आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

अमिताभ बच्चनको मोतियाविन्दु हटाउन दोस्रोपटक आँखाको शल्यक्रिया

अमिताभ बच्चनको मोतियाविन्दु हटाउन दोस्रोपटक आँखाको शल्यक्रिया

समाचार, समाज
मुम्बई । हिन्दी चलचित्र उद्योग (बलिउड)का अभिनेता अमिताभ बच्चनले दोस्रोपटक आँखाको अपरेशन (शल्यक्रिया) गराएका छन् । अमिताभले मोतियाविन्दु हटाउन दोस्रोपटक आँखाको शल्यक्रिया गराएका हुन् । आँखाको शल्यक्रिया पछि अहिले उनी ‘रेस्ट’मा छन् । माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत अमिताभले शल्यक्रियापछि आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका छन् । अमिताभले मोतियाविन्दुको शल्यक्रिया गर्न ढिलाइ गरे आँखाको ज्योति गुम्न सक्ने खतरा रहेकोतर्फ पनि आफ्ना फ्यानहरुको ध्यानाकर्षण गराएका छन् । अमिताभले समयमा नै आँखाको परीक्षण गराउन सबैलाई आग्रह पनि गरेका छन् । अमिताभले यसअघि पनि फ्रेबुअरीमा आँखाको शल्यक्रिया गराएका थिए । ...
वसन्त यामको आरोहणका लागि दुई आरोही समूहलाई ‘एक्सिपिडिसन पर्मिट’

वसन्त यामको आरोहणका लागि दुई आरोही समूहलाई ‘एक्सिपिडिसन पर्मिट’

समाचार, समाज
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले वसन्त यामको आरोहणका लागि दुई आरोही समूहलाई ‘एक्सिपिडिसन पर्मिट’ दिएको छ । विभागले गोरखामा पर्ने मनास्लु हिमाल (८,१६३ मिटर) र सोलुखुम्बुमा पर्ने नुप्से (७,८६४ मिटर) आरोहणका लागि अनुमति जारी गरेको छ । नुप्सेमा चार र मनास्लुमा एक जनाको आरोही टोली छन् । दुई आरोही समूहलाई अनुमति जारी गरिएको र अन्य धेरै आरोहीले आरोहण अनुमतिका लागि विभागसमक्ष निवेदन दिएको विभाग, पर्वतारोहण शाखाका शाखा अधिकृत भीष्मराज भट्टराईले जानकारी दिए । उनका अनुसार आरोहण अनुमति माग्ने आरोहीमा अधिकांशले सगरमाथा र अन्नपूर्ण हिमाल आरोहण गर्न चाहेका छन् । आरोहणकै लागि अहिले विभागमा ५० भन्दा बढी अनअराइभल भिसाका लागि विभिन्न मुलुकका आरोहीले निवेदन दिएको विभागले जनाएको छ । वसन्त यामको आरोहणका लागि विभिन्न कम्पनीमार्फत धमाधम आरोहीले निवेदन दिएका हुन् । मार्च, अप्रिल ...
देशभरमा चालक अनुमतिपत्रका लागि आवेदन दिने चार लाख ५२ हजार

देशभरमा चालक अनुमतिपत्रका लागि आवेदन दिने चार लाख ५२ हजार

समाचार, समाज
देशभरमा गरी चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या चार लाख ५२ हजार पुगेको छ । यो सङ्ख्या गत पुस २९ देखि अहिलेसम्मको देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुन चाहने सेवाग्राहीको हो । लामो समयसम्म अवरुद्ध सेवा अहिले खुलेकाले एकै पटक धेरै सेवाग्राहीले भरेको यातायात व्यवस्था कार्यालयले जनाएको छ । झण्डै १० महिनासम्म अवरुद्ध सेवा खुल्दा एकै पटक भीड भए पनि अहिले कम भइरहेको सूचना प्रविधि निर्देशक पवित्र डङ्गोलले बताए । परीक्षार्थीले अनलाइनमार्फत फारम भर्न पाउने भएकाले जुनसुकै स्थानमा भए पनि फारम भरिरहेका छन् । उनले भने, “जुनसुकै समयमा र अनलाइन भएकाले सेवाग्राहीलाई फारम भर्न सजिलो भएको छ ।” गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रको स्थगित गरेको थियो । झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले पहिलो महिना चाप रहेको सूचना प्रविधि ...
हिमालयन बैंक लिमिटेडले पाटन दरवार क्षेत्रमा भएको पुरातात्विक महत्वको मन्दिर पुनर्निर्माणको लागि १ करोड सहयोग प्रदान

हिमालयन बैंक लिमिटेडले पाटन दरवार क्षेत्रमा भएको पुरातात्विक महत्वको मन्दिर पुनर्निर्माणको लागि १ करोड सहयोग प्रदान

समाचार, समाज
 हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाटन दरवार क्षेत्रमा भएको पुरातात्विक महत्वको मन्दिर पुनर्निर्माणको लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई १ करोड प्रदान गरेको छ । बंैक संचालक समितिका अध्यक्ष तुलसी प्रसाद गौतमले ट्रष्टका कन्ट्री प्रोग्राम डाइरेक्टर रोहित कुमार रन्जितकारलाई बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक समाहरोका बिच सो सम्बन्धि चेक हस्तान्तरण गरे ।  उक्त अवसरमा बैंकका कार्यकारी अधिकृत अशोक शम्सेर राणा, बैंकका महाप्रबन्धकहरु सुशिल जोशी, अनुप मास्के, सहायक महाप्रबन्धक विपिन हाडा तथा ट्रष्टका संचालक  प्रतिमा पाँडेको उपस्थिति थियो ।  बैंकले आफ्नो स्थापना काल देखिनै स्वास्थ्य, शिक्षा, प्राकृतिक विपत्तिमा परेकाहरु, संस्कृतिक सम्पदाहरुको संरक्षण÷पुनस्र्थापना वित्तिय साक्षरता, वातावरण संरक्षण, जनचेतना, आदि जस्ता क्षेत्रमा...
पशुपति मन्दिर परिसरमा महाशिवरात्रिको चहलपहल

पशुपति मन्दिर परिसरमा महाशिवरात्रिको चहलपहल

समाचार, समाज
पशुपति मन्दिर परिसरमा महाशिवरात्रिको चहलपहल बढेको छ । हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व मध्यको एक शिवरात्री यस वर्ष भोलि (बिहिवार) परेको छ । यो पर्वका लागि नेपालका विभिन्न क्षेत्र का साथै भारतबाट साधुसन्तहरु पशुपति मन्दिर परिसरमा आइसकेका छ। केहि बेलुका सम्म आउने छन् । हिन्दुहरुका आराध्यदेव पशुपति नाथमा शिवरात्रीका दिन विशेष पुजा र भक्तिका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरु आउने गर्दछन् । यसरी आउने साधुसन्तलाई पशुपति क्षेत्र विकाश कोषले शिवरात्री सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने चलन छ । शिवरात्रीकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्दछ । पशुपति क्षेत्र विकास कोषले मंगलवार पत्रकार सम्मेलन गरि शिवरात्रीको तयारी पुरा भएको बताएको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । यस दिन शिवालयमा बेलप...
पशुपति क्षेत्र विकास कोषको यस बर्षको महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा

पशुपति क्षेत्र विकास कोषको यस बर्षको महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा

समाचार, समाज
पशुपति क्षेत्र विकास कोषले यस बर्षको महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा गरेको छ । कोषले फागुन २७ गते शिवरात्रि पर्वमा स्वास्थ्यको मापदण्डलाई पालना गर्दै सकेसम्म भौतिक दुरी कायम गरी दर्शनार्थीहरुलाई पशुपतिनाथको दर्शन गराउने तयारी पूरा गरेको हो। दर्शनार्थीहरुलाई स्वास्थ्यको मापदण्डलाई पालना गर्दै स्यानिटाइजर र मास्कको प्रयोगलाई अनिवार्य गरी दर्शनको व्यवस्थालाई थप प्रभावकारी बनाउन कोषले विभिन्न ११ ओटा उपसमितिहरुको गठन गरी कार्य विभाजनगरेको छ। जस अन्र्तगत सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन (नेपाल स्काउट समेतका गरी करिब चार हजारको),स्वास्थ्यसेवा शिविर, वातावरण तथा सरसफाई, जुत्ताचप्पल, चन्दन वितरण, मन्दिर प्राङ्गण तथा पूजा, आवास, भोजन तथा भौतिक पूर्वाधार, साधुसन्त सेवा, दर्शन मार्ग, पार्किङ्ग तथा ट्राफिक व्यवस्थापन, धार्मिक कार्यक्रम र सजावट उपसमितिहरु रहेका छन्। कोरोना भाइरस संक्रमणक...
ख्याती प्राप्त महिलाहरुलाई काठमाडौ लेडि जेसिसको नारी सम्मान

ख्याती प्राप्त महिलाहरुलाई काठमाडौ लेडि जेसिसको नारी सम्मान

समाचार, समाज
१११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौ लेडि जेसिसको आयोजनामा नारी सम्मान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौ महानगरपालिकाका उपमयेर हरि प्रभा खड्गीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा क्याप्टेन लुना प्रधान, पहिलो महिला बाईक राईडर रिता कमल श्रेष्ठ, संचारकर्मी बिनु सुवेदी, गायिका कुन्ति मोक्तान,रेटिना विशेषज्ञ डा.छुनु श्रेष्ठ तथा समाजसेवी प्रभा राजभण्डारीलाई नारी सम्मान गरिएको थियो । समाजमा उल्लेख्य योगदान दिएका वरिष्ठ महिला व्यक्तित्वहरुलाई सम्मानित गर्ने उक्त कार्यक्रमलाई सुनिता राजभण्डारीले कार्यक्रमको स्वागत सुनिता राजभण्डारीले गरेकी थिईन । कार्यक्रममा नगिना नकर्मीले जेसिस आस्था पाठ गरि कार्यक्रमको शुभारम्भ गरेकी थिईन । एसजी नेपाल जेसिसका गेष्ट अफ अनर बिकास मानन्धर, ईभिपि नेपाल जेसिसका सुमन कुमार श्रेष्ठ, जेसिआईका भाईस प्रेसिडेन्ट जेसीआई सिनेटर किर्ति तुलाधर लगायतक...
आज ८ मार्च , १ सय ११ औँ अन्तराष्ट्रिय महिला दिवस

आज ८ मार्च , १ सय ११ औँ अन्तराष्ट्रिय महिला दिवस

समाचार, समाज
 आज ८ मार्च । १ सय ११ औँ अन्तराष्ट्रिय महिला दिवस । महिलालाई पनि समान ज्याला र भोटको अधिकार हुनुपर्छ भन्दै अन्तर्राष्ट्रिय स्तरबाट सुरु भएको आन्दोलनको सम्झनामा हरेक वर्ष फागनु २४ गते तथा ८ मार्चको दिन यो दिवस संसारभर मनाइन्छ । यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै छ । महिला अधिकारको लागि आन्दोलनको प्रेरणाको स्रोत मानिने याे दिवस नेपालमा पनि छुट्टा छुट्टै संघ,संस्था,महिला संगठनहरुले विभिन्न कार्यक्रम गरि मनाउने गर्दछन् । नेपालको सन्दर्भमा अन्तराष्ट्रिय महिला दिवस पछिल्लो समय औपचारिक कार्यक्रम र शुभकामना आदानप्रदानमा मात्रै सिमित हुने गरेको छ । समयानुकल महिला सशक्तिकरण, महिला अधिकार लगायतका विषयमा दबाव, पहल तथा ठोस कार्यक्रमहरु तय गर्दै जानेतर्फ महिलासम्बन्धी राजनीतिक तथा सामाजिक संघ संगठनको ध्यान जान ...
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने, ‘प्रचण्ड’को अपेक्षाविपरीत

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने, ‘प्रचण्ड’को अपेक्षाविपरीत

समाचार, समाज
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका छन्। संसद भवनबाट बाहिरिँदै प्रधानमन्त्री ओलीले नेकपा नामबारे सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका हुन् । सर्वोच्च अदालतले अन्तिम फैसला गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएको छ । योसँगै तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाको नाम गुमेको छ । उता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसला आफूले गरेको अपेक्षाविपरीत आएको प्रतिक्रिया दिएका छन्। उनले छोटो प्रतिक्रिया दिँदै भने, ‘सर्वोच्चको फैसला हामीले अपेक्षा गरेविपरीत आएको छ। यस विषयमा प्रतिक्रिया फैसला पढेपछि मात्रै दिन्छु।’ फैसलासँगै तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएर बनेकाे नेकपा पार्टी खारेज भएको छ। सर्वोच्चले तत्...
आजदेखि २९ गतेसम्म  नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो सडक बन्द

आजदेखि २९ गतेसम्म नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो सडक बन्द

समाचार, समाज
पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ। आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो। नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ। सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ः०० बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इञ्जिनीयर सविना रानाभाट जानकारी दिए। उनले अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने बताए। गत असार पहिलो हप्ता पहिराले बगाएको क्षेत्रमा काम गरिने रानाभाटले जानकारी दिए। सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ। सो अवधिमा नारायणढतर्फबाट गएका सवारी साधनलाई जलबिरेमा र मुग्लिनतर्फबाट आएका सवारी साधनलाई शान्तिबजारमा रोकिने छ। उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर...