आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

संखुवासभाको सिलिचोङमा पहिरो जाँदा ११ जना बेपत्ता

संखुवासभाको सिलिचोङमा पहिरो जाँदा ११ जना बेपत्ता

समाचार, समाज
संखुवासभा । केही दिनदेखि परिरहेको भारी वर्षाका कारण संखुवासभाका सिलिचोङ गाउँपालिकामा गएराति पहिरो जाँदा ११ जनाका बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, संखुवासभाले घटनास्थलमा सिलिचोङ प्रहरी कार्यालयबाट घटनास्थलमा टोली पठाएको छ । यद्यपि, हालसम्म टोली पुगिसकेको छैन । संखुवासभाका डीएसपी नवराज मल्लका अनुसार त्यस क्षेत्रमा पहिरोले ८ वटा घर पुरेको खबर आएको छ । ‘नजिकैको प्रहरी चौकीबाट घटनास्थलमा पुग्न चार घन्टा लाग्छ, अहिले ३ घन्टा हुन लाग्यो । टोली पुगेपछि विस्तृत खबर आउँछ’, मल्लले भने । मल्लका अनुसार वर्षाका कारण सदरमुकाम खाँदबारीका विभिन्न ठाउँमा पनि पहिरो गएको छ । क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ । ...
जाजरकोटकाे बारेकोटमा पहिराेले घर बगाउँदा १२ बेपत्ता

जाजरकोटकाे बारेकोटमा पहिराेले घर बगाउँदा १२ बेपत्ता

समाचार, समाज
 बारेकोट गाउँपालिका– ४ सार्कीगाउँमा गए राति पहिराले घर बगाउँदा १२ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दुई घरपरिवारका ५२ वर्षीय घरमूली गोपाल सार्की, उहाँकी श्रीमती ५० वर्षीया पुष्पा, १३ वर्षीया छोरी लक्ष्मी र ११ वर्षीय छोरा अर्जुन छन्। त्यस्तै अर्को घरका मूली कालु सार्की, १४ वर्षीया छोरी तिर्खा, ११ वर्षीया छोरी कमला र छ वर्षीय छोरा सुवास छन्। त्यस्तै पाहुना आएका कुशे गाउँपालिका– ९ चौताराका २० वर्षीय डिल्ली सार्की, १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षीय वीरेन्द्र सार्की बेपत्ता भएको बारेकोट– ४ का सचिव डम्बर पुनले जानकारी दिए। घटनास्थलमा तीन ठाउँबाट प्रहरी जाँदै गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए। त्यस्तै वडा नं ५ को खर्क तेलचउरेमा रहेको धान खेत पहिराले पुरेको बारेकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए।...
भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द

भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द

आर्थिक, समाज
काठमाडौं । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए । भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको शर्माले बताए । ...
६ सय व्यक्तिलाई निःशुल्क खाना खुवाइरहेको कार्यक्रम स्थगित

६ सय व्यक्तिलाई निःशुल्क खाना खुवाइरहेको कार्यक्रम स्थगित

समाचार, समाज
असार २५ । कोरोना करहले दैनिक खान नपाएका पिडितलाई बुढानिलकण्ठ नगरपालिका-३का शिव श्रेष्ठले आफ्नो व्यक्तिगत प्रयासमा दैनिक सडकमा ६ सय व्यक्तिलाई निःशुल्क खाना खुवाइरहेको कार्यक्रम भोलीदेखि स्थगित गरेका छन् । पछिल्लो समय लकडाउन केही खुकुलो भएपछि खाना खान आउनेको सङ्ख्या तीनदेखि चारसय रहेको र सहयोगी साथीहरु कमहुँदै गएकोले हाललाई यो कार्यक्रम स्थगित गरिएको उनले बताए । वैशाख २५ गतेदेखि उनको समूहले नियमित खाना खुवाउँदै आइरहेका थिए । यसकार्यका लागि उनलाई रामलाल श्रेष्ठ, भीमसेन टी लामालगायतले सहयोग गरिरहेका थिए । पबित्र सेवाभाबले शुरु गरिएको खाना खुवाउने यस अभियान शुरुमा आफैँले व्यक्तिगत खर्चमा शुरु गरेता पनि पछिल्लो समय अन्य सङ्घ संस्थाहरुको सहकार्य भएको शिवले जनाए । यस महान् कार्यका लागि आ-आफ्नो ठाउँबाट सहयोग पुर्‍याउने सबैलार्ई शिवले धन्यवाद दिएका छन् । आउँदा दिनमा पनि यस कार्य...
कोरोना महामारीमा रोटरी र रोट्रयाक्ट क्लबको सहयोग

कोरोना महामारीमा रोटरी र रोट्रयाक्ट क्लबको सहयोग

समाचार, समाज, स्वास्थ्य
काठमाडौं, २५ असार - कोरोना भाइरसको महामारीको समयमा रोटरी क्लब अफ काठमाडौं मिड टाउन र पिए नेपालको संयुक्त आयोजनामा रोट्रयाक्ट क्लब अफ काठमाडौं मिड टाउनले सोर्हखुट्टे, काठमाडौं क्षेत्रका करिब ३ सय व्यक्तिको लागि खाना तयार पारेर वितरण गरेको छ । कार्यक्रमको मुख्य अभिप्राय नै सहयोग गर्ने भएकाले यसका लागि "हेल्पिंग हाण्ड" अर्थत "सहयोगी हात" नाम दिईएको छ । यस अन्तर्गत, स्वयंसेवकहरूले खाना तयार पार्ने, खाद्य पदार्थको प्याकेजिंग गर्ने र परिसर सफा गर्ने काम १० दिनसम्म गरेका थिए । यस कार्यलाई सफल पार्नेको लागि रोट्रयाक्ट क्लब अफ बुढानिलकण्ठ, रोट्रयाक्ट क्लब अफ काठमाडौं, रोट्रयाक्ट क्लब अफ कुपन्डोल, रोट्रयाक्ट क्लब अफ स्वयम्भु , रोट्र याक्ट क्लब अफ पीपुल्स क्याम्पस र रोट्रयाक्ट क्लब अफ काठमाडौं विश्वविद्यालय मेडिकल स्कूलको योगदान रहेको छ । रोट्रयाक्ट क्लब अफ काठमाडौं मिड टाउन धेरै किसिमका सामाजिक का...
भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा १८ जना बेपत्ता,२ शब भेटिए

भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा १८ जना बेपत्ता,२ शब भेटिए

समाचार, समाज
गत राति आएको भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा १८ जना बेपत्ता भएका छन् भने २ शब प्राप्त भएको छ । राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको छ। बिहान ५ बजेबाट हराएकाहरुको खोजी कार्य थालिएको छ । बाढीले खाटचौर भन्ने स्थानमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको छ भने बस्तीमा क्षति पु(याएको छ । जम्बो भन्ने स्थानमा आएको बाढीले ८ भन्दा बढी घर बगाएको छ । सबैभन्दा बढी सोही स्थानमा मानवीय क्षति भएको हो । यता, जिल्ला प्रहरी कार्यालय सिन्धुलपाल्चोकका अनुसार जम्बो र भोटेकोशी गाउँपालिकाको बञ्जी जम्प भएको नजिकै रहेको दुई स्थानमा मानवीय क्षति भएको खबर आएको छ । ठाउँठाउँमा बाटोमा क्षति भएको कारण प्रहरीलाई सो स्थानमा पुग्न कठिनाइ भइरहेको छ । क्षतिको यकिन विवरण आइनसकेको प्रहरीको भनाइ छ । ...
नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा क्षेत्री

नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा क्षेत्री

राजनीति, समाचार, समाज
सरकारले एआईजी शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षक नियुक्त गरेको हो। बरियतामा पहिलो नम्बरमा रहेका थापालाई बिहीबारबाट लागू हुनेगरी आईजीपी नियुक्त गरेको हो। थापाले २०७९ वैशाख १९ गतेसम्मका लागि प्रहरीको नेतृत्व गर्नेछन्। सरकारले यसअघि जस्तै बरियतामा पहिलो नम्बरमा रहेका व्यक्तिलाई नै आईजी नियुक्त गरेको हो। यसअघि ठाकुर ज्ञवाली र त्यसअघि सर्वेन्द्र खनाल पनि पहिलो नम्बरमै थिए। हालका आईजीपी ठाकुर ज्ञवालीले बुधबार अवकास पाउँदैछन्। प्रहरीमा भर्ती हुँदादेखि नै पहिलो नम्बरमा रहेका थापाले यसअघिका ५ वटा आईजीपीसँग सचिवालयमा रहेर काम गरिसकेका छन्। डीआईजी हुँदा प्रहरी प्रवक्ता र महानगरीय प्रहरी कार्यालयको प्रमुख रहेका थापा एआईजीमा बढुवा भएपछि मानव स्रोत एवं प्रशासन विभागमा कार्यरत छन्। २८ व...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अनशनरत सत्याग्रही युवाबीच १२ बुँदे सहमति

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अनशनरत सत्याग्रही युवाबीच १२ बुँदे सहमति

समाचार, समाज, स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अनशनरत सत्याग्रही युवाबीच सहमति भएको छ । मन्त्रालयका तर्फबाट वरिष्ठ विशषेज्ञ डा.रोशन पोखरेल र सहप्रवक्ता डा.समिरकुमार अधिकारी र सत्याग्रही युवाका तर्फबाट बिन्ज्वाला श्रेष्ठ र डा.सन्तोष पौडेलबीच १२ बुँदे सहमति भएको हो । सहमतिसँगै अनशनरत युवाले अनशन तोड्न छन् । सहमतिअनुसार कोभिड–१९ को पहिचानका लागि आरडिटी प्रयोग स्थगित गरी पिसिआर विधिमात्र प्रयोग गरिने छ ।विदेशबाट नेपाल फर्किरहेका व्यक्ति, कोभिड १९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका, जोखिममा भएका स्वास्थ्य सेवाकर्मी, अत्यावश्यक सेवाकर्मी, श्वासप्रश्वाससम्बन्धी रोगका लक्षण देखा परेका, ज्वरो आएका, र स्वाद लिने वा गन्ध सुघ्ने शक्ति हराएकोजस्ता  कोभिड–१९ का कुनै पनि लक्षण देखा परेका व्यक्ति र पीसीआर परीक्षण गराइनुपर्ने चिकित्सकीय सुझाव पाएका सबै व्यक्तिको पिसिआर परीक्षण हुने छ । ...
दिनप्रति दिन बढिरहेको आत्महत्याका घटनाले सिंगो समाज चिन्तित

दिनप्रति दिन बढिरहेको आत्महत्याका घटनाले सिंगो समाज चिन्तित

Featured, समाचार, समाज
दिनप्रति दिन बढिरहेको आत्महत्याका घटनाले सिंगो समाज चिन्तित भएको छ । अझ फेसबुकमा लाईभ वा भिडियो खिच्दै आत्महत्या गरिएका घटनाले त समाजका अग्रजहरुलाई स्तब्ध नै बनाएको छ । अनमोल जीवनप्रतीको मोहभंगको जरोमा समाजका्े के कस्तो कमी–कमजोरीले मलजल गरिरहेको छ ? सबैले गम्भिरतापुर्वक चिन्तन–मनन गर्नुपर्ने अवस्था सिर्र्जना भएको छ । करिव एक वर्ष पूर्वको एक तथ्यांक अनुुसार विश्वमा प्रति ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्दछन् । कारोना भाइरस संत्रास तथा अन्य कारणले नेपालमा ६८४० जनाले आत्महत्याा गर्दछन । कोरोना भाइरस संत्रास तथा करिव करिव विश्वभरी नै अपनाइएको लकडाउनको अवधिमा जताततै आत्महत्याको घटना ह्वात्तै बढेको पनि पाइयो ।भारतिय अभिनेता सुशान्त सिंह राजपूत जस्ता प्रतिभाशालीको आत्महत्याले त मनोबैज्ञानिकहरुलाई समेत झस्काईदियो । आत्महत्यालाई काँथर मानसिकताको उपज मान्ने परम्परा पुरानो हो । तर यति सहजै यसलाई ...
बिहीबारदेखि नदीको बहावले सतर्कता तह पार गर्ने हुँदा पूर्वतयारी अपनाउन सरकारको अपिल

बिहीबारदेखि नदीको बहावले सतर्कता तह पार गर्ने हुँदा पूर्वतयारी अपनाउन सरकारको अपिल

समाचार, समाज
काठमाडौं – आउँदो बिहीबारदेखि देशका विभिन्न ठूला नदीको बहावले सतर्कता तह पार गर्ने हुँदा पूर्वतयारी अपनाउन स्थानीयवासीलाई आह्वान गरिएको छ । मनसुन सक्रिय रहेकाले वर्षा हुने क्रम निरन्तर जस्तै छ । नदी, खोला र खहरेमा बाढी बढेकाले त्यसबाट हुने जनधनको क्षति कम गर्न र सतर्क रहन सरकारले अपिल गरेको छ । जल तथा मौसम विज्ञान विभागले यही असार २५ गतेदेखि देशैभरका नदीमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । त्यसैगरी असार २७ देखि २९ गतेसम्म विभिन्न नदीमा उच्च बहावको सम्भावना छ । नारायणी, कन्काई, कोसी, कमला, बाग्मती, तिनाउ, पश्चिम राप्ती, बबई तथा यिनका सहायक नदीमा बहावले सतर्कता तह पार गर्ने सम्भावना औँल्याइएको छ । प्रदेश १ र २ तथा चुरे एवम् तराईका सबै नदीको बहावले सतर्कता तह पार गरी केही नदीमा खतराको तह आसपास पुग्ने सम्भावना रहेकाले सम्भावित उच्च जोखिम सामना गर्न पूर्वतयारीलाई प्राथमिकता दिन विभागले अनु...