आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

काठमाडौ उपत्यकामा निषेधाज्ञा खुकुलो पार्ने तयारी, कस्तो होला ‘मोडालिटी’ ?

काठमाडौ उपत्यकामा निषेधाज्ञा खुकुलो पार्ने तयारी, कस्तो होला ‘मोडालिटी’ ?

समाज
भदाै २३ काठमाडाैं । लामो समयदेखि जारी लकडाउनका कारण उपत्यकाको जनजीवन कष्टप्रद बन्दै गएको छ ।उपत्यकामा जारी लकडाउन भोलि (बुधबार) सकिंदै गरेका बेला उपत्यका प्रशासनले चौथो पटक निषेधाज्ञा थप्ने वा नथप्ने भन्ने विषयमा छलफल थालिएको छ । मंगलबार दिउँसो साढे २ बजे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भर्चुअल संवाद हुँदैछ कोरोना संक्रमण बढेपछि तीन वटै जिल्लाले भदौ ४ गतेदेखि निषेधाज्ञा लगाएका छन् । तेस्रो पटक थपिएको निषेधाज्ञाको समय बुधबार मध्यराति सकिँदैछ । अहिले उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुख, उद्योग वाणिज्य महासङ्घ र महानगरीय ट्राफिक प्रहरी महाशाखाका पदाधिकारीबीच छलफल भइरहेको छ । यो छलफलपछि सुरक्षाकर्मीसित छलफल गर्ने र त्यसपछि फेरि प्रमुख जिल्ला अधिकारीबीच छलफल हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिएक...
उपत्यकामा ३९६ कोरोना संक्रमित थपिए

उपत्यकामा ३९६ कोरोना संक्रमित थपिए

समाज
भदाै २३ काठमाडौँ । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार उपत्यकाका तीन जिल्लामा थप ३९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ३००, भक्तपुर ५८ र ललितपुरमा ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। ...
गोकर्णेश्वरमा आफ्नो घर आफैंले भत्काएर सडक विस्तारमा सहयोग

गोकर्णेश्वरमा आफ्नो घर आफैंले भत्काएर सडक विस्तारमा सहयोग

समाज
भाद्र २३ काठमाडौं। विकास निर्माणका लागि आफ्नो घर भत्काउनु पर्‍यो भने कसैले पनि सजिलो गरी मान्दैनन्,अझ बाटोका लागि  आफ्नो घर भत्काउनु पर्ने अवस्था आयो भने त उनीहरु आफ्नो पहुँच लगाएर पनि त्यसलाई रोक्न हरसम्भव प्रयास गर्छन्। तर गोकर्णेश्वर नगरपालिका वडा नं  ६ र  ८ को सिमाना  आरुबारी  डांडागाउमा  एक व्यक्तिले सडक विस्तारको लागि आफ्नो घरको छत भत्काएर सहयोग गरेका छन् ।ट्याक्सी, एम्बुलेन्स समेत छिर्न मुस्किल पर्ने  मोड़मा रहेको ज्यामयाङ लामाको घरका कारण विपद व्यवस्थापनमा समेत बाधा उत्पन्न हुने देखिए पश्चात आरुबारी डाँडा गाउ टोल सुधार समितिले घर भत्काउन गरेको अनुरोध लाइ स्वीकार गर्दै उनले सोमबार  बाटो सहजीकरणका लागि  आफ्नै घरको छत भत्काएर बाटो विस्तारमा सहयोग गरेका  हुन्  । राज्यले समेत गर्न नसकेको काम डाँडागाउ टोलसुधार समितीको अनुरोधमा ...
२२५ श्ययाको आइसोलेसन नेपाली सेनाको वीरदल गणले एकै दिनमा तयार पार्यो

२२५ श्ययाको आइसोलेसन नेपाली सेनाको वीरदल गणले एकै दिनमा तयार पार्यो

समाचार, समाज
-नेपाली सेनाको वीरदल गण सूर्यविनायकले एकै दिनमा २२५ श्ययाको आइसोलेशन वार्ड तयार पारेको छ । कोभिड–१९ को महामारी बढ्दै गएपछि अग्रभागमा रहेर काम गर्ने सेना र तिनका आश्रित परिवारमा कोरोना सङ्क्रमण भए उपचारका लागि राख्न आइसोलेशन वार्ड तयार पारेको हो । नेपाली सेनाको उपत्यका पृतनाअन्र्तगत वीरदल गणले एकै दिनमा सैनिक आवासीय महाविद्यालय सल्लाघारीस्थित क्याम्पसको बिबीए ब्लकमा १५० र गणमा ७५ श्यया गरी कुल २२५ श्ययाको आइसोलेशन वार्ड तयार पारेको हो । गणका गणपति प्रमुख सेनानी शिवप्रसाद पौडेलले माथिबाट निर्देशन प्राप्त हुने बित्तिकै गणको टिमले महाविद्यालयको भवनको २५ कोठामा प्रति कोठा छदेखि १०सम्म बेड रहेको १५० श्ययाको आइसोलेशन वार्ड एकदिनमा तयार पारेको बताउनुभयो । यहाँ भोलीदेखि नै सङ्क्रमित सैनिकलाई राखेर उपचार शुरु गर्ने भएको छभने सूर्यविनायकस्थित वीरदल गणमा तयार पारेको ७५ श्यया क्षमताको आइसोलेसन भ...
भोलिदेखि तीन दिनसम्म बैँकहरुका सबै शाखा खोल्न राष्ट्रबैंकको निर्देशन

भोलिदेखि तीन दिनसम्म बैँकहरुका सबै शाखा खोल्न राष्ट्रबैंकको निर्देशन

आर्थिक, समाज
भदाै २२ काठमाडौं । नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्न बैंकका सबै शाखा तथा काउण्टर खुल्ला गर्न निर्देशन दिएको छ।राष्ट्र बैंकले सोमबार विज्ञप्ति जारी गर्दै राजस्व संकलनका लागि २३, २४ र २५ गते राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखा–काउण्टर खोल्न निर्देशन दिएको हो। राजस्व संकलन गर्ने एवम् बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेड खुला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकालगायत कतिपय जिल्लाका स्थानीय निकायले निषेधाज्ञा जारी राखेका छन्। तर सरकारलाई बुझाउनुपर्ने अन्तः शुल्क, आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) बुझाउनुपर्नेछ। व्यवसायीहरुले भने लामो समय बन्दाबन्दी रहेकाले अन्तः शुल्क, आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) तिर्ने समयावधि बढाउन स...
रातो मच्छिन्द्रनाथ यात्राको साइत जुर्‍यो

रातो मच्छिन्द्रनाथ यात्राको साइत जुर्‍यो

समाचार, समाज
भदाै २२ काठमाडौं । रातो मच्छिन्द्रनाथको  रथ यात्राको शुभ साइत भदौ २९ गतेका लागि जुरेको छ ।  सोमबार पाटन मंगलबजारस्थित सोह्रखुट्टे पाटीमा ज्योतिषहरुबीच भएको छलफल पछि भदौ २९ गतेको साइतमा मुर्तिलाई अवतरण गराई बुङ्मति लैजाने निर्णय भएको हो । ज्योतिष कृति किरण जोशीले २९ गते बिहान १० बजेर ५ मिनेटदेखि १० बजेर २० मिनेट भित्रको शुभ साइतमा रथबाट मच्छिन्द्रनाथको  मुर्तिलाई अवतरण गराई बुङमति लैजाने निर्णय भएको बताए । यसवर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम आयोजना नगरिकन मुर्तिलाई बुङमती पुर्याएको चारदिनमा विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने कार्यक्रम रहेको उनले बताए ।  वैशाख शुक्लपक्षको शुभ साइतमा निकाल्नुपर्ने रथयात्रा यस वर्ष कोभिड १९ महामारीका कारण रोकिएको थियो । लामो समय रथ तान्ने विषयमा केही निर्णय हुन नसकेपछि गत बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमति बिना रथ तान्न...
१७ औँ निजामती सेवा दिवस आज मनाइँदै

१७ औँ निजामती सेवा दिवस आज मनाइँदै

समाचार, समाज
काठमाडौं । आज देशभरि १७ औँ निजामती सेवा दिवस मनाइँदै छ। ‘स्वच्छ र समक्ष निजामती प्रशासनः समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन थालिएको हो। कोभिड– १९ जोखिमका कारण सरकारले यसपटक कुनै औपचारिक कार्यक्रम राखिएको छैन । सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले कर्मचारीलाई कार्यालयमा नै भौतिक दूरी र न्यूनतम स्वास्थ्य मापदण्ड प्रयोग गरी दिवस मनाउन भनिएको बताए। मन्त्रालयले कोभिड– १९ प्रकोप नभएको ठाउँमा भने कार्यक्रम गर्न भनेको छ । यसपटक निबन्ध र कविता प्रतियोगिता मात्र केन्द्रले राखेको छ । मुख्य सचिव लोकदर्शन रेग्मीले दिवसका अवसरमा शुभकामना सन्देश दिँदै सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन, सार्वजनिक सेवा प्रवाह र विकास निर्माण कार्यको व्यवस्थापन गर्नु सवै राष्ट्रसेवक कर्मचारीको दायित्व भएको बताए। उनले निजामती सेवामा संलग्न कर्मचारीको सेवा प्रवाहक...
लायन्स क्लब अफ काठमाडौं शुभद्धारा रक्तदान

लायन्स क्लब अफ काठमाडौं शुभद्धारा रक्तदान

समाचार, समाज
कोरोना सँक्रमणसँगै विरामी बढेपछि अहिले मुलुक भरका अस्पतालमा बिरामीको लागि रगतको अभाव छ । सोही कारण विभिन्न सामाजिक संस्थाहरुले अहिले रक्तदान कार्यक्रमलाई महत्व दिएका छन् । यसै क्रममा लायन्स क्लब अफ काठमाडौं शुभले शनिबार अपरान्ह काठमाडौंको सामाखुसीमा रक्तदान कार्यक्रम आयोजना गर्यो । लायन्स क्लब अफ काठमाडौं शुभका अध्यक्ष फिट्नेश इन्टक्टर, मोडल प्रकाश शाहको अध्यक्षतामा सो रक्तदान कार्यक्रम सम्पन्न भयो । कोरोना बिरुद्धा पूर्ण रुपमा सचेतना अपनाउँदै सामाजिक दुरी कायम गरेर कार्यक्रममा रक्तदान गरिएको थियो । सो क्रममा ४८ जनाले रक्तदान गरेका छन् । काठमाडौंमा रगतको अभाव भएर रेडक्रसबाट रक्तदानको लागि अनुरोध आएपछि आफुहरुले छोटो तयारीमै निषेधाज्ञाको बिचमा पनि रक्तदान कार्यक्रम राख्नु परेको अध्यक्ष प्रकाश शाहले बताए । लायन्स क्लब डिस्ट्रिक गभर्नर मनबहादुर रोकायको प्रमुख आतिथ्यमा भएको सो रक्तदान कार्यक...
केही ठाउँमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अपील

केही ठाउँमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अपील

समाचार, समाज
प्रदेश १ र २ मा पूर्ण बदली रही बाँकी प्रदेशहरूको मौसमममा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार प्रदेश १, २, बागमाती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।  आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै  प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  आगामी २४ घण्टामा प्रदेश १, २, बाग्मती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका  एक/दुई स्थानहरूमा  भारी वर्षाको  सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।  ...
शनिबार काठमाडौंका यी ठाउँमा बिजुली नहुने

शनिबार काठमाडौंका यी ठाउँमा बिजुली नहुने

समाचार, समाज
काठमाडौंका केही ठाउँमा शनिबार बिजुली नहुने भएको छ। बालाजु वितरण केन्द्रअन्तर्गत पर्ने काठमाडौं महानगरपालिकाका वडा नं १५, १६ र तारकेश्वर नगरपालिकाका केही स्थानमा शनिबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली नहुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। वनस्थली, गंगाहल, माछापोखरी, बालाजु बाइपास, वसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजू, लोकतान्त्रिक चोक, इन्द्रायणी पुलसम्मको क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ। त्यस क्षेत्रमा विद्युत् आपूर्ति गर्ने विष्णुमती फिडर भित्रको ११ केभी लाइन रिङरोड एरियामा सार्नु पर्ने भएकाल विद्युत् आपूर्ति बन्द गर्नु परेको केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए। तोकिएको समयअघि नै काम सकिएमा तुरुन्त विद्युत् आपूर्ति सुचारु गरिने रेग्मीले बताए। ...