आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

प्रहरी प्रधान कार्यालयमा कार्यरत चार  प्रहरीलाई कोरोना संक्रमण आशंकामा अस्पताल भर्ना

प्रहरी प्रधान कार्यालयमा कार्यरत चार प्रहरीलाई कोरोना संक्रमण आशंकामा अस्पताल भर्ना

समाज, स्वास्थ्य
प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना प्रहरीलाई कोरोना संक्रमण भएको आशंकामा अस्पताल भर्ना गरिएको छ। ज्वरो आएपछि प्रहरी अस्पतालमा भर्ना गरिएका उनीहरुमा कोरोना संक्रमणको आशंका गरिएको प्रधान कार्यालयले जनाएको छ। कोरोनासँग मिल्ने लक्ष्यण देखिएपछि स्वाब संकलन गरी प्रहरी अस्पतालले परीक्षणका लागि टेकू अस्पताल पठाएको प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले बताए। उनीहरुको सम्पर्कमा रहेका अरु प्रहरीलाई पनि क्वारेन्टिनमा राख्ने र स्वाव संकलन गर्ने तयारी भइरहेको छ। ...
चारकिलोमा पहिरो मुल्लिन-नारायणगढ सडक पुनः अवरुद्ध

चारकिलोमा पहिरो मुल्लिन-नारायणगढ सडक पुनः अवरुद्ध

समाचार, समाज
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा आज बिहान पुनः पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो । निरन्तरको वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । पहिरो ठूलो भएकाले के कतिखेर पन्छाएर सकिन्छ भन्न नसकिने उनले जानकारी बताए । सोही स्थानमा गत सोमबार पनि पहिरो खसेको थियो । सो पहिरो ३६ घण्टामा पन्छाइएको थियो । पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको छ । ...
ललितपुरको दर्जनौं ठाउँमा पहिरो

ललितपुरको दर्जनौं ठाउँमा पहिरो

समाचार, समाज
ललितपुर, ८ साउन । केही दिनदेखि परेको लगातार वर्षाका कारण ललितपुरको दर्जनौं ठाउँमा पहिरो गएको छ भने केही ठाउँ डुबानमा परेका छन्। धापाखेल, नक्खु, टीकाथली, किस्ट अस्पताललगायत स्थानमा डुबानमा परेका हुन्। केही घरहरू पहिरोको उच्च जोखिममा परेका छन्। दर्जनौं ठाउँमा गएको पहिराले दक्षिण ललितपुर–काठमाडौं सम्पर्क टुटेको छ। महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार दक्षिण ललितपुरको बागमती, कोन्जोस्योम र महांकाल गाउँपालिका जाने सडक अवरुद्ध भएका हुन्। टीकाभैरव हुँदै घुसेल जाने सडक, पाङदुर डोल, भालुखोला, रातो भीर, लुकुनी भीर, नयाँ गाउँ, ससिता भन्ज्याङ, मानिखेल, कालचे, रुम्बा टोल, बिर्खेधारा, खयरघारीलगायत ११ भन्दा धेरै ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको परिसरका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जनाए। उनले भने, ‘अझै विवरण लिने काम निरन्तर भइरहेका छ। डुबान र पहिरोको जोखिममा रहेकाहरूको प्रहरीले उद्धार गरेको ...
मनसुन कमजोर बन्दै गए पनि आज पुनः भारी वर्षाको सम्भावना

मनसुन कमजोर बन्दै गए पनि आज पुनः भारी वर्षाको सम्भावना

समाचार, समाज
काठमाडौं, मंगलबार रातिदेखि मनसुन कमजोर बन्दै गए पनि जोखिम अझै टरिनसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अझै पनि मनसुनी वायु नेपाल भित्रिने क्रम जारी छ । अहिले पनि देशभर मौसम आँशिकदेखि सामान्य बदली रहेको छ । अहिले वर्षा गराउने न्यूनचापीय रेखा केही दक्षिणतर्फ सरेको भए पनि नेपालको पूर्वी भेग नजिक रहेकाले विहिबार देशका केही भागमा भारी वर्षाको समेत सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १ र प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। त्यस्तै आज राती देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको हुने छ भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ । आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका ...
राजविराजमा बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु

राजविराजमा बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु

समाचार, समाज
कोरोना संक्रमण बढेको भन्दै सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराजमा आज बिहान ५ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जारी गरेको विज्ञप्तिअनुसार जिल्लामा ४०४ जनाका कोरोना संक्रमण भइसकेको र तीमध्ये राजविराजका एक जनाको मृत्यु भइसकेकाले यस नगरिपालिकामा अर्काे आदेश नहुँदासम्मका लागि अत्यावश्यक सेवाबाहेक अन्य सबै गतिविधि निषेध गरिएको उल्लेख गरिएको छ। ...
मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गर्दा एक लाख राजश्व सङ्कलन

मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गर्दा एक लाख राजश्व सङ्कलन

समाचार, समाज
कर्णाली, जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गर्दा करीब रु एक लाख राजश्व सङ्कलन गरेको छ । कार्यालयले दुई साताका अवधिमा एक हजार ५९ जनालाई कारवाही गर्दा प्रतिव्यक्ति रु १०० का दरले रु एक लाख पाँच हजार ९०० राजश्व सङ्कलन गरेको हो । कोभिड १९– को सङ्क्रमण फैलिनबाट रोक्न गृह मन्त्रालयले असार २२ गते सबै जिप्रकालाई मास्क नलगाई बाहिर निस्कनेलाई रु १०० जरिवाना निर्देशन दिएको थियो । सरकारको निर्देशनानुसार प्रहरीले मास्क प्रयोग नगरी घर बाहिर निस्कनेबाट नगदी रसिद बुझाउँदै जरिवाना असूल गरेको हो । सुर्खेतका सहायक प्रजिअ भीमकान्त पौडेलले अटेरी गरी बाहिर निस्कनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाहीस्वरुप जरिवाना तिराइएको बताए । यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले समेत लकडाउन उल्लङ्घन गर्ने ५८३ सवारी साधन नियन्त्रणमा लिई सवारीधनीलाई कारवाही गरेको छ ...
नारायणी नदीमा पछिल्लो ४१ वर्ष यताकै सबैभन्दा ठूलो बाढी,चारको मृत्यु

नारायणी नदीमा पछिल्लो ४१ वर्ष यताकै सबैभन्दा ठूलो बाढी,चारको मृत्यु

समाचार, समाज
काठमाडौं- नारायणी नदीमा पछिल्लो ४१ वर्ष यताकै सबैभन्दा ठूलो बाढी आएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सन १९७९ देखि अहिलेसम्मको रेकर्डअनुसार नारायणी नदीमा सोमबार आएको बाढी अहिलेसम्मकै ठूलो हो। सन २०१३ मा नारायणी नदीको जल सतह ९.१५ मीटर पुगेको थियो। त्यसअघि सन १९७९ मा ९.४ र १९८९ मा नारायणीको जल सतह ९.२ मीटर मापन गरिएको थियो। तर, नारायणी नदीको देवघाटमा रहेको स्वचालित जल मापन यन्त्रले नारायणी नदीको जलसतह ९.७८ पुगेको देखाएको छ। यो खतराको तहभन्दा १.७८ मीटर बढी हो। चार जनाको मृत्युगएरातिदेखि भएको वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित बनेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक जानकारी अनुसार सोमबार साँझसम्म देशभर भएका घटनामा चार जनाको मृत्यु भएको छ। अहिलेसम्मको जानकारी अनुसार दुई जना हराइरहेका छन् भने तीन जना घाइते भएका छन्। दार्चुलामा दुई,...
खासा क्षेत्रमा रहेको केरुङ च्छो हिमताल फुट्ने खतरा, सुरक्षित स्थानमा जान प्रशासनको सूचना

खासा क्षेत्रमा रहेको केरुङ च्छो हिमताल फुट्ने खतरा, सुरक्षित स्थानमा जान प्रशासनको सूचना

समाचार, समाज
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो हिमताल फुट्ने खतरा रहेको भन्दै भोटेकोशी आसपासका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान सूचित गरेको छ। सोमबार प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जारी गरेको सूचनामा ‘मित्रराष्ट चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ नामको पोखरीमा अविरल वर्षाका कारण पानी भरिन गई फुट्न सक्ने सम्भावना रहेको र न्यालम क्षेत्रमा अत्यधिक वर्षा भइरहेको भनी मित्रराष्ट्र चीनको समकक्षीहरुबाट दोभाषेमार्फत जानकारी प्राीत भएको’ जनाएको छ। साे पाेखरी फुट्न गएमा भाेटेकाेशी नदीमा आकस्मिक रुपमा पानीकाे बहाव अत्यधिक बढ्न भई नदी किनारमा रहेका भाेटेकाेशी गाउँपालिका बाह्रबिसे नगरपालिका लगायत स्थानीय तहका बजार तथा मानव बस्तीहरु बगाउन सक्ने र ठुलाे क्षति पुर्‍यार्न सक्ने भन्दै सूचनामा साे क्षेत्रमा बस्ने सर्वसाधारण व्यक्तिहरु स्थानीय तहलाई सकर्कता...
नारायणी नदीमा पानीको सतह बढेर  खतराको घण्टी बज्यो, सर्तक रहन अपिल

नारायणी नदीमा पानीको सतह बढेर खतराको घण्टी बज्यो, सर्तक रहन अपिल

समाचार, समाज
चितवन- नारायणी नदिले जल सतहको तह पार गरेको छ । अबिरल बर्षाका कारण नदीले जल सतहको तह पार गरेपछि  सतर्क रहन अपील गरिएको छ । नारायणी नदिमा अहिले जलस्तर बढेर ७ दशमलब ७ मिटर पुगेको हो । आज नै खतरा तह पुग्न सक्ने भएकाले चितवन र नवलपरासीका तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो । ८ मिटर पानीको बहाव पुगेमा नारायणी नदिलाई खतराको लेबल मान्ने गरिन्छ । ११ मिटर सतर्कता तह रहेकोमा अहिले पानीको सतह बढेर ११ दशमलव १२ मिटर पुगेको बताइएको छ । ...
भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध

भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध

समाचार, समाज
 अविरल वर्षाका कारण काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको मदन भण्डारी राजमार्गअन्तर्गत भीमफेदी–कुलेखानी सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ ।  भीमफेदी गाउँपालिकाको गढी नजिकै गए राती पहिरो जाँदा सवारी आवागमन बन्द भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए । अहिले ठूलो पानी परिरहेकाले तत्कालै पहिरो पन्छाउन पनि समस्या भएको उनले बताए । काठमडौँ–कुलेखानी–भीमफेदी–हेटौँडा सडक पहिराका कारण अवरुद्ध भएपछि अहिले गाडीहरु त्रिभुवन राजपथ भएर सञ्चालन भइरहेका छन् ।  ...