बुद्ध जन्मस्थल लुम्बिनी र सेरोफेरो
नेपाल भगवान गौतम बुद्धको पावन जन्मभूमि हो । शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्व कै प्रमुख धार्मिक पर्यटकिय गन्तब्य मध्येको एक हो । जहाँ वार्षिक लाखौं पर्यटकहरु घुम्नका लागि आउने गर्दछन । त्यसो त भगवान बुद्धको जन्मस्थल लुम्बिनीका अलवा यस आसपास रहेका बुद्धसँग सम्बन्धित विभिन्न क्षेत्रहरु घुम्न लायकका स्थलका रुपमा रहेका छन् । जसमा तिलौराकोट, कुडान, अरौराकोट, सगरहवा, निक्लीहवा, गोटीहवा, सिसनिया, रामग्राम र देवदह पर्दछन् । लुम्बिनी सहित यस क्षेत्रलाई लुम्बिनी परिक्रमाका रुपमा विकास गर्दै लगिएको छ । धार्मिक, एतिहासिक एबम पुरातात्विक महत्वका यि स्थलको भ्रमणबाट घुमघामको रमाईलोसंगै प्राचिन सभ्यता, भगवान बुद्ध र बौद्ध संस्क्रितीको बारेमा महत्वपूर्ण जानकारी हासिल गर्न सकिन्छ।
लुम्बिनी परिक्रमा अन्तर्गत समेटिएका स्थलहरु
लुम्बिनी
शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म...









