अपाङ्ग वाल शिक्षा सरोकार केन्द्रलाई गीतकार तथा मेची महाकाली बुहारी ग्याङ्गकी संयोजक यमु शर्मा बाट खाद्यान्न सहयोग
सामाजिक सञ्जाल फेसबुक मार्फत संगठित भएको मेची महाकाली बुहारी ग्याङले शनिबार झापाको अर्जुनधारामा रहेको अपाङ्ग वाल शिक्षा सरोकार केन्द्रलाई खाद्यान्न सहयोग गरेको छ । अभियानका संयोजक समेत रहेकी चर्चित गितकार यमु शर्मा सुब्बाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रलाई चामल, दाल, आलु, तेल, साबुन, प्याज तथा फलफुल हस्तान्तरण गरिएको थियो । आश्रममा ९ जना बालबालिका बस्दै आएका छन् । शारिरीक रुपमा असक्त कृष्णदेब दुलालको सक्रियतामा सञ्चालित केन्द्रले शिक्षकको ब्यवस्था गरेर आश्रममा रहेका बालबालिकालाई अध्ययन अध्यापन गराउँदै आएको छ । अमेरिका बस्दै आएकी संयोजक सुब्बाको सक्रियतामा ६ महिना अघि संगठित समुहले बिभिन्न स्थानमा सहयोग गर्दै आएको बताएको छ । झापा देखि कञ्चनपुरसम्मका ७७ वटै जिल्लामा नेटवर्क रहेको मेची महाकाली बुहारी ग्याङले चितवन, सुर्खेत, झापा र काठमाण्डौमा यो चरणमा सहयोग हस्तान्तरण गर्ने बता...









