चिसोबाट हुने निमोनियाबाट बच्न ज्येस्ठ नागरिक लक्षित कार्यक्रम
ललितपुर, १४ मङ्सिर -ज्येस्ठ नागरिकलाई चिसोबाट हुने निमोनियाबाट कसरी जोगिने भन्ने सिकाउने उदेश्यका साथ लगनखेलमा जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रम ललितपुर महानगरपालिका वडा नम्बर ०५, वडा स्वास्थ्य कार्यान्वयन समितिले पाटन स्वास्थ्य बिज्ञान प्रतिस्ठान, पाटन अस्पतालको प्राविधिक सहयोगमा शुक्रबार आयोजनामा आएको हो । ७० बर्ष र सो भन्दा माथिको उमेरका करिब डेढ सय ज्येस्ठ नागरिकको उपस्थिती माझ पाटन स्वास्थ्य बिज्ञान प्रतिस्ठान, पाटन अस्पतालका चिकित्सक डा. राजेश किशोर यादवले स्लाईड सो मार्फत प्रशिक्षण दिएका छ । प्रशिक्षणका क्रममा डा. यादवले चिसो मौसममा ज्येस्ठ नागरिकमा देखिने समस्या, त्यसबाट बच्नु पर्ने उपाय, भ्याक्सिन लगाउनु पर्ने उमेर र कारण, भ्याक्सिन लगाउदा लाग्ने खर्च आदीका बारेमा प्रकाश पारेका थिए । 'ललितपुर महानगर भित्र रहेका ७० बर्ष भन्दा माथिका ज्येस्ठ नागरिकलाई भ्याक्सिन...









