नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको छ । काठमाडौ लेडी जेसीजको अतिथ्यतामा भाद्र ३१ र असोज १ गते दुइ दिनसम्म काठमाडौ नयांबजार स्थीत नेपा ब्याक्वेटमा हुने भएको छ ।

नेपाल जेसीज क्षेत्र ‘ग’ का निरुपीत राष्ट्रिय उपाधक्ष्य योगिराज अधिकारीले सम्मेलनले सम्पुर्ण जेसीज सदस्यहरुमा बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताए  । सम्मेलनमा विभिन्न किसिका नेतृत्व र क्षमता बवकास केन्द्रीत तालिमहरुको व्यवस्था गरिएको उनले जानकारी बताए ।

क्षेत्रगत सम्मेलन जेसीज सदस्यहरुको लागि मात्र नभई समाजका हरेक तहका युवाहरुलाई एकताबद्ध गराउदै हरेक क्षेत्रमा लक्ष्य प्रापितकालागि महत्वपूर्ण भूमिका खेल्ने अधिकारीले बताए ।

त्यस्तै नेपाल जेसीज क्षेत्र ‘ग’ की निरुपीत कार्यकारीणि उपाध्यक्ष तथा क्षेत्र ‘ग’ सम्मेलन सभापतति रमा प्याकुरेलले क्षेत्रगत सम्मेलनमा नेपाल जेसीजका गतिविधिका बारे जानकारी दिदै देशभरी रहेका आफ्ना शाखाहरुको गतिविधिहरुको जानकारी लिइने बताइन । साथै सम्मेलनले नेपाल जेसीजका बारेमा नयां सदस्यहरुलाई पर्याप्त जानकारी दिनुका साथै एक आपसमा फेलोसिपको बिस्तार गर्ने महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

नेपाल जेसीजको क्षेत्रगत सम्मेलनमा उठेका विशेष एजेण्डाहरुमा छलफल गरी उक्त एजेण्डा महासभामा पेश गर्न सकिने ब्यवस्था रहेको र महासभाबाट उक्त एजेण्डा परित भएमा नेपाल जेसीजले नितीगत रुपमा लागु गर्ने सम्मेलन सभापति रमा प्याकुरेलले जानकारी दिए ।

सम्मेलनको सबै तयारी भई सकेको बताउदै आतिथ्य शाखा काठमाडौ लेडी जेसीज २०२२ की अध्यक्ष सोनी श्रेष्ठले नेपाल जेसीजका केन्द्रिय पदाधीकारीहरु, नेपाल जेसीजका महत्वपूर्ण शाखा अध्यक्षहरु तथा सबै जेसीज मित्रहरुलाई तथा शुभेच्छुक संघ संस्थाहरु सबैलाई स्वागत गर्दे अतिथ्यता प्रदान गर्न आतुर रहेको बताइन् । दुइ दिनसम्म चल्ने उक्त सम्मेलनको पहिलो दिन भाद्र ३१ गते उद्घाटन सत्रमा प्रमुख अतिथीका रुपमा बाग्मती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेको उपस्थिति रहने काठमाडौ लेडी जेसीज २०२२ की अध्यक्ष सोनी श्रेष्ठले जानकारी दिइन् ।

सम्मेलन निर्देशक तथा काठमाडौ लेडी जेसीज १९८८ का अध्यक्ष शारदा मानन्धर पाण्डे सम्मेलनलाई थप आर्कषक बनाउन नेपाली संकृति तथा वातावरण संरक्षणलाई सन्देश खालका कार्यक्रमहरुमा जोड दिइने बताइन ।

पाण्डेका अनुसार बर्ष नेपाल जेसीज २०२२को नारा ‘एक्ट फर इम्प्याक्ट’ लाई मध्यनजर गर्दे सम्मेलनमा युवा व्यवसायीहरुलाई नेतृत्व तथा क्षमता विकास र महिला सशक्तिकरणमा अग्रणी भुमिका खेल्ने व्यक्तित्वहरुलाई सफल उधमी निर्वाण चौधरी, नेपाल चेम्बर अफ कर्मसका पुर्व अध्यक्ष भवानी राणा, एसिड भिक्टीम तथा सामाजिक अभियन्ता मुस्कान खातुन लगायतको विशेष सेसन रहनेछ । क्षेत्र ग सम्मेलन मार्फत नै नेपाल जेसीज २०२३को लागि उम्मेद्धारहरुको घोषणा समेत हुने सम्मेलन निर्देशक पाण्डेले जानकारी दिइन् ।

क्षेत्र क, ख र घ तिनै क्षेत्रको सम्मेलन सम्पन्न भइसकेपछि संघिय राजधानी काडमाडौमा हुन गइरहेको यस क्षेत्र ‘ग’ को सम्मेलनलाई बेग्लै महत्वका साथ हेरिएको इमाडोल जेसीज २०२२ की अध्यक्ष इच्छा गुरुङले जानकारी दिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here