बर्दिबासमा ६ वर्षीया बालिकाको हत्या प्रकरण,अश्रुग्यास तथा केही राउन्ड हवाई फायर
महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्या प्रकरणमा भएको प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश बिष्ट घाइते भएका छन् । डीएसपी बिष्टको टाउँको र हातमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
साथै यसअघि प्रहरीले चलाएको गोली लागेर घाइते भएका सञ्जय न्यौपानेलाई काठमाडौं ल्याइँदे छ । साथै लाठी चार्जका क्रममा श्याम कार्की र एकजना अर्का प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुको बर्दिबासस्थित पिनाकल अस्पतालमा उपचार भईरहेको छ ।
बिहानैदेखि बन्द भएको पूर्व-पश्चिम रामार्ग अन्तर्गत बर्दिबास-ढल्केबर सडकखण्ड प्रहरीले बल प्रयोग गरेर खुलाएको छ ।
महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा स्थानीयहरु आक्रोशित बनेका छन् । प्रहरीले भीडलाई नियन्त्रणमा लिन १ दर्जनभन्दा बढी अश्रुग्यास तथा केही राउन्ड हवाई फायर समेत गरेको थियो ।
सोमवार राति बालिकाको शव बोराम...









