आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

नेपाल एयरलाइन्सले हङ्कङ उडानका लागि सरकारी प्रयोगशालाको पिसिआर परीक्षणको रिपोर्टलाई मात्र मान्यता दिने

नेपाल एयरलाइन्सले हङ्कङ उडानका लागि सरकारी प्रयोगशालाको पिसिआर परीक्षणको रिपोर्टलाई मात्र मान्यता दिने

समाचार, समाज
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले हङ्कङ उडानका लागि सरकारी प्रयोगशालाको पिसिआर परीक्षणको रिपोर्टलाई मात्र मान्यता दिने भएको छ। सरकारी मान्यताप्राप्त प्रयोगशालाबाट ७२ घण्टा भित्र प्राप्त रिपोर्टको आधारमा यात्रा गराउदा समेत यात्रुको पुनः पोजेटिभ देखिएको चिन्ता व्यक्त गर्दै निगमले अर्को व्यवस्था नभएसम्मका लागि हङकङ उडानमा सरकारी प्रयोगशालाको रिपोर्टलाई मात्रै मान्यता दिने निर्णय गरेको हो । निगमको महत्वपूर्ण गन्तब्य हङकङ उडानमा केही यात्रुमा बारम्बार कोरोना पोजेटिभ देखिएपछि त्यहाँको नागरिक उड्डयनले उडान प्रतिबन्ध लगाइरहेको छ। हङकङले पछिल्लो पटक निगमलाई तेस्रो पटक १४ दिनको लागि उडान प्रतिबन्ध गरेको छ । नेपालबाट पिसिआर गरेर गएका यात्रुको त्यहाँ पुनः परीक्षण गर्दा पोजेटिभ रिजल्ट आएका कारण निगमको उडान प्रतिबन्ध भएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए। निगमका अन्य उडा...
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई,गोवर्द्धन,गोरुको पूजा

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई,गोवर्द्धन,गोरुको पूजा

समाचार, समाज
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई,गोवर्द्धन,गोरुको पूजा आजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेकोछ । कार्तिक कृष्ण औशी बिहान ११ बजेर २७ मिनेटमा सकिएर प्रतिपदा लागेसँगै कार्तिक शुक्ल प्रतिपदाका दिन...
साँझ ७ बजेपछि मदिरा बिक्री गर्न,मादकपदार्थ सेवन गर्ने, होहल्ला गर्ने तथा शान्तिसुरक्षामा खलल पु¥याउन नपाइने

साँझ ७ बजेपछि मदिरा बिक्री गर्न,मादकपदार्थ सेवन गर्ने, होहल्ला गर्ने तथा शान्तिसुरक्षामा खलल पु¥याउन नपाइने

समाचार, समाज
गोरखा जिल्लामा चाडबाडका बेलामा साँझ ७ बजेपछि मदिरा बिक्री गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले चाडबाडका बेला मादकपदार्थ सेवन गर्ने, होहल्ला गर्ने तथा शान्तिसुरक्षामा खलल पु¥याउन सक्ने भएकाले बिक्री वितरण कडाइ गरेको हो ।  निमित्त प्रजिअ देवी पाण्डे खत्रीले चाडबाडका बेला जथाभावी मदिराजन्य पदार्थ सेवन गर्नेहरु बढी हुने भएकाले सतर्कता अपनाउन यस्तो निर्णय गरिएको बताए । प्रशासनले कोही कसैले पनि घरेलु अवैध तथा घरेलु मदिरा उत्पादन, भण्डारण, बेचबिखन तथा प्रयोग नगर्न पनि भनेको छ ।  त्यस्तै कार्यालयले चाडपर्वका बेला मादकपदार्थ सेवन गर्ने, होहल्ला गर्ने, सार्वजनिक शान्ति भङ्ग गर्ने, जुवातास खेल्ने, पटका आतसबाजी तथा भुइँचम्पा पड्काउने जस्ता कार्य नगर्न-नगराउन पनि आग्रह गरेको छ । जिल्लामा कोरोना सङ्क्रमणको दर बद्दै गएकाले चाडबाड मनाउँदा स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पाल...
रंगोलीले समृद्धि र शुभसाइतको संकेत मानिन्छ र घरबाट नकारात्मक उर्जा पनि हटाउँदछ,दिपावाली

रंगोलीले समृद्धि र शुभसाइतको संकेत मानिन्छ र घरबाट नकारात्मक उर्जा पनि हटाउँदछ,दिपावाली

समाचार, समाज
दिपावालीको दिनमा घरको मूल ढोकामा रंगोली डिजाईन बनाउने विशेष परम्परा रहेको छ । दिपावालीको आज घरमा लक्ष्मीलाई विषेश रुपमा घरमा भित्र्याउन घरको मूल ढोकामा रंगोली बनाईन्छ । रंगोलीले समृद्धि र शुभसाइतको संकेत मानिन्छ र घरबाट नकारात्मक उर्जा पनि हटाउँदछ ।  अधिकांश रंगेलीमा स्वास्तिकहरू, कमलका फूलहरू वा लक्ष्मीका पदचिह्नहरूमा सप्तरंगी रंगले बनेका हुन्छन्। फूल र रंगबाट बनेका रंगीन रंगोलीले सबैको ध्यान आकर्षण गर्दछ ।  रंगोली बनाउनका लागि दीपावलीको दिनमा मुख्य ढोका बाहेक, देवी लक्ष्मीको मूर्तिको अगाडि गोलाकार रंगोली बनाउछन । यस रंगोलीमा ठूलो घ्यूको वत्ती स्थापना बनाउहोस  । रंगोली बनाउनको लागि पहेंलो रंगको प्रयोग गर्नुपर्दछ र कालो रंग प्रया रंगेलीमा प्रयोग गर्न हुदैन । मुख्य गेटको रंगेलीको ढोकाको दुबै छेउमा बत्तीमा बाल्नु पर्छ । त्यसपछि मात्र रंगेली जाग्रीत हुन्छ सम्पत्तीको आगमनको सम...
आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना

आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना

समाचार, समाज
यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोका स्थानमा मैनबत्ती बाल्ने प्रचलन बढ्न थालेको छ ...
तिहारको दोस्रो दिन आज कुकुरको पूजा

तिहारको दोस्रो दिन आज कुकुरको पूजा

समाचार, समाज
तिहारको दोस्रो दिन आज कुकुरको पूजा गरी मनाइँदैछ । दोस्रो दिन मनाइने कुकुर तिहारमा सबैभन्दा इमान्दार प्राणी कुकुरलाई पूजा गर्ने चलन छ । वर्षभरि हाम्रो धनसम्पत्ति, घरको सुरक्षा, मानिसप्रति बफादारी हुने गरेकोमा यस दिन कुकुरलाई पूजेर, माला लगाइदिएर र मीठा खानेकुराहरु दिएर ‘कृतज्ञता’ ज्ञापन गरिन्छ । कुकुर तिहार यमपञ्चकको दोस्रो दिन अर्थात् कात्तिक कृष्ण चतुर्दशीका दिन मनाइन्छ । साथै नरक चतुर्दशी पनि भनिन्छ । जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ । कुकुरलाई पनि यमदूतका रूपमा पुज्ने गरिन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घरको रेखदेख तथा चोर–डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । त्यसैगरी ...
बाल संगठन तनहुँको अध्यक्षमा शिक्षाविद् डम्बरदेव कैनी

बाल संगठन तनहुँको अध्यक्षमा शिक्षाविद् डम्बरदेव कैनी

समाचार, समाज
तनहुँ, २८ कार्तिक- शिक्षाविद् डम्बरदेव कैनी बाल संगठन तनहुँको अध्यक्षमा नियुक्त भएका छन् । नेपाल सरकार महिला तथा बालबालिका मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट कैनी अध्यक्षमा नियुक्त भएका हुन । कैनी पाँच दशक भन्दा बढी समयदेखि शिक्षाका क्षेत्रमा सक्रिय छन् । कैनी शान्ती बर्ष उमाविका पुर्व प्राचार्य हुन ।देशैभर सञ्चालित बालमन्दिर विद्यालय संगठनकै मातहतमा सञ्चालन हुने गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कैनीको पदबहाली गराएका छन् । नवनियुक्त अध्यक्ष कैनीले शुक्रबार पदबहाली गरेका छन् । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कैनीको पदबहाली गराएका हुन । कार्यक्रममा प्रतिनिधि सभा सदस्य केदार सिग्देलको उपस्थिति रहेको थियो । भद्र स्वभाव र बालसुलभ व्यवहार कैनीका सबल पक्ष हुन । उनी मानवअधिकारका क्षेत्रमा पनि सकृय छन् । ...

सुकुम्बासी, दलित र अव्यवस्थित बस्तीको समस्या समाधान गर्न सम्झौता

समाज
भूमिसम्बन्धी समस्या समाधान गर्न गठित आयोगले प्रदेश नं. २ मा सर्लाहीको हरिवन नगरपालिकालाई छनोट गरी यहाँका भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोवासको समस्या अन्त्य गर्न कार्य शुरु गरेको छ । हरिवन नगरपालिकाका प्रमुख गणेसप्रसाद प्रसाईले आयोग र नगरपालिकाबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी दिनुभयो । आयोगको तर्फबाट अध्यक्ष देवी ज्ञवाली र नगरपालिकाका तर्फबाट प्रमुख प्रसाईले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । नगरपालिकामा सात सयको हाराहारीमा सुकुम्बासी रहेका र उनीहरुको व्यावस्थापन तथा दलित र अव्यवस्थित बसोवास गरिरहेकाहरुको समस्या समाधानमा निरन्तर प्रयास गर्न तथ्याङ्क सङ्कलन गरिने जनाइएको छ ।(रासस) ...
बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना, नौ जनाको मृत्यु ३४घाइते

बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना, नौ जनाको मृत्यु ३४घाइते

समाचार, समाज
दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ। दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो। सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। मृतकहरुको सनाखत हुन बाँकी छ। मृतकमध्ये सात जना पुरुष र दुई जना महिला छन्। दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ। बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रनाउ अधिकारीले जानकारी दिए। मृतकमध्ये आठ जनाको शव घटनास्थलबाट निकालिसकिएको छ भने एकजनाको बससँगै अड्किएकाले आज दिउँसो निकालिने प्रहरीले बताएको छ। प्रहरी र स्थानीयवासी मिलेर राति नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएक...
आज धनतेरसका दिन नयाँनयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ

आज धनतेरसका दिन नयाँनयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ

समाचार, समाज
नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । हिन्दुहरुको दोस्रो महान चाड तिहारलाई हामी पाँच दिनसम्म मनाउने गर्छौं । पाँच दिन मनाइने भएकोले यस यसलाई यमपञ्चक पनि भनिन्छ । ती पाँच दिनको आफ्नै भिन्दै महत्व र मान्यता रहेको छ । तिहारको पहिलो दिन काग तिहार हो । यो दिन हामी कागलाई पूजा गरेर खाना खान दिन्छौँ । यो दिन काग सँगसँगै हामी लक्ष्मी, कुवेर र धन्वन्तरिको पनि पूजा गर्छौं । यो दिन मानिसहरु देवी माता लक्ष्मी र कुवेरलाई प्रसन्न गर्नको लागि विभिन्न उपायहरु गर्छन् । यो दिन देवी माता लक्ष्मीलाई खुशी बनाउन सकियो भने वर्षभरी नै तपाईले कुनै किसिमको समस्या हुँदैन भन्ने धार्मिक विश्वास छ । त्यसैले आज हामी तपाईलाई धन्तेरसमा गर्ने त्यस्ता केही विशेष उपायहरुको बारेमा जानकारी दिँदैछौ । जसले तपाईलाई फाइदा प्राप्त हुन्छ । प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग...