पिम नेपाल चौथो वर्षमा, विभिन्न व्यक्तित्वहरुलाई सम्मान
काठमाण्डौ – पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले आफ्नो स्थापनाको तेश्रो वर्ष पुरा गरेर चौथो वर्षमा प्रवेश गरेका छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा भाद्र २५ गते राजधानीमा एक कार्यक्रमको आयोजना गरि पिम नेपालले आफ्नो स्थापनाको तेश्रोवर्षगाँठ भव्यरुपमा मनाएको हो । बरिष्ठ चलचित्र निर्देशक तथा कलाकार मोहन निरौलाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय गीतका रचनाकार व्याकुल माईला, बरिष्ठ संगीतकार राजु सिंह, बरिष्ठ पत्रकार विजयरत्न तुलाधर, बरिष्ठ पत्रकार एवं गीतकार शान्तिप्रिय, चर्चित संगीतकार सन्तोष श्रेष्ठ, गीतकार एवं सञ्चारकर्मी सुमन बैरागी, चलचित्र पत्रकार संघका उपाध्यक्ष जिवन पराजुली, चलचित्र पत्रकार एवं गीतकार डब्बु क्षेत्री, अभिनेता प्रवण भुषाल, संचारकर्मी सुर्य चन्द, चलचित्र पत्रकार गीता अधिकारी, डेल्फिन काउन्सिल नेप...









