आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

महिलाहरुको दक्षताको अझै मूल्याङ्कन भएको छैन :डा.डिआर उपाध्याय

महिलाहरुको दक्षताको अझै मूल्याङ्कन भएको छैन :डा.डिआर उपाध्याय

समाचार, समाज
अझै पनि महिलाहरु आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक रूपले विभेदमा छन । शारीरिक र यौनिक हिंसाका शिकार भैरहेका छन् । आजको २१औँ शताब्दीमा पनि महिलाहरु विभेदमा पर्नु दुखद पक्ष हो । आधाभन्दा बढी जनसङ्ख्याको प्रतिनिधित्व महिलाले गरेका छन । त्यस माथि पनि महिला लैङ्गिक विभेद एवं हिंसाको सिकार बनेका छन । अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको दिवस मनाउँदै गर्दा पनि महिला माथि हुने हिंसा अझै रोकिएको छैन । भनिन्छ महिला र पुरुष एउटै रथका दुई पाङ्ग्रा हुन । यो उक्ति अझै व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । महिलाहरु शारीरिक, मानसिक तथा मनोवैज्ञानिक रूपमा कमजोर छैनन । तर पनि बिभेद गरिएको छ । जहाँ नारी जातिको सम्मान हुन्छ त्यहाँ भगवान् पनि खुसी हुन्छन् । यो उक्तिलाई सवैले मनन् गर्न जरुरी छ । संविधान र कानुनमा हिंसाविरुद्ध भएका प्रावधानलाई कार्यान्वयन गर्दै पीडितलाई न्याय र पीडकलाई दण्ड सजाय दिई द...
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका सञ्चारविज्ञमा पत्रकार राजेन्द्र मानन्धर नियुक्त

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका सञ्चारविज्ञमा पत्रकार राजेन्द्र मानन्धर नियुक्त

समाचार, समाज
 सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका सञ्चारविज्ञमा पत्रकार राजेन्द्र मानन्धर नियुक्त भएका छन् । सरकारका प्रवक्ता गुरुङले सञ्चारविज्ञका रुपमा मन्त्रिपरिषद्ले नियुक्त गरेको पत्र पत्रकार मानन्धरलाई आज प्रदान गरे। विसं २०२९ भदौ ६ गते दोलखा जिल्ला, भीमेश्वर नगरपालिका–१ मा जन्मिएका मानन्धर यसअघि ‘कान्तिपुर’ दैनिकमा उपसम्पादक थिए। ‘गोरखापत्र’ र ‘रेडियो नेपाल’ का पनि जिल्ला समाचारदाता भई काम गरेका मानन्धरले आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन् । सामाजिक क्षेत्रमा समेत क्रियाशील मानन्धरले पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातकोत्तर तहमा सेफर्ड कलेज (२०१५)मा सबैभन्दा बढी लब्धाङ्क प्राप्त गरेका थिए । कान्तिपुर पब्लिकेसन्शले उनलाई सन् २०१५ मा उत्कृष्ट कार्यसम्पादन सम्मान प्रदान गरेको थियो । दोलखा मिडिया प्रालिका अध्यक्षसमेत रहेका मानन्धरले अन्तरराष्ट्रिय श्रम सङ्ग...
वाग्मती प्रदेश सरकारले विद्युतीय बस सञ्चालन गर्ने

वाग्मती प्रदेश सरकारले विद्युतीय बस सञ्चालन गर्ने

समाचार, समाज
वाग्मती प्रदेश सरकारले सङ्घीय राजधानी काठमाडौँलगायत विभिन्न शहरलाई प्रदेशको राजधानी हेटौडासँग जोड्न सरकारी बस सञ्चालन गर्ने गृहकार्य शुरु गरेको छ । भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशअन्तर्गत काठमाडौँलगायत विभिन्न शहरमा केही महिनाभित्रै विद्युतीय बस र अन्य सवारी साधन सञ्चालन गर्न सरकारले गृहकार्य शुरु गरिसकेको बताए । आज आफ्नो कार्यकक्षमा कुरा गर्दै उनले मन्त्रिपरिषद्को बैठकले प्रदेशमा यातायात व्यवस्था सञ्चालन गर्ने अध्यादेश–२०७७ लाई बुधबार स्वीकृत गरिएपछि प्रदेशको १३ जिल्लाको ११९ स्थानीय तहमा विद्युतीय सवारी साधन सञ्चालन गर्ने क्रममा विद्युतीय चार्जिङ् स्टेशन निर्माण गर्न पत्राचार गरिसकिएको बताए । उनले प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्ड गठन भइसकेकाले उक्त बोर्डको कार्यकारी निर्देशक र उपनिर्देशकको पदमा खुल्ला प्रतिस्पर्धाको माध्यमबाट नियुक्ती गर्ने प...
विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई घोषणा गर्न सरकारको स्वीकृती

विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई घोषणा गर्न सरकारको स्वीकृती

समाचार, समाज
विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई घोषणा गर्न सरकारले स्वीकृती दिएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृती प्रदान गरेको हो। बैठकमा सगरमाथाको नयाँ उचाई घोषणा गर्न भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृती प्रदान गरेको हो। मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृती दिन मन्त्रिपरिषद्‌मा प्रस्ताव पेश गरेकी थिइन्‌। सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरूको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो। सोही सन्दर्भमा नेपालले आफ्नै खर्चमा सगरमाथाको उचाई थपघट भएको हुनसक्ने आशंकाबीच उचाई मापन गरेको छ। ​मन्त्रिपरिषद्‌बाट स्वीकृती पाएसँगै अब केही दिनमै मन्त्रालयले सगरमाथाको नयाँ उचाई घोषणा गर्नेछ। ...
हरि बोधिनी एकादशी पर्व आज,तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइँदै

हरि बोधिनी एकादशी पर्व आज,तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइँदै

समाचार, समाज
कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ । यस वर्ष बुधवार र बिहीवार दुई दिन एकादशी परेकाले स्मृतिमा आधारित भई धार्मिक कर्म गर्नेले अघिल्लो दिन र वेदमा आधारित भई धार्मिक काम गर्नेले बिहीवार एकादशी व्रत गरी विशेष पूजा आराधना गर्दैछन् । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदीनालामा बाढीपहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । हरिशय...
काठमाडौँ उपत्यकाको मुख्यद्वार नागढुङ्गा–कलङ्की सडकखण्डमा अत्याधुनिक प्रविधिको सिसी क्यामरा जडान

काठमाडौँ उपत्यकाको मुख्यद्वार नागढुङ्गा–कलङ्की सडकखण्डमा अत्याधुनिक प्रविधिको सिसी क्यामरा जडान

समाचार, समाज
चन्द्रागिरि नगरपालिकाले नागढुङ्गा–कलङ्की सडकखण्डमा अत्याधुनिक प्रविधिको सिसी क्यामरा जडान गरेको छ । काठमाडौँ उपत्यकाको मुख्यद्वारमा रहेको चन्द्रागिरि नगरपालिकाले शान्ति सुरक्षालाई चुस्तदुरुस्त ढङ्गले सञ्चालन गर्नका लागि मुख्य राजमार्ग क्षेत्रमा सिसी क्यामरा जडान गरेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले राजमार्ग क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नगरपालिकाको रु एक करोड लागतमा अत्याधुनिक प्रविधिको सिसी क्यामरा जडान गरिएको जानकारी दिए । “ सिसी क्यामरा जडानसँगै नागढुङ्गा–कलङ्की क्षेत्रमा सडक अनुशासन कायम गर्न सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ”, नगरप्रमुख गिरिले भने । नगरपालिकाको वडा नं २ नागढुङ्गादेखि वडा नं १५ कलङ्कीसम्म राजमार्ग क्षेत्रमा ६७ क्यामरा जडान भएका छन् । उक्त क्यामराको निरीक्षण महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गर्ने नगरपालिकाले जनाएको छ । राजमार्ग क्...

भिडभाड नगरी शेषनारायण मन्दिर दर्शन गर्न दक्षिणकाली नगरपालिका ५ को अनुरोध

समाज
मंसिर १० काठमाडौं । दक्षिणकाली नगरपालिका वडा नं ५ ले सार्वजनिक सुचना जारी गरेको छ  । वडा अध्यक्ष श्याम बहादुर खत्री द्वारा जारी गरिएको उक्त सुचनामा दक्षिणकाली नगरपालिका वडा नं ५ मा रहेको शेषनारायण मन्दिर मरिसरमा मिति २०७७ साल मंगसिर ८ गते परमपरागत हरिबोधनी एकादशी मेलामा कोभिड १९को प्रकोपलाई मध्यनजर गर्दै एक आपसमा सामाजिक दुरी कायम गरि सानो समुहमा विधिवत पुजा गर्ने कार्यको लागि आवश्यक साबधानी अपनाई भिड भाड नगरी नियमित पुजा अर्चना कार्यको लागी वडा बासीहरुमा साथै समस्त भक्तजनहरुमा अनुरोध गरिएको का साथै सुरक्षित रहन सार्वजनिक सुचना मार्फत अनुरोध गरेको छ । ...
आज हरिबोधनी एकादशी

आज हरिबोधनी एकादशी

समाचार, समाज
कात्तिक शुक्लपक्षको प्रबोधिनी एकादशी व्रत बस्नाले पापको नाश,पुण्यवृद्धि र मोक्ष प्राप्ति हुने तथा सो दिन उपवास बस्नाले हजार अश्वमेध तथा सय राजसूय यज्ञको फल प्राप्त हुने धार्मिक मान्यता रहेकोछ । यसलाई ठूली एकादशीको रुपमा पनि मान्ने गरिन्छ । ठूली एकादशीमा गृहिणीहरूले घर आँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गर्दछन् । तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेता,रातो,पहेलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गरिन्छ । यो एकादशीका दिन विशेष गरेर तुलसीको विवाह सम्पन्न गरी व्रतालुले फलाहारका रूपमा पिँडालु र सक्खरखण्ड प्रयोग गर्ने नेपाली चलन रहेकोछ । एक पटक भगवान नारायणसित लक्ष्मीले भनीन–‘हे नाथ १ अब हजुर दिन–रात जागा रहनु हुन्छ र सुत्नुभयो भने पनि लाखौँ–करोडौँ वर्षसम्म सुत्नुहुन्छ तथा त्यस समय समस्त चराचरको नाश पनि गर्नुहुन्छ । अतः हजुर नियमले प्रतिवर्ष आ...
(सिसिएमसी) ले संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी सबै देशहरूमा उडान अनुमति दिने निर्णय

(सिसिएमसी) ले संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी सबै देशहरूमा उडान अनुमति दिने निर्णय

समाचार, समाज
कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी सबै देशहरूमा उडान अनुमति दिने निर्णय गरेको छ। आज बसेको सिसिएमसी निर्देशक समितिको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि आवश्यकता अनुसार उडान अनुमति दिने निर्णय गरेको हो। संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुकुलमा पनि आवश्यकता अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडानको अनुमति दिन निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए। उनले भने, ‘नियमित उडान स्वीकृति भएका देशका अलावा संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुलुकमा पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यकता अनुसार क्रमशः नियमित उडान अनुमति दिँदै जाने निर्णय भएको छ।’ विभिन्न सरकारी कार्यालयहरूमा एक दुई जनामा संक्रमण पोजेटिभ देखिने...
गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखा कहिले खुल्ने  हो?

गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखा कहिले खुल्ने हो?

समाचार, समाज
रासस गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखा कहिले खोल्ने भन्ने विषय अझै यकिन भएको छैन । चिडियाखाना व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) बाट निर्णय नआउँदा कहिले खुल्ने भन्ने निश्चित नभएको हो ।  विश्वभर फैलिएको कोभिड–१९ का कारण गत चैत ७ गतेदेखि अवलोकनका लागि पूर्णरूपमा चिडियाखाना बन्द गरिएको थियो । लामो समयसम्म बन्द रहँदा जीव जनावरको खानपान र कर्मचारी व्यवस्थापन गर्न समस्या भएकाले खोल्ने तयारी गरे पनि निर्णय नआएकाले अन्योल भएको चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलले जानकारी दिए । “कोरोना भाइरस सङ्क्रमण कम भएको छैन, त्रास केही कम भएकाले सावधानी अपनाएर खोल्ने तयारी गरेको हो । त्यसका लागि मापदण्ड पनि तयारी अवस्थामा छ”, पोखरेलले भने । मास्क अनिवार्य ल्याउनुपर्ने, एकपटकमा ८००...