केही दिनभित्रै काठमाडौंवासीका घर घरका धारामा मेलम्चीको पानी झर्ने:प्रधानमन्त्री केपी शर्मा ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनभित्रै काठमाडौंवासीका घर घरका धारामा मेलम्चीको पानी झर्ने बताएका छन्।
शनिबार सुन्दरी जलमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै ओलीले भने, ‘काठमाडौंवासीका लागि अब काठमाडौंमा पानी झर्यो। अहिले खोलाबाट पानी छाड्यौं। अब प्रशोधन गर्ने पोखरीहरुबाट फिल्टर प्रशोधित गरेर लैजान्छौं। अहिले पानी आयो काठमाडौंमा पानी झर्यो भन्ने हो। केही दिनभित्र तपाईंका धाराहरुमा पानी वितरण हुन्छ।’
प्रधानमन्त्री ओलीले आजको दिन लड्डु खाने किसिमको खुशी भएको समेत बताए।
पानी काठमाण्डौं ल्याउने तथा वितरणको क्रममा कुनै दुर्घटना हुन नदिइ काम गरेर केही समयमै पानी वितरण हुने उनको भनाइ छ।
त्यसपछि काठमाण्डौबासीले पानीको हाहाकार भोग्नु नपर्ने पनि प्रधानमन्त्री ओलीले बताए।
प्रधानमन्त्री ओलीले सुन्दरीजल पुगेर मेलम्चीको पानीलाई काठमाडौँमा आजै स्वागत गरेका हुन्।
पानी बागमतीमा ...









