ललितपुरमा आधुनिक सेवा सुविधासहित सार्वजनिक शौचालय
ललितपुर महानगरपालिका मङ्गलबजारस्थित नमुना सार्वजनिक शौचालय प्रयोग गर्न पहिलो पटक पुग्नुभएकी स्यारोन ब्लोनलाई शौचालय बाहिर रहेको काउन्टरबाट कर्मचारीले एउटा क्वाइन दिएर शौचालयभित्र पठाए ।
अन्य स्थानमा शौचालय प्रयोग गरेपछि ५/१० रुपियाँ तिरे हुन्थ्यो । त्यहाँ शौचालय प्रवेशकै लागि काउन्टरबाट क्वाइन दिँंदा अचम्म मान्दै उहाँ अलमल गर्दै भित्र पुग्नुभयो । क्वाइन हाल्ने ठाउँ खोज्दै खसाल्नुभयो । मेसिनले भित्र जान हरियो रङको एरोको सङ्केत देखाउँदा स्टिलको बार धकेल्दै भित्र गएर शौचालय प्रयोग गरेपछि पुनः बाहिर आउन खोज्दा स्टिलको बार चलेन ।
साथीले बाहिरको काउन्टरको कर्मचारीलाई बोलाएर साथी बाहिर आउन नसकेको जानकारी दिएपछि त्यहाँका कर्मचारीले बाहिर निस्कन भित्तामा राखिएको हातको चित्रमुनिको डिजिटल बोर्डमा हात देखाउनुहोस्, भनेपछि बल्ल स्यारोन ब्लोन शौचालय बाहिर निस्कन सफल भए ।
त्यसपछि उनको प्रतिक्रिय...









