विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई घोषणा गर्न सरकारले स्वीकृती दिएको छ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृती प्रदान गरेको हो।

बैठकमा सगरमाथाको नयाँ उचाई घोषणा गर्न भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृती प्रदान गरेको हो।

मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृती दिन मन्त्रिपरिषद्‌मा प्रस्ताव पेश गरेकी थिइन्‌।

सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरूको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो।

सोही सन्दर्भमा नेपालले आफ्नै खर्चमा सगरमाथाको उचाई थपघट भएको हुनसक्ने आशंकाबीच उचाई मापन गरेको छ।

​मन्त्रिपरिषद्‌बाट स्वीकृती पाएसँगै अब केही दिनमै मन्त्रालयले सगरमाथाको नयाँ उचाई घोषणा गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here