बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

केही ठाउँमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अपील

प्रदेश १ र २ मा पूर्ण बदली रही बाँकी प्रदेशहरूको मौसमममा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार प्रदेश १, २, बागमाती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। 

आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै  प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आगामी २४ घण्टामा प्रदेश १, २, बाग्मती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका  एक/दुई स्थानहरूमा  भारी वर्षाको  सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *