आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

सरकारले फेवातालको क्षेत्रफल नाप्ने

सरकारले फेवातालको क्षेत्रफल नाप्ने

समाचार, समाज
काठमाडौं । सरकारले फेवातालको क्षेत्रफल नाप्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फेवातालको गहिराई, लम्बाई र चौडाईलगायतका क्षेत्रफल नाप्ने निर्णय गरेको महिला बालबालिका तथा जेष्ठ नागरि मन्त्री जुलीकुमारी महतोले जानकारी दिइन् । नेपालमा २०३२ देखि मात्र नापी सुरु भएको हो । त्यसअघि २०१४ मा भारतीय सेनाले नेपालको सर्भे गरेर दुईवर्षपछि सरकारलाई विवरण बुझाएको थियो । भारतीय सेनाको सर्भेमा समेत फेवाताल देखिएको थियो । तर, त्यसले क्षेत्रफल यकिन गरेको थिएन । मालपोत कार्यालयको फिल्डबुकमा समेत फेवातालको नाममा यति नै जग्गा छ भनेर उल्लेख छैन । फेवातालको नाममा जग्गा रहेको भनिएपनि क्षेत्रफल, चारकिल्ला सिमाना तोकिएको छैन । २०३१ जेठ २० गते तयार पारिएको फिल्डबुकमा फेवातालको नाममा जग्गा रहेपनि क्षेत्रफल कति भनेर उल्लेख गरिएको छैन । विभिन्न अध्ययन प्रतिवेदनका आधारमा फेवातालको क्षेत्रफल...
सुरक्षा परिषदको बैठक, मुलुकको पछिल्लो सुरक्षा चुनौतीका विषयमा छलफल

सुरक्षा परिषदको बैठक, मुलुकको पछिल्लो सुरक्षा चुनौतीका विषयमा छलफल

समाचार, समाज
सुरक्षा परिषदको बैठकमा मुलुकको पछिल्लो सुरक्षा चुनौतीका विषयमा छलफल भएको छ। मंगलबार विहान प्रधानमन्त्री निवास बालवाटारमा बसेको परिषदको बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाका विषयमा छलफल भएको हो। नियमित बैठकको संज्ञा दिइएपनि प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिट उपरको वहस सकिएको र केही दिनभित्रै सर्वोच्चले फैसला सुनाउने तयारी गरिरहँदा त्यसबाट उत्पन्न हुने परिस्थितिका विषयमा पनि बैठकमा छलफल भएको स्रोतले जनाएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पछिल्लो अवस्थाका विषयमा भनाइ राखेका थिए। पुस पाँच गते प्रतिनिधिसभा विघटन भएसँगै त्यस उपर परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाई सकिएको छ। सर्वोच्चले केही दिनभित्रै प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथिको फैशला सुनाउँदै छ। सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरेपनि वा प्रधानमन्त्रीको कदमलाई सदर गरेपनि त्यसपछि उत्पन्न हुने पर...
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रष्ट

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रष्ट

समाचार, समाज
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रष्ट पारेका छन् । आज मंगलवार बिहानैदेखि राजीनामा दिएको हल्ला आएपछि महान्यायाधिवक्ता खरेलले आफूले राजीनामा नदिएको र दिनुपर्ने परिस्थिति पनि नरहेको बताएका हुन् । उनले आफू राजीनामा दिने सोचमा समेत नरहेको बताए । उनले भने ‘अहिले महान्यायाधिवक्ताले राजीनामा दिने परिस्थिति पनि होइन, राजीनामा दिएको पनि होइन, राजीनामा दिने सोच पनि छैन ।’ आफूले प्रेस स्वतन्त्रताको बारेमा सधै अगाडि रहेर आवाज उठाई राखेको तर आफ्नो राजीनामाको बारेमा एकपटक समेत नसोधि समाचार आउँदा दुःख लागेको बताए । उनले भने ‘जिम्मेवार प्रेसले कुनैपनि विषयलाई महान्यायाधिवक्ताले राजीनामा गर्नुभएको छ भन्ने जस्तो गम्भिर विषयलाई अगाडि राख्दाखेरी महान्यायाधिवक्तासँग नसोधिकन राखिने कुराप्रति मेरो गम्भिर चासो, सरोकार छ र यस प्रति म दुःख व्यक्त गर्छु ।’ महान्यायाधिवक्ताले...
दिलु सिप्तुङ्खा राई लिखित तथा गोविन्द कंडेल सम्पादित उपन्यास ‘प्रेमको लालपुर्जा’लोकार्पण

दिलु सिप्तुङ्खा राई लिखित तथा गोविन्द कंडेल सम्पादित उपन्यास ‘प्रेमको लालपुर्जा’लोकार्पण

समाचार, समाज
उपन्यासकार दिलु सिप्तुङ्खा राईद्वारा लिखित उपन्यास ‘प्रेमको लालपुर्जा’ को नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले लोकार्पण गर्नु भएको छ । समारोहमा हास्य अभिनेता गोपाल ढकाल छन्दे तथा सञ्चारकर्मी भगवती तिमल्सिनालाई कुलपति उप्रेतीले कदरपत्रद्वारा विशिष्ट सम्मान प्रदान गर्नु भएको छ । उक्त अवसरमा उपन्यासकार दिलु सिप्तुङ्खा राईलाई पनि उप्रेतीद्वारा सम्मान समेत गरिएको छ । कार्यक्रम सहयात्री दर्पण नेपालका अध्यक्ष गोबिन्द कँडेल आँसुको अध्यक्षतामा सप्पन्न भएको थियो । लोकार्पित कृतिको सम्पादन पनि कँडेलले नै गर्नु भएको हो । कार्यक्रममा समालोचक तर्कना शर्माले प्रेमको लालपुर्जामाथि समीक्षात्मक मन्तव्य राख्नु भएको थियो । राष्ट्रियसभाका सांसद अगम वान्तवा, राधेश्याम लेकाली, डा। देवी दुलाल, पदम राई, उपन्यासकार दिलु सिप्तुङ्खा राई र सञ्चारकर्मी मनुका कुँवरले आ–आफ्नो मन्तव्य राख्नु भएको...
बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने

बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने

समाचार, समाज
बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिन लागिएको हो । आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने छ । खानेपानी मन्त्री मणि थापाको उपस्थितिमा सुरूङमा पानी हालेर परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो । त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः...
सात सय ५३ वटै स्थानीय सरकारलाई नागरिकलाई पर्याप्त र गुणस्तरीय पानी उपलब्ध गराउन योजना बनाउन प्रेरित

सात सय ५३ वटै स्थानीय सरकारलाई नागरिकलाई पर्याप्त र गुणस्तरीय पानी उपलब्ध गराउन योजना बनाउन प्रेरित

समाचार, समाज
 सात सय ५३ वटै स्थानीय सरकारलाई नागरिकलाई पर्याप्त र गुणस्तरीय पानी उपलब्ध गराउन योजना बनाउन प्रेरित गर्न थालिएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागका विज्ञ डा रञ्जित ओझा संयुक्त राष्ट्र सङ्घले निर्धारण गरेको दिगो विकासका लक्ष्यलाई हासिल गर्ने गरी राष्ट्रिय कार्यक्रमअनुरुप कार्यक्रम बनाएर देशभर कार्यान्वयनमा लैजान प्रेरित गर्न लागिएको बताउछन्। नेपालको संविधानले खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्न स्थानीय तहलाई अधिकार दिएको छ। पालिकाभित्रका हरेक बासिन्दाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय पानी भएकाले यस क्षेत्रमा स्थानीय सरकारलाई नै जिम्मेवार बनाउने ढङ्गले कार्यक्रम तयार गरिएको उनले बताए। खानेपानी र सरसफाइको सुविधा सर्वव्यापी, न्यायोचित र पहुँचयोग्य बनाउन स्थानीय सरकारलाई सक्षम बनाउन खानेपानी मन्त्रालय, विभाग र खानेपानी तथा सरसफाइको क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा ग...
गुड मर्निङ्ग नेपालको १२ औं रक्तदान कार्यक्रम

गुड मर्निङ्ग नेपालको १२ औं रक्तदान कार्यक्रम

समाचार, समाज
गुड मर्निङ्ग नेपालले आफ्नो १२ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कपन वरपर रहेका जागरुक ४० जना समाजसेवीहरुको पहलमा स्थापना भएको सामाजिक संस्था गुड मर्निङ्ग नेपालले कपनमा १२ औं रक्तदान कार्यक्रम आयोजना गरि सफलता पूर्वक सम्पन्न गरेको छ । स्वास्थ्य संगै समाजसेवा भन्ने भाव बोकेर विहानी पख मर्निङ्ग वाकमा निस्कने समूहहरुलाई एकजुट बनाएर संस्थाको स्थापना गर्दै हाल ८० जना सदस्य रहेको संस्थाका अध्यक्ष कुल बहादुर बस्नेतले जानकारी दिए । उल्लेख्य संख्यामा उपस्थित समाजसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए । कार्यक्रम सम्पन्नका लागी योगदान दिएका समाजसेवीलाई संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गरिएको थियो ।समाजमा निस्वार्थ सेवा भावले लागेका समाजसेवीहरुको विशेष पहलमा रक्तदान वाहेक असाहयहरुको सेवामा निरन्तर लागी पर्दै आएको छ । ...
७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बिहीबार  पूर्वराजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देश जारी

७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देश जारी

समाचार, समाज
 पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालप्रति स्वामित्वको दावी गर्दै नेपालु जनता राजाको सहमतिबाट खडा भएको बताएका छन्। उनले त्यसको अस्तित्व रक्षा पनि सहमतिबाटै हुने बताएका छन्। ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले प्रजातन्त्र प्राप्तिको सत्तरी बर्षपछि आएर जनताको आस्था चाहना र जनभावना अमिर रहने र यसलाई मेटेर नमेटिन तथा बटारेर नबटारिने बताएका छन्। प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरुको शासन प्रणलीमात्र नभई जनताको सामाजिक जीवनपद्धति पनि भएकाले नागरिकले प्राप्त गर्ने सन्तुलित खुसीले मात्र प्रजातन्त्रको प्राण रहने उनको बुझाइ छ। यसमा राष्ट्रको प्रतिष्ठा बढाउन कति समर्थ भएका छौं भन्नका लागि मातृभूमिको माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने उनले उल्लेख गरेका छन्। उनले प्रजातन्त्रप्राप्तिका लागि योगदान पुर्याउनेहरुलाई न...
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा  नेपाल आयल निगम घेराउ

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाल आयल निगम घेराउ

समाचार, समाज
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाल कम्युष्टि पार्टी नेकपा प्रचण्ड – नेपाल पक्ष निकट अनेरास्ववियूले आज बिहिवार नेपाल आयल निगम घेराउ गरेको छ । निगमले एक साताको बीचमा दुई पटक इन्धनको मूल्यवृद्धि गरेपछि विरोधमा अनेरास्ववियूले बबरमहलस्थित निगमको केन्द्रीय कार्यालय घेराउसहित मूल्य वृद्धि फिर्ता लिन प्रदर्शन गरेको हो । विद्यार्थीहरुले ‘मूल्य वृद्धि फिर्ता गर, निगमको आयव्यय पारदर्शी गर, चुहावट नियन्त्रण गर, पेट्रोलियम पदार्थमा विद्यार्थी सहुलियत कायम गर’ जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए । निगमले यो सातामात्रै माघ २८ र फागुन ४ गते पेट्रोलियम पदार्थको मूल्ववृद्धि गरेको छ । ...
भागरथी भट्टको हत्यारा सार्वजानिकः पीडित परिवारले न्याय पाउने आशा

भागरथी भट्टको हत्यारा सार्वजानिकः पीडित परिवारले न्याय पाउने आशा

समाचार, समाज
डा.डिआर उपाध्याय पीडित परिवारले न्याय पाउने आशा बलात्कारका घटना दिन प्रतिदिन बढदै जानु हाम्रो समाजको अगाडी तेर्सिएको गम्भिर चुनौति हो । कतिपय यस्ता घटना छिपिएका र दविएका पनि छन । बास्तविक दो्षिलाई पक्राउ गर्न कठिन पनि भएको छ ।हाम्रो देशमा पनि अरु देशमा जस्तो बलात्कारीविरुद्ध कठोर कानुनी व्यवस्था हुनु पर्छ । अनुसन्धान गर्ने हाम्रा नेपाल प्रहरी दक्ष नभएका होइनन । बलात्कारको सूचना पाउँदा समयमै घटनास्थल पुग्छन । तर परिणाम के हुन्छ भने समयमै दोषि पक्राउ पर्दैन समस्या यो हो । बैतडीकी किशोरी भागरथी भट्टको माघ २१ गते बलात्कारपछि भएको हत्या,सर्वत्र चासो र चर्चाको विषय बनिरहेको बेला हिजो मात्र उनको हत्यारा सार्वजानिक गरिएको छ । यस घटनामा प्रहरीलाई ठूलो सफलता मिलेको छ । विगतको निर्मला पन्तकै जस्तो घटना फेरि हाम्रो समाजमा दोहोरिए पनि भागरथी भट्टको हत्या आरोपी सार्वजानिक भएसँगै पिडित परिवारले न्...