आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

जिल्ला न्यायाधीशमा २६ जना नाम निकाल्न सफल

जिल्ला न्यायाधीशमा २६ जना नाम निकाल्न सफल

समाचार, समाज
काठमाडौं । न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिएको परीक्षामा २६ व्यक्ति लिखित परीक्षामा नाम निकाल्न सफल भएका जनाएको छ । आयोगले आज जिल्ला न्यायाधीशमा नाम निकाल्न सफल व्यक्तिको नामावली सार्वजनिक गरेको हो । जिल्ला न्यायाधीशको २९ पदमा ४५ जना नाम निकाल्न सफल भएका छन् । आयोगले जिल्ला न्यायाधीशका लागि आन्तरिक खुलाका लागि १४, खुला नौ, महिला एक, आदिवासी जनजाति दुई, मधेशी दुई, अपाङ्ग एक र पिछडिएका क्षेत्रका लागि एक जनाको विज्ञापन गरेको थियो । आन्तरिक खुलामा १६, खुलामा २६, मधेशी दुई र अपाङ्गमा एक जनाले लिखित परीक्षामा नाम निकालेका छन् ।      जिल्ला न्यायाधीशको परीक्षामा महिला, आदिवासी जनजाति र पिछडिएका क्षेत्रमा नाम निकाल्न नसकेकी कोटा खाली रहेको र मधेशी दुई कोटामा एक जनाले मात्र नाम निकालेका छन् ।  ...
यो पटकको साउनको सोमवार पशुपति नखुल्ने,दर्शनार्थीहरुले बाहिरैबाट दर्शन गर्नुपर्ने

यो पटकको साउनको सोमवार पशुपति नखुल्ने,दर्शनार्थीहरुले बाहिरैबाट दर्शन गर्नुपर्ने

समाचार, समाज
४ साउन, काठमाडौंः हरेक वर्ष जस्तो यस वर्षको साउनको पहिलो सोमबार पशुपतिनाथको दर्शन गर्न भक्तजनहरुले नपाउने भएका छन् । साउन ७ गतेसम्म सरकारले जारी गरेको लकडाउन कायम नै रहेकाले यस वर्षको सोमबार पशुपतिको दर्शन गर्न भक्तजनहरुले नपाउने भएका हुन् । पशुपति विकास कोषका अनुसार पशुपतिनाथको मन्दिरलाई तत्काल खुल्ला गर्ने निर्णय नभएकाले पहिलो सोमबार मन्दिर नखुल्ने भएको हो । मन्दिर खुल्ला गर्ने निर्णय सरकारले अहिलेसम्म नगरेकाले साउनको पहिलो सोमबार पशुपति नखुल्ने भएको छ । यो वर्ष दर्शनार्थीहरुले बाहिरैबाट दर्शन गर्नुपर्ने भएको छ । सरकारले लकडाउनलाई केही खुल्ला गरेसँगै विभिन्न क्षेत्रहरु विस्तारै खुल्ला हुँदै छन् । तर, भडिभाड हुने मन्दिरलाई अहिले नै सरकारले खोल्ने सुचिमा राखेको छैन । ...
अभिनेत्री नितु सहित ११ जना नेपालीलाई प्रख्यात अन्तर्राष्ट्रिय पीस अवार्ड

अभिनेत्री नितु सहित ११ जना नेपालीलाई प्रख्यात अन्तर्राष्ट्रिय पीस अवार्ड

समाचार, समाज
काठमाण्डौँ, साउन,  दक्षिण अफ्रिकाका बिश्व विख्यात नेता नेल्सन मण्डेलाको जन्मदिनको अवसर पारेर आज जुलाई १८ का दिन वितरण गरिएको इन्टरनेशनल पीस अवार्ड–२०२० बाट १२ जना नेपालीलाई पनि पुरस्कृत भएका छन् । जसमा कलाकार, पत्रकार र समाजसेवी रहेका छन । वर्ल्र्ड कनेक्ट डेभ्लप्मेन्ट तथा पीस अफ इन्डियाले यी नेपालीहरुलाई आफ्नो क्षेत्रमा विशिष्ट योगदान पुर्याए बापत सो पुरस्कारले पुरस्कृत गरेको हो । हालै चलेको बिषम परिस्थितिका कारण अनलाइनबाटै भर्चुयल कार्यक्रम गरी अवार्ड समारोह सम्पन्न गरिएको कुरा सम्मानित मध्यकी एक नेपाली अभिनेत्री तथा पिस अफ इण्डियाका लागि नेपालबाट प्रतिनिधित्व गर्दै आएकी नितु कोइरालाले जानकारी गराउनु भयो । कार्यक्रममा सो अवार्ड समारोहलाई पिस अफ इन्डियाका संस्थापक अध्यक्ष बिशाल भारद्वजले सम्बोधन गर्नु भएको थियो । पुरस्कृत हुनेहहरुमा नेपालकी महिला संगीतकार रेखा पौडेल, अभिनेत्...
सामाजिक दुरी कायम नगरी यात्रु ओसार पसार गर्ने यात्रुवाहक सवारी दिनभर होल्ड

सामाजिक दुरी कायम नगरी यात्रु ओसार पसार गर्ने यात्रुवाहक सवारी दिनभर होल्ड

समाचार, समाज
काठमाडौं । कोरोनाको जोखिमबाट बच्न सतर्कता नअपनाउने ३० वटा सार्वजनिक सवारीलाई ट्राफिक प्रहरीले होल्ड गरेको छ । सामाजिक दुरी कायम नगरी यात्रु ओसार पसार गर्ने यात्रुवाहक सवारीलाई शनिवार दिनभर होल्ड गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सार्वजनिक यातायातमा चढ्ने यात्रुलाई मास्क लगाउन, सेनिटाइजर प्रयोग गर्न र चालकले पञ्जा र मास्क लगाउन अनिवार्य गरिएको छ । सिटको क्षमताको आधा यात्रु चढाउन पाउने र तोकिएको भन्दा ५० प्रतिशत भाडा लिन पाउने शर्त पालना गराउन ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । सतर्कता नअपनाउने सवारी साधनलाई होल्ड गरेर संझाई बुझाई छाडिएको ट्राफिक महाशाखाका एसएसपी भिम प्रसाद ढकालले जानकारी दिए । प्रहरीले सुरक्षा सतर्कता अपनाउन र एकपटक रुट परिक्रमा गरेपछि डिसइन्फेक्सन गर्न आग्रह गर्दै ५ सय ५८ वटा भाडाका सवारीलाई सचेत गराएको छ । ...
प्राकृतिक कारणबाट एक वर्षमा चितवनमा २६ गैंडा मरे

प्राकृतिक कारणबाट एक वर्षमा चितवनमा २६ गैंडा मरे

आर्थिक, समाज
काठमाडौं- चितवन राष्ट्रिय निकुञ्ज र सो क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा एक वर्षमा प्राकृतिक कारणबाट २६ गैंडा मरेका छन्। सोमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई गैंडा वन क्षेत्रमा मरेका हुन्। निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५/०७६मा प्राकृतिक कारणले ४३ गैंडा मरेका थिए। त्यसको अघिल्ला दुई वर्ष प्राकृतिक कारणबाट २६र२६ गैंडा मरेका थिए। गत आर्थिक वर्षमा बुढो भएर ६, जुधेर ३, दलदलमा फसेर ३, ढुसियुक्त खानाका कारण ४, बाघको आक्रमणका कारण १ गैंडा मरेका छन्। त्यसै गरी करेन्ट लागेर दुई, रुखले किचेर एक, स्वास्थ्यमा समस्याका कारण तीन, कारण पत्ता लाग्न नसकेर तीन गैंडा मरेको उप्रेतीले जानकारी दिए। मरेकामध्ये १३ भाले, १० पोथी र ३ पहिचान हुन नसक्ने अवस्थामा भेटिएका थिए। अघिल्लो आर्थिक वर्षमा हालसम्मकै सबैभन्दा बढी गैंडा प्राकृतिक कारणबाट मरेका हुन्। त्यस वर्ष ...
पहिरो खस्दा तानसेन-बुटवल सडकखण्ड अवरुद्ध

पहिरो खस्दा तानसेन-बुटवल सडकखण्ड अवरुद्ध

समाचार, समाज
सिद्धार्थ राजमार्गमा पहिरो खस्दा शुक्रबार बिहानैदेखि तानसेन-बुटवल सडकखण्ड अवरुद्ध भएको छ। पाल्पाको तानसेन-८, गौडेपुलमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिए। वर्षा भइरहेकाले अहिले पनि पहिरो हटाउन समस्या भइरहेको प्रहरीले जनाएको छ। वर्षा भइरहेको र पहिरो खसिरहेकोले पहिरो पन्छाउन समस्या भएको हो।रासस ...
२४ घण्टामा ११६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार नाघ्यो

२४ घण्टामा ११६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार नाघ्यो

समाचार, समाज, स्वास्थ्य
काठमाडौं । नेपालमा मंगलबार ११६ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा थप ११६ जनामा कोरोना देखिएको जानकारी दिएका हुन्। योसँगै नेपालमा कारोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ। जसमध्ये १० हजार ३२८ जना निको भएका छन्। २४ घण्टामा मात्रै ३४ जना निको भएका छन्। नेपालमा हालसम्म ६हजार ६९५ जना विभिन्न आइसोलसनमा रहेर उपचार गराइरहेका छन्। ...
पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

समाचार, समाज
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने विश्वकर्मा बाबाको मन्दिर नजिक पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। मन्दिर नजिकैको घिउखोलामा आज बिहानै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ। पहिरोसँगै खसेको रुखले बा१४च ७०२० नंको कार र ना६ख १५५९ नंको ट्रक च्यापिएको प्रहरीले जनाएको छ। सो स्थानमा खसेको पहिरोका कारण कुनै पनि मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए। सुरक्षा निकाय र सडकको टोलीले पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको खाँणको भनाइ छ। पहिरोका कारण सडक अवरुद्ध हुँदा सडकमा सवारी साधनको लामो लाइन लागेको छ। रासस ...
प्रदेश पाँचमा रहेको बाँकेको कोहोलपुर नगरपालिका कर्णाली प्रदेशमा गाभिने निर्णय

प्रदेश पाँचमा रहेको बाँकेको कोहोलपुर नगरपालिका कर्णाली प्रदेशमा गाभिने निर्णय

राजनीति, समाचार, समाज
काठमाडौं। प्रदेश नम्बर पाँचमा रहेको बाँकेको कोहोलपुर नगरपालिकाले कर्णाली प्रदेशमा गाभिने निर्णय गरेको छ। हालै सम्पन्न नगरसभाबाट कोहोलपुर नगरपालिकाले कर्णाली प्रदेशमा गाभिने निर्णय गरेको सोमबार सार्वजनिक गरिएको हो। राज्य पुनर्संरचनाअनुसार बाँकेलाई प्रदेश नम्बर ५ मा राख्नु नै गलत भएकाले नगरपालिकाले कर्णाली प्रदेशमा गाभिने निर्णय गरेको नगरपालिकाकी उपमेयर सञ्जुकुमारी चौधरीले बताइन्। उनले डिसी नेपालसँग भनिन्, ‘हामीलाई प्रदेश पाँचमा राखेर पहिलो गल्ति गरियो। अब राजधानी पनि उता रुपन्देही हुने भएपछि त्यो हाम्रो लागि अपायक हुन्छ। त्यसैले पनि हामीले कर्णाली प्रदेशमा गाभिने निर्णय गरेका हौं।’ तर यसरी कुनै स्थानीय तहले कुनै प्रदेश छोड्ने र कुनै प्रदेशमा गाभिने निर्णय गर्न पाउने कानुनी अधिकार भने छैन। तर, प्रेसर क्रियट गर्न नगरपालिकाले यस्तो निर्णय गरेको उपमेयर चौधरीले बताइन्। त्यसो त बाँकेकै ...
लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि

लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि

समाज, स्वास्थ्य
ललितपुर- महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असरा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उहाँका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब सङ्कलनमा सबैको नतिजा पोजेटिभ आएको हो। नर्सले आफू सङ्क्रमित देखिनुअघि आमालाई लुभूस्थित स्वस्तिक फार्मेसीमा अन्य रोगको समस्या भएर उपचारका लागि ल्याएको वडाध्यक्ष विश्वराज श्रेष्ठले बताए। सो फार्मेसीमा कार्यारत श्रेष्ठका दुई छोराले यही असार २१ गते पाटन र टेकुमा गरेको स्वाब परीक्षणमा उनीहरुको रिपोट समेत कोरोना पोजेटिभ आएको श्रेष्ठले जानकारी दिए। श्रेष्ठलगायत उनका नाती र बुहारी भने हाल होम क्वारेन्टाइनमा छन्। फार्मेसीमा कार्यरत जेठो छोरा र अर्का चिकित्सक भनिएका कान्छा छोरा भने हाल सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा ...