्न साथै आगामी निर्वाचनअघि राष्ट्रको भविष्य तय गर्न नेताहरूसमक्ष सो भिजन प्रस्तुत गर्न आग्रह गर्नुभयो । राजनीति विभेदको खेल नभएर राष्ट्रको हितका लागि नीति बनाउने माध्यम भएकोले सबै एकजुट भएर अगाड...
नेपाल जेसीज क्षेत्र ‘ग’ को सम्मेलन हुदै

नेपाल जेसीज क्षेत्र ‘ग’ को सम्मेलन हुदै

समाचार, समाज
नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको छ । काठमाडौ लेडी जेसीजको अतिथ्यतामा भाद्र ३१ र असोज १ गते दुइ दिनसम्म काठमाडौ नयांबजार स्थीत नेपा ब्याक्वेटमा हुने भएको छ । नेपाल जेसीज क्षेत्र ‘ग’ का निरुपीत राष्ट्रिय उपाधक्ष्य योगिराज अधिकारीले सम्मेलनले सम्पुर्ण जेसीज सदस्यहरुमा बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताए  । सम्मेलनमा विभिन्न किसिका नेतृत्व र क्षमता बवकास केन्द्रीत तालिमहरुको व्यवस्था गरिएको उनले जानकारी बताए । क्षेत्रगत सम्मेलन जेसीज सदस्यहरुको लागि मात्र नभई समाजका हरेक तहका युवाहरुलाई एकताबद्ध गराउदै हरेक क्षेत्रमा लक्ष्य प्रापितकालागि महत्वपूर्ण भूमिका खेल्ने अधिकारीले बताए । त्यस्तै नेपाल जेसीज क्षेत्र ‘ग’ की निरुपीत कार्यकारीणि उपाध्यक्ष तथा क्षेत्र ‘ग’ सम्मेलन सभापतति रमा प्याकुरेलले क्षेत्रगत सम्मेलनमा नेपाल जेसीजका गतिविधिका बारे जानकारी दिदै ...