काठमाडौं – लायन्स क्लब अफ काठमाडौं एपेक्सले कान्तिपुर मलमा रक्तदान कार्यक्रम गर्ने भएको छ। एपेक्सले भोलि असोज तीन गते नयाँ बसपार्क,गोङ्गबु स्थित कान्तिपुर मलमा बिहान ९ बजे देखि रक्तदान कार्यक्रम गर्न लागिरहेको छ। सामाजिक उत्तरदायित्वको भावनाले गर्न लागिएको रक्तदान कार्यक्रममा कान्तिपुर मलले सहयोग गर्न लागेको लायन्स क्लब अफ काठमाडौं एपेक्सका अध्यक्ष लायन गणेश बजगाईले बताउनुभयो ।
साथै, पायक पर्ने सबैलाई यस कार्यमा जोडिन आग्रह गर्नुभएको छ। “रगत कुनै वस्तु जस्तो उत्पादन गर्न नसकिने चिज रहेको तर एकले अर्कालाई दिन मिल्ने हुँदा सामाजिक उत्तरदायित्वको भावना र मर्म अनुरुप यस पुण्यकार्यमा सहभागी भईदिनुहुन कान्तिपुर मलका महाप्रबन्धक अमर निरौलाले अपिल गर्नुभएको छ।सामाजिक कार्यमा कान्तिपुर मल सदैव अग्रसर हुने निरौला अगाडि थप्नुहुन्छ।
रक्तदान कार्यको रुपरेखा आयोजक: लायन्स क्लब अफ काठमाडौं
सहयोग: कान्तिपुर मल
स्थान: कान्तिपुर मलको प्राङ्गण
मिति: २०७९/०६/०३ (सोमबार) समय: बिहान ९:०० बजे